प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ११०
  • बप्तिस्मा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्मा के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ११०

बप्तिस्मा के हो?

एक जना मानिस बप्तिस्मा गर्दै

बाइबलको जवाफ

येशूले गहिरो नदीमा बप्तिस्मा गर्नुभएको थियो। (मत्ती ३:१३, १६) त्यसैगरि एक जना इथियोपियाली पुरुषले धेरै पानी भएको ठाउँनेर पुगेपछि बप्तिस्मा गर्न चाहेका थिए। (प्रेषित ८:३६-४०) यसबाट के बुझिन्छ भने बप्तिस्मा गर्ने व्यक्‍तिलाई पानीमा चुर्लुम्मै डुबाएर बाहिर निकाल्नुपर्छ।a

बप्तिस्माको अर्थ

पानीमा बप्तिस्मा गर्नुले आफ्नो पुरानो जीवनशैलीलाई मारेर परमेश्‍वरप्रति समर्पित ख्रीष्टियनको रूपमा नयाँ जीवनको सुरुवात गर्नुलाई बुझाउँछ। त्यसैले बाइबलमा बप्तिस्मालाई गाड्‌नुसित तुलना गरिएको छ। (रोमी ६:४; कलस्सी २:१२) येशू ख्रीष्टको बलिदानमा विश्‍वास गरेको आधारमा हामीले सफा अन्तस्करण पाउन सकोस्‌ भनेर परमेश्‍वरले बप्तिस्माको प्रबन्ध गर्नुभयो। (१ पत्रुस ३:२१) त्यसकारण येशूले उहाँका चेलाहरूले बप्तिस्मा गर्नै पर्छ भनेर सिकाउनुभयो।—मत्ती २८:१९, २०.

के पानीको बप्तिस्माले पाप पखाल्छ?

अहँ! पखाल्दैन। येशूले बगाउनुभएको रगतले मात्र हाम्रो पाप पखाल्न सक्छ भनी बाइबलले सिकाउँछ। (रोमी ५:८, ९; १ यूहन्‍ना १:७) येशूको बलिदानबाट लाभ उठाउन येशूमा विश्‍वास गर्नुपर्छ, उहाँको शिक्षाअनुसार चल्न आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ र बप्तिस्मा गर्नुपर्छ।—प्रेषित २:३८; ३:१९.

के बाइबलले शिशु-बप्तिस्माबारे सिकाउँछ?

कुनै-कुनै चर्चमा शिशुको टाउकोमा पानी छम्केर वा खन्याएर “बप्तिस्मा” गरिन्छ र त्यही दिन उसको नाम पनि राखिन्छ। यस्तो गर्नुपर्छ भनेर बाइबलमा कहीं उल्लेख गरिएको छैन। ख्रीष्टियन बप्तिस्मा त “परमेश्‍वरको राज्यको सुसमाचार” बुझ्न सक्ने र विश्‍वास गर्ने व्यक्‍तिको लागि मात्र हो। (प्रेषित ८:१२) बप्तिस्माको लागि योग्य हुन परमेश्‍वरको वचन सुन्‍नु, स्वीकार्नु र पश्‍चात्ताप गर्नु आवश्‍यक छ, जुन शिशुहरूले गर्न सक्दैनन्‌।—प्रेषित २:२२, ३८, ४१.

एक जना मानिस बप्तिस्मा गर्दै

साथै, परमेश्‍वरले उहाँको इच्छाअनुसार चल्ने ख्रीष्टियन आमाबाबुको छोराछोरीलाई पवित्र वा शुद्ध ठान्‍नुहुन्छ भनेर बाइबलले बताउँछ। (१ कोरिन्थी ७:१४) यदि शिशु-बप्तिस्मा आवश्‍यक हुँदो हो त आमाबाबुको विश्‍वासको आधारमा छोराछोरीलाई किन पवित्र वा शुद्ध ठान्‍नुपऱ्‍यो र?b

ख्रीष्टियन बप्तिस्माबारे गलत धारणा

गलत धारणा: बप्तिस्मा गर्न पानीमा पूरै डुब्नु पर्दैन, पानी छम्के वा खन्याए मात्र पुग्छ।

सत्य: बाइबलमा हरेक पटक बप्तिस्माबारे चर्चा गर्दा बप्तिस्मा गर्ने व्यक्‍तिलाई पानीमा चुर्लुम्मै डुबाएको विवरण पाइन्छ। उदाहरणको लागि चेला फिलिपले इथियोपियाली पुरुषलाई बप्तिस्मा गराउँदा तिनीहरू “पानीमा पसे” अनि त्यसपछि “पानीबाट निस्के” भनेर लेखिएको छ।—प्रेषित ८:३६-३९.c

गलत धारणा: फिलिप्पीको जेलरबारे बाइबलमा यस्तो बताइएको छ: ‘उनले र उनको घरमा हुनेजति सबैले बप्तिस्मा गरे।’ घरमा हुनेहरू जति सबैले बप्तिस्मा गर्दा शिशुहरूको पनि बप्तिस्मा गरिएको थियो।—प्रेषित १६:३१-३४.

सत्य: जेलर येशूको चेला भएको विवरणमा बताएअनुसार बप्तिस्मा गरेकाहरूले “यहोवाको वचन” बुझेका र तिनीहरू “अत्यन्तै रमाए” थिए। (प्रेषित १६:३२, ३४) यसबाट स्पष्ट हुन्छ, जेलरको घरमा हुनेहरूले बप्तिस्मा गर्दा शिशुहरू त्यसमा समावेश थिएनन्‌ किनभने शिशुहरूले यहोवाको वचन बुझ्न सक्दैन थिए।

गलत धारणा: येशूले परमेश्‍वरको राज्य साना केटाकेटीजस्ता मानिसहरूकै हो भन्‍नुभयो। यसरी उहाँले शिशु-बप्तिस्माबारे सिकाउनुभयो।—मत्ती १९:१३-१५; मर्कूस १०:१३-१६.

सत्य: येशूले ती शब्दहरू भन्‍नुहुँदा उहाँले बप्तिस्माबारे सिकाइरहनु भएको थिएन। बरु परमेश्‍वरको राज्यको निम्ति योग्य हुन साना केटाकेटीजस्तै नम्र र सिक्न इच्छुक हुनुपर्छ भनिरहनु भएको थियो। —मत्ती १८:४; लूका १८:१६, १७.

a “बप्तिस्मा” भनी अनुवाद गरिएको शब्द “चोप्नु” अर्थ लाग्ने ग्रीक शब्दबाट लिइएको हो। थियोलोजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट, खण्ड १, पृष्ठ ५२९ हेर्नुहोस्‌।

b दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया-अनुसार “नयाँ करारमा शिशु-बप्तिस्माबारे केही पनि उल्लेख गरिएको पाउँदैनौं।” बप्तिस्मा गर्दा पाप आफै पखालिन्छ भन्‍ने “गलत धारणा र बप्तिस्माको महत्त्वलाई बढाइचढाइ गरिएकोले” यो चलन चल्तीमा आएको हो भनेर पनि त्यसमा बताइएको छ।—खण्ड १, पृष्ठ ४१६-४१७।

c “(बाइबलमा) बप्तिस्मा” शीर्षक अन्तर्गत न्यु क्याथोलिक इनसाक्लोपीडिया यस्तो उल्लेख गर्छ: “प्रारम्भिक चर्चमा पानीमा चुर्लुम्म डुबाएर बप्तिस्मा दिइन्थ्यो भन्‍ने कुरा स्पष्ट छ।”—खण्ड २, पृष्ठ ५९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने