प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख २३
  • परमेश्‍वरको राज्यले के गर्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यले के गर्नेछ?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • ईश्‍वरको राज्यले के गर्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख २३
भविष्यमा पृथ्वी सुन्दर बगैँचामा परिणत भएको दृश्‍य

परमेश्‍वरको राज्यले के गर्नेछ?

बाइबलको जवाफ

परमेश्‍वरको राज्यले सम्पूर्ण मानव सरकारलाई हटाएर पूरै पृथ्वीमा शासन गर्नेछ। (दानियल २:४४; प्रकाश १६:१४) त्यसपछि परमेश्‍वरको राज्यले यसो गर्नेछ:

  • दुष्टहरूलाई हटाउनेछ, जसका स्वार्थी कामहरूले हामी सबैलाई हानि गर्छ। “दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌।”—हितोपदेश २:२२.

  • युद्धहरूको अन्त गर्नेछ। “पृथ्वीको अन्तसम्मै [परमेश्‍वरले] युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:९.

  • पृथ्वीमा संवृद्धि र सुरक्षा ल्याउनेछ। “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

  • यस पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नेछ। “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरुभूमि रमाउनेछ। बसन्तको फूलझेँ त्यो फक्रनेछ।”—यशैया ३५:१.

  • सबैलाई सन्तोषजनक र आनन्ददायी काम दिनेछ। “[परमेश्‍वरबाट] छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌।”—यशैया ६५:२१-२३.

  • रोग निर्मूल पार्नेछ। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परैँ।’ ”—यशैया ३३:२४.

  • बुढ्यौली लाग्न दिनेछैन। “त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन्‌ बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।”—अय्यूब ३३:२५.

  • मरेकाहरूलाई फेरि जीवित पार्नेछ। “चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने