प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
जनवरी ५-११
जीवन र सेवा अभ्यास पुस्तिका—२०२६ | जनवरी

जनवरी ५-११

यसैया १७–२०

गीत १५३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “हामीलाई लुट्‌नेहरूको हालत” कस्तो हुनेछ?

(१० मि.)

बाइबलले मानव समाजलाई अस्थिर समुद्रसित तुलना गरेको छ (यसै १७:१२; w१८.०६ पृ. ७ अनु. १६)

तटस्थ रहेको कारण संसारले हामीलाई दुर्व्यवहार गर्छ (युह १५:१८, १९; w१६.०४ पृ. २८ अनु. ४)

यहोवाले “हामीलाई लुट्‌नेहरूको” हातबाट चाँडै छुटकारा दिनुहुनेछ (यसै १७:१३, १४; ip-1 पृ. १९८ अनु. २०)

एक भाइ जेलभित्र प्रार्थना गरिरहेका छन्‌। जेलबाहिर गार्ड बन्दुक बोकेर बसिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै २०:२—के यसैया साँच्चै तीन वर्षसम्म पूरै नाङ्‌गै भएर हिँडे? (w०६ १२/१ पृ. १५ अनु. १)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै १९:१-१२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। विवाहित व्यक्‍तिलाई प्रेम गर्नुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ८ बुँदा ४)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा १४—विषय: परमेश्‍वर हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ। (th बुँदा ८)

ख्रिष्टियन जीवन

गीत १४८

७. ‘आफ्नो किल्लाको चट्टानलाई सम्झनुहोस्‌’

(१० मि.) छलफल।

यहोवा हाम्रो किल्लाको चट्टान हुनुहुन्छ। (यसै १७:१०) यहोवामा शरण लिनेहरूलाई उहाँ सुरक्षा दिनुहुन्छ। (भज १४४:१, २) हुनत यहोवा आफ्ना मित्रहरूले सामना गर्नुपर्ने खेदो सधैँ हटाउनुहुन्‍न। तर त्यसलाई सहनको लागि चाहिने मदत भने सधैँ दिनुहुन्छ।—१को १०:१३.

“यहोवाका साथीहरूबाट सिक​—⁠हानन्याह, मिसाएल र अजर्याह” भिडियोको एक दृश्‍य। हानन्याह, मिसाएल र अजर्याह राजा नबुकद्‌नेजरको मूर्तिलाई ढोग्न इन्कार गर्छन्‌। नबुकद्‌नेजर रिसाउँदै तिनीहरूलाई पक्रन सिपाहीलाई भन्छन्‌।

हामी आफ्नो किल्लाको चट्टान यहोवालाई सम्झेको कसरी देखाउन सक्छौँ? एउटा तरिका उहाँको आज्ञा पालन गरेर हो। यहोवाका साथीहरूबाट सिक—हानन्याह, मिसाएल र अजर्याह भन्‍ने भिडियो देखाउनुहोस्‌। केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌ वा श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाले आफ्ना साथीहरूलाई कसरी जोगाउनुभयो?—दा ३:२४-२८

  • हानन्याह, मिसाएल र अजर्याहले आफू यहोवाको साथी भएको कुरा कसरी देखाए?

  • तिमीलाई यहोवाको आज्ञा पालन गर्न कुन बेला गाह्रो लाग्छ?

  • यहोवाको आज्ञा पालन गर्न तिमी के गर्न सक्छौ?

८. यहोवाका साथीहरूबाट सिक्न हरेक दिन समय निकाल्नुहोस्‌

(५ मि.) छलफल।

“यहोवाका साथीहरूबाट सिक” भन्‍ने भिडियो श्रृङ्‌खलाका बाइबल पात्रहरूको चित्रहरूको सङ्‌गालो। चित्रहरूको सङ्‌गालोको सबैभन्दा अगाडि एउटा ठूलो बाइबल र भिडियो श्रृङ्‌खलाको प्रस्तोता देखाइएको छ। पछाडितिर भने बाइबल पात्रहरू छन्‌।

यहोवाका साथीहरूबाट सिक भन्‍ने भिडियो श्रृङ्‌खला भर्खरै पढ्‌न सिक्न थालेका साना केटाकेटीहरूका लागि तयार पारिएको हो। यसले यहोवालाई प्रेम गर्ने बाइबल पात्रहरूबारे सिकाउँछ। प्रत्येक भिडियोले साना केटाकेटीहरूलाई “यहोवाका साथीहरूबाट सिक्न हरेक दिन समय निकाल्न” प्रोत्साहन दिन्छ।

  • यहोवा र उहाँका साथीहरूबाट सिक्न तिमी पनि कसरी हरेक दिन समय निकाल्न सक्छौ?

  • तिमी कुन-कुन बाइबल पात्रहरूबारे अझ धेरै सिक्न चाहन्छौ र किन?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ५०, भाग ९ को परिचय र पाठ ५१

समापन टिप्पणी (३ मि.) | गीत ७३ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | नोभेम्बर

अध्ययन लेख ४४: जनवरी ५-११, २०२६

२ बुढेसकालमा पनि आनन्दित भइरहनुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने