प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ८
  • बार्नाकलको गम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बार्नाकलको गम
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला
    सृष्टि या संयोग
  • अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”
    ब्यूँझनुहोस्‌!—२००७
  • परजीवी तर कामलाग्ने बारुलो
    ब्यूँझनुहोस्‌!—२००३
  • गुँद सुँघ्नु के यसले मलाई वास्तवमा क्षति पुऱ्‍याउन सक्छ?
    ब्यूँझनुहोस्‌!—१९९४
सृष्टि या संयोग
ijwwd लेख ८
बार्नाकलहरू

सृष्टि या संयोग?

बार्नाकलको गम

जीवशास्त्रीहरूले बार्नाकलबारे धेरै अघिदेखि अध्ययन गरेर त्यसको अद्‌भुत क्षमताबारे पत्ता लगाएका छन्‌। बार्नाकल चट्टान, बन्दरगाह र जहाजको पिँधमा बलियोगरि टाँसिएर बस्न सक्छ। भनिन्छ, यसको गम कुनै पनि कृत्रिम गमभन्दा कता हो कता बलियो हुन्छ। हालै वैज्ञानिकहरूले बार्नाकल कसरी भिजेको वस्तुको बाहिरी तहमा टाँसिएर बस्छ भनेर पत्ता लगाएका छन्‌।

विचार गर्नुहोस्‌: अध्ययनले देखाएअनुसार बार्नाकलको लार्भा पौडिन सक्ने भएपछि त्यसले टाँसिनको लागि उपयुक्‍त वस्तु पत्ता लगाउन थाल्छ। त्यस्तो वस्तु पत्ता लगाएपछि त्यसले दुई किसिमको पदार्थ निकाल्छ भनी वैज्ञानिकहरू बताउँछन्‌। सुरुमा त्यसले चिल्लो झोल पदार्थ निकाल्छ, जसले वस्तुको सतहबाट पानी हटाउँछ अनि दोस्रो पदार्थ टाँसिनको लागि सतहलाई तयार पार्छ। दोस्रो पदार्थ फोसफोप्रोटिन भनिने प्रोटिनले बनिएको हुन्छ।

ती दुवै पदार्थ मिलेर ब्याक्टेरियाले समेत असर गर्न नसक्ने बलियो गम बन्छ। लामो समयसम्म टिक्ने यस्तो बलियो गमले गर्दा नै बार्नाकल जीवनभर त्यस ठाउँमा टाँसिएर बस्न सक्छ।

बार्नाकलहरू, चित्रमा त्यसको गमका धागाहरू कैयौँ गुणा ठूलो देखाइएको छ

बार्नाकलहरू, चित्रमा त्यसको गमका धागाहरू कैयौँ गुणा ठूलो देखाइएको छ

बार्नाकलको गम बनाउने प्रक्रिया वास्तवमा अनुमान गरिएको भन्दा कता हो कता जटिल छ। त्यस प्रक्रियाबारे अनुसन्धान गर्ने टोलीको एक जना सदस्यले यसो भने: “पानीले भिजेको सतहमा कुनै वस्तु टाँसिन गाह्रो हुने समस्याको यो एकदमै चलाखीपूर्ण प्राकृतिक समाधान हो।” यस खोजले अनुसन्धानकर्ताहरूलाई पानीभित्र प्रयोग गर्न सकिने गम बनाउन मदत गर्न सक्छ। साथै यसले प्राकृतिक वस्तुबाट कृत्रिम गम बनाउन मदत गर्न सक्छ, जुन इलेक्ट्रोनिक साधनहरूमा र उपचारको लागि प्रयोग गर्न सकिनेछ।

तपाईँको विचार कस्तो छ? बार्नाकलको गम क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने