प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १८६
  • म कसरी सही निर्णय गर्न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी सही निर्णय गर्न सक्छु?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • बुद्धिमानी निर्णय गर्न मदत गर्ने सुझावहरू
  • के मैले पहिला गरिसकेको निर्णय फेरि परिवर्तन गर्न सक्छु?
  • मैले गलत निर्णय गरेँ र त्यो परिवर्तन गर्नै सकिँदैन भने नि?
  • ‘तिमीहरूले जुन काम सुरु गरेका थियौ, पूरा पनि गर’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख १८६
एक पुरुष टेबुलमा भएको बाइबल र अरू किताब नियाल्दै छन्‌।

म कसरी सही निर्णय गर्न सक्छु?

बाइबलको जवाफ

बाइबलले हामीलाई निर्णयहरू गर्न भरपर्दो डोऱ्‍याइ दिन्छ। यसले हामीलाई ‘बुद्धि र समझ हासिल गर्न’ मदत गर्छ। (हितोपदेश ४:५) कुनै-कुनै अवस्थामा के गर्नु सबैभन्दा राम्रो हो भनेर बाइबलमा स्पष्ट बताइएको पाउँछौँ। अरू कतिपय अवस्थामा भने बुद्धिमानी निर्णय गर्न भरपर्दो डोऱ्‍याइ पाउँछौँ।

यस लेखमा

  • बुद्धिमानी निर्णय गर्न मदत गर्ने सुझावहरू

  • के मैले पहिला गरिसकेको निर्णय फेरि परिवर्तन गर्न सक्छु?

  • मैले गलत निर्णय गरेँ र त्यो परिवर्तन गर्नै सकिँदैन भने नि?

बुद्धिमानी निर्णय गर्न मदत गर्ने सुझावहरू

  • निर्णय गर्न हतार नगर्नुहोस्‌। बाइबल भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) निर्णय गर्न हतार गर्नुभयो भने याद गर्नुपर्ने महत्त्वपूर्ण कुरा छुटाउन पुग्नुहुनेछ। त्यसैले निर्णय गर्नुअघि सबै विकल्पहरूबारे राम्ररी विचार गर्नुहोस्‌।—१ थिस्सलोनिकी ५:२१.

  • भावनामा बहेर निर्णय नगर्नुहोस्‌। हामीले आफैमाथि सधैँ भरोसा गर्नु हुँदैन भनी बाइबलमा चेतावनी दिइएको छ। (हितोपदेश २८:२६; यर्मिया १७:९) उदाहरणका लागि, रिस उठ्‌दा, निराश हुँदा, निरुत्साहित हुँदा, अधीर हुँदा वा थकित हुँदा हामीले गलत निर्णय गर्ने सम्भावना धेरै हुन्छ।—हितोपदेश २४:१०; २९:२२.

  • बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। (याकुब १:५) परमेश्‍वर हाम्रा प्रार्थनाहरूको जवाफ दिन इच्छुक हुनुहुन्छ। उहाँ मायालु बुबा हुनुहुन्छ र हामी समस्यामा परेको चाहनुहुन्‍न। “बुद्धि दिने यहोवा नै हुनुहुन्छ; उहाँकै मुखबाट ज्ञान र समझशक्‍तिको कुरा निस्कन्छ।”a (हितोपदेश २:६) उहाँ विशेषगरि आफ्नो लिखित वचन बाइबलमार्फत हामीलाई त्यो बुद्धि दिनुहुन्छ। —२ तिमोथि ३:१६, १७.

  • ती पुरुष बाइबल अनि ल्यापटप प्रयोग गरेर अनुसन्धान गर्दै छन्‌। तिनको टेबुलमा नोटकपी अनि किताबहरू छन्‌।

    अनुसन्धान गर्नुहोस्‌। सही निर्णय गर्न तपाईँलाई भरपर्दो जानकारी चाहिन्छ। बाइबल भन्छ: “बुद्धिमान्‌ मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ।” (हितोपदेश १:५) तपाईँ उपयोगी र भरपर्दो जानकारी कहाँ पाउन सक्नुहुन्छ?

    सुरुमा तपाईँले सोचिरहनुभएको विषयबारे बाइबलमा के बताइएको छ, खोज्नुहोस्‌। किनभने हाम्रो लागि सबैभन्दा उत्तम कुरा के हो भनेर हाम्रो सृष्टिकर्तालाई थाह छ। उहाँको वचनमा हामी सबैभन्दा भरपर्दो सल्लाह पाउँछौँ। (भजन २५:१२) कतिपय अवस्थामा हामीले के गर्नुपर्छ भनेर बाइबलमा स्पष्ट नियम वा आज्ञाहरू दिइएको छ। (यसैया ४८:१७, १८) तर कतिपय अवस्थाहरूका लागि भने बाइबलमा तोकेरै कुनै नियम दिइएको छैन। बरु सिद्धान्तहरूमार्फत डोऱ्‍याइ दिइएको छ, जसले हामीलाई सही निर्णय गर्न मदत गर्छ। सिद्धान्तको आधारमा गरिएका निर्णयहरू व्यक्‍तिपिच्छे फरक हुन सक्छ। तपाईँको अवस्थासित सुहाउँदो सल्लाह पाउन बाइबलआधारित लेख तथा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌। जस्तै, यस वेबसाइटमा पाइने निश्‍शुल्क सामग्रीहरूमा।b

    केही निर्णय गर्नुअघि तपाईँले अरू भरपर्दा स्रोतहरू पनि केलाउनुपर्ने हुन सक्छ। उदाहरणका लागि, तपाईँ कुनै सामान किन्‍न चाहनुहुन्छ र त्यो एकदमै महँगो छ। त्यतिबेला तपाईँ के गर्नुहुन्छ? तपाईँले त्यो सामानबारे अनि त्यो सामान बनाउने कम्पनीबारे अनुसन्धान गर्नु राम्रो हुन्छ। साथै ती सामानको वारेन्टी छ कि छैन र फिर्ता गर्न सकिन्छ कि सकिँदैन भनेर विचार गर्नु बुद्धिमानी हुन्छ। त्यसबाहेक त्यो सामान तपाईँलाई चाहिएकै सामान हो कि होइन भनेर पनि पक्का गर्नुपर्छ।

    बाइबलमा यसो भनिएको छ: “सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) त्यसैले कुनै निर्णय गर्नुअघि भरपर्दा व्यक्‍तिहरूसित सल्लाह गर्नुहोस्‌। उदाहरणका लागि, तपाईँले उपचारसम्बन्धी कुनै निर्णय गर्नुपर्ने भयो भने डाक्टरको सल्लाह लिनु बुद्धिमानी हुन्छ। (मत्ति ९:१२) कतिपय अवस्थामा भने तपाईँले आफूले जस्तै समस्या भोगेका व्यक्‍तिहरूसित सल्लाह लिनु राम्रो हुन्छ। तर नबिर्सनुहोस्‌, जोसित सल्लाह मागे पनि निर्णय भने तपाईँ आफैले गर्नुपर्छ।—गलाती ६:४, ५.

  • ती पुरुष नोटकपीमा लेख्दै छन्‌।

    सबै विकल्प केलाउनुहोस्‌। आफूसित भएका जानकारीहरूको आधारमा तपाईँ केही विकल्पहरूको सूची बनाउन सक्नुहुन्छ। साथै ती प्रत्येक विकल्पहरूको फाइदा र बेफाइदा पनि लेख्न सक्नुहुन्छ। त्यसपछि ती विकल्प अपनाउँदा नतिजा कस्तो हुन सक्छ भनेर पनि इमानदार भई विचार गर्नुहोस्‌। (व्यवस्था ३२:२९) जस्तै, तपाईँले गर्ने निर्णयले तपाईँलाई, तपाईँको परिवारलाई र अरूलाई कस्तो असर गर्न सक्छ? (हितोपदेश २२:३; रोमी १४:१९) यी प्रश्‍नहरू र बाइबल सिद्धान्तहरू पनि केलाउनुभयो भने तपाईँले बुद्धिमानी निर्णय गर्न सक्नुहुनेछ र अरूप्रतिको प्रेम पनि झल्काइरहनुभएको हुनेछ।

  • निर्णय गर्नुहोस्‌। नतिजा कस्तो हुने हो भनेर थाह नभएकोले कहिलेकाहीँ हामी निर्णय गर्नदेखि पछि हट्‌छौँ। त्यसरी निर्णय गर्नदेखि पछि हट्‌छौँ भने हामीले राम्रो मौका गुमाउनुपर्ने हुन सक्छ र सोच्दै नसोचेको परिस्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ। अर्को शब्दमा भन्‍ने हो भने निर्णय नगर्नु भनेको गलत निर्णय गर्नु जत्तिकै मूर्ख कुरा हो। यो कुरा बुझाउन बाइबलमा खेतीकिसानीसम्बन्धी यस्तो उदाहरण दिइएको छ: “बतासको चिन्ता गर्नेले कहिल्यै बिउ छर्दैन। पानी पर्ला भनेर सुर्ता गर्नेले कहिल्यै कटनी गर्दैन।”—उपदेशक ११:४.

नबिर्सनुहोस्‌, कहिलेकाहीँ हामीले सही निर्णय गरे तापनि सबै कुरा सोचेको जस्तै हुन्छ भन्‍ने छैन। अक्सर हामीले कुनै कुरा छनौट गर्दा कुनै कुरा भने त्याग्नुपर्ने हुन सक्छ। साथै चिताउँदै नचिताएको अवस्था आइपर्न सक्छ। (उपदेशक ९:११) त्यसैले आफूसित उपलब्ध भएको सबैभन्दा भरपर्दो जानकारीअनुसार चल्नुहोस्‌ र जुन विकल्प छनौट गर्दा सफल हुने सम्भावना धेरै छ त्यही विकल्प छनौट गर्नुहोस्‌।

के मैले पहिला गरिसकेको निर्णय फेरि परिवर्तन गर्न सक्छु?

कुनै निर्णय एकचोटि गरेपछि फेरि परिवर्तन गर्नै मिल्दैन भन्‍ने त होइन। तपाईँको अवस्था परिवर्तन हुन सक्छ वा पहिला गरेको निर्णयले आसै नगरेको परिणाम ल्याएको हुन सक्छ। त्यसैले आफ्नो अवस्था फेरि केलाएर राम्रो नतिजा ल्याउन सक्ने अर्को कुनै विकल्प छान्‍नु बुद्धिमानी हुन सक्छ।

तर कतिपय निर्णय भने परिवर्तन गर्नु हुँदैन। (भजन १५:४) उदाहरणको लागि, परमेश्‍वर विवाहित जोडीहरूले आफ्नो विवाह वाचा कहिल्यै नतोडून्‌ भन्‍ने चाहनुहुन्छ।c (मलाकि २:१६; मत्ति १९:६) वैवाहिक जीवनमा समस्याहरू आएमा वैवाहिक सम्बन्ध टुटाउन होइन बरु त्यसलाई सुल्झाउन हरप्रयास गर्नुपर्छ।

मैले गलत निर्णय गरेँ र त्यो परिवर्तन गर्नै सकिँदैन भने नि?

कहिलेकाहीँ हामी सबै जना गलत निर्णय गर्न पुग्छौँ। (याकुब ३:२) यसले गर्दा हामी पछुताउन वा दोषी महसुस गर्न पुग्छौँ होला र यो स्वाभाविक नै हो। (भजन ६९:५) हुनत पछुताउनु वा दोषी महसुस गर्नु केही हदसम्म राम्रै हो। यसले हामीलाई गल्ती नदोहोऱ्‍याउन सचेत गराउँछ। (हितोपदेश १४:९) तर बाइबलमा असाध्यै दोषी महसुस नगर्न सल्लाह दिइएको छ किनकि यस्तो भावनाले हामीलाई मानसिक र भावनात्मक रूपमा निकै नराम्रो असर पार्न सक्छ। (२ कोरिन्थी २:७)d बाइबलले “यहोवा कृपालु र दयालु हुनुहुन्छ” भनी बताउँछ। (भजन १०३:८-१३) त्यसैले पहिला गरेका गलत निर्णयहरू परिवर्तन गर्न सकिँदैन भने पनि त्यसबाट पाठ सिक्नुहोस्‌ र त्यसले निम्त्याएको नतिजालाई सुधार्न जे गर्न सकिन्छ, त्यही गर्नुहोस्‌।

a यहोवा बाइबलमा उल्लेख गरिएको परमेश्‍वरको नाम हो।—भजन ८३:१८.

b तपाईँ आफ्नो अवस्थासित मिल्दो शब्द वा वाक्यांश लेखेर पनि jw.org मा खोज्न सक्नुहुन्छ। यस वेबसाइटमा विभिन्‍न विषयहरूमा बाइबलआधारित सल्लाह पाइन्छ। यसबाहेक तपाईँ पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा भएको “बाइबलका शब्दहरूको सूची”-मा गएर आफूलाई चाहिएको शब्द खोज्न सक्नुहुन्छ।

c परमेश्‍वर विवाहित जोडी जीवनभर सँगै रहेको चाहनुहुन्छ। उहाँले अवैध यौनसम्बन्धबाहेक अरू कुनै कारणले सम्बन्धविच्छेद गर्ने वा अर्को विवाह गर्ने छुट दिनुभएको छैन। यदि तपाईँको वैवाहिक जीवनमा कुनै समस्या आएमा बाइबलले त्यसलाई मायालु अनि बुद्धिमानी तरिकामा सुल्झाउन मदत गर्छ।

d थप जानकारीका लागि “दोषी भावना हटाउन बाइबलले मलाई कसरी मदत गर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने