प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwhf article ८
  • कसरी धीरजी हुन सिक्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी धीरजी हुन सिक्ने?
  • परिवारका लागि
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धीरज किन देखाउनुपर्छ?
  • धीरज कसरी देखाउन सक्छौँ?
  • धीरज—हाम्रो सेवाको एउटा चिनारी
    हाम्रो राज्य सेवा—२०११
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
परिवारका लागि
ijwhf article ८
श्रीमती जुत्ता किन्दै गर्दा धीरजी हुन गाह्रो मानिरहेका श्रीमान्‌

परिवारका लागि | वैवाहिक जीवन

कसरी धीरजी हुन सिक्ने?

“पती-पत्नीले दिनदिनै धीरज देखाउनुपर्ने अवस्था आउँछ। विवाह नगरुन्जेल यो गुणको त्यति वास्ता हुँदैन। तर वैवाहिक जीवन सफल बनाउन यो गुण नभई हुँदैन।”—जोन

  • धीरज किन देखाउनुपर्छ?

  • धीरज कसरी देखाउन सक्छौँ?

  • “धीरज नभई हुँदैन”

धीरज किन देखाउनुपर्छ?

  • विवाह गरिसकेपछि आफ्नो जोडीको गल्ती सजिलै याद हुन्छ।

    “विवाह गरेको केही समयपछि नै आफ्नो जोडीको राम्रो गुणमा भन्दा नराम्रो गुणहरूमा ध्यान जान थाल्छ। दिमागमा नराम्रो कुराहरूले डेरा जमाएपछि धीरजी हुन साह्रै गाह्रो हुन्छ।”—जेसिन

  • धीरजी छैनौँ भने कुरै नबुझी प्याच्च बोल्ने झुकाव हुन्छ।

    “प्याच्चै बोल्ने बानी भएकोले म कहिलेकाहीँ बोल्न नहुने कुरा पनि बोल्छु। अलि धीरजी भएको भए के बोल्नु हुन्छ, के बोल्नु हुँदैन भनेर सोच्न सक्थेँ होला अनि नचाहिँने कुरा बोल्दिनथेँ होला।”—कारमेन

    बाइबल भन्छ: “प्रेम धीरजी र दयालु हुन्छ।” (१ कोरिन्थी १३:४) आपसमा प्रेम गर्ने व्यक्‍तिहरू एकअर्काप्रति धीरजी हुन्छन्‌ भन्‍ने कुरामा दुई मत नहोला। तर सधैँ त्यस्तो हुँदैन। माथि उल्लेख गरिएका जोन भन्छन्‌: “अरू असल गुणहरूजस्तै धैर्यता पनि विकास गर्नुभन्दा गुमाउनु सजिलो छ। साँच्चै, धीरजी भई रहन अथक प्रयास चाहिन्छ।”

धीरज कसरी देखाउन सक्छौँ?

  • सोच्दै नसोचेको परिस्थितिमा धीरजी हुन गाह्रो हुँदा।

    उदाहरण: तपाईँको जोडीले मन दुख्ने केही कुरा भन्यो। तपाईँलाई ‘जस्तालाई त्यस्तै’ गरौँ जस्तो लाग्न सक्छ।

    बाइबलको सिद्धान्त: “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर। त्यसो त मूर्खले मात्र गर्छ।”—उपदेशक ७:९, फुटनोट।

    धीरज कसरी देखाउने? एकछिन रोकिनुहोस्‌। अनि जवाफ फर्काउनअघि आफ्नो जोडीले त्यस्तो कुरा गरेर चित्त दुखाउन खोजेको होइन भनेर आफैलाई सम्झाउनुहोस्‌। विवाहसम्बन्धी लेखिएको एउटा किताब यसो भन्छ: “आफ्नो जोडीले केही कुरा भन्यो भने हामी त्यसको वास्तविक अर्थ बुझ्नतिर भन्दा पनि आफ्नै अनुमान लगाएर प्रतिक्रिया देखाउने गर्छौँ।”

    श्रीमती कराउँदा श्रीमान्‌ले पनि ‘म के कम’ भन्दै कराउन थाल्यो भने आगोमा दाउरा थपे जस्तो हुन्छ; तर श्रीमती कराउँदा श्रीमान्‌ चुप लाग्यो भने बलिरहेको आगो बिस्तारै निभ्छ

    तपाईँको जोडीले साँच्चै नै तपाईँको मन दुखाएको हो भने पनि धीरज देखाउँदा तपाईँले जस्तालाई त्यस्तै गर्नुहुनेछैन अनि अवस्था बिग्रन पाउँदैन। बाइबल भन्छ: “जहाँ दाउरा हुँदैन, त्यहाँ आगो निभ्छ।”—हितोपदेश २६:२०.

    “आफ्नी पत्नी शत्रुजस्तो लाग्न थाल्यो भने एकछिन रोकिनुहोस्‌ अनि तपाईँले उसलाई माया गर्न थाल्नुको कारण के हो भनेर सोच्नुहोस्‌ अनि तुरुन्तै उसलाई मनपर्ने कुरा गर्नुहोस्‌।”—एतान

    यसबारे सोच्नुहोस्‌:

    • तपाईँको जोडीले मन दुखाउने केही कुरा भन्यो वा गऱ्‍यो भने तपाईँ के गर्नुहुन्छ?

    • अर्कोपालि पनि त्यस्तै अवस्था आयो भने अझ धीरजी भएको कसरी देखाउन सक्नुहुन्छ?

  • तपाईँको जोडीले झोक उठाउने काम बारम्बार गरिरहन्छ भने।

    उदाहरण: तपाईँको जोडीको जहिल्यै ढिलो गर्ने बानी छ। तपाईँ जति धेरै कुर्नुहुन्छ, त्यति नै धेरै तपाईँको पारो तात्छ।

    बाइबलको सिद्धान्त: “एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

    धीरज कसरी देखाउने? आफूलाई भन्दा आफ्नो वैवाहिक सम्बन्धलाई बढी महत्त्व दिनुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘यो विषयमा विवाद गर्दा मेरो वैवाहिक सम्बन्ध बिग्रन्छ कि जोगिन्छ?’ अनि यो कुरा पनि याद गर्नुहोस्‌, “हामी सबै जना धेरै चोटि चुक्छौँ।” (याकुब ३:२) यसको मतलब तपाईँले पनि उन्‍नति गर्नुपर्ने ठाउँ छ।

    “प्रायजसो म आफ्नो श्रीमान्‌सित भन्दा साथीहरूसित व्यवहार गर्दा बढी धीरजी हुन्छु। श्रीमान्‌सँग धेरै समय बिताएकोले उहाँको कमीकमजोरी धेरै थाह छ, त्यसैले उहाँसित धीरजी हुन गाह्रो भएको जस्तो लाग्छ। तर धीरजी हुँदा मैले उहाँलाई प्रेम अनि आदर गर्छु भनेर देखाइरहेको हुन्छु। त्यसैले यो गुण मेरो वैवाहिक जीवनको लागि निकै महत्त्वपूर्ण छ।”—नाया

    यसबारे सोच्नुहोस्‌:

    • आफ्नो जोडीले गल्ती गर्दा तपाईँ कतिको धीरज देखाउनुहुन्छ?

    • यस मामिलामा भविष्यमा कसरी अझ धीरजी हुन सक्नुहुन्छ?

“धीरज नभई हुँदैन”

आफ्ना श्रीमान्‌ हाइडेनसित जेसेना

“वैवाहिक जीवन सफल बनाउन धीरज नभई हुँदैन। दुई त्रुटिपूर्ण मानिसहरूको मेल भएकोले वैवाहिक जीवनमा विभिन्‍न समस्याहरू देखापर्नु स्वाभाविक हो अनि एकअर्काको बानी पनि दिक्कलाग्दो हुन सक्छ। यस्तो अवस्थामा धीरजी भएनौँ भने वैवाहिक जीवनको जग धमिराले खाइदिन सक्छ।”—आफ्ना श्रीमान्‌ हाइडेनसित जेसेना।

पुनरावृत्ति: वैवाहिक जीवनमा कसरी धीरजी हुन सिक्ने?

सोच्दै नसोचेको परिस्थितिमा धीरजी हुन गाह्रो हुँदा

जवाफ फर्काउनअघि आफ्नो जोडीले त्यस्तो कुरा गरेर चित्त दुखाउन खोजेको होइन भनेर आफैलाई सम्झाउनुहोस्‌।

तपाईँको जोडीले झोक उठाउने काम बारम्बार गरिरहन्छ भने।

आफूलाई भन्दा आफ्नो वैवाहिक सम्बन्धलाई बढी महत्त्व दिनुहोस्‌। तपाईँले पनि उन्‍नति गर्नुपर्ने ठाउँ छ भनेर नबिर्सनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने