प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm section २४ pp. २७-२८
  • पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह
    बाइबल—यसले दिने सन्देश के हो?
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पावल रोममा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सबै अगमवक्‍ताहरूले गवाही दिएका जन
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm section २४ pp. २७-२८
नजरबन्दमा पर्दा पावल पत्र लेख्न लगाउँछन्‌

भाग २४

पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌

पावलका पत्रहरूले ख्रीष्टियान मण्डलीलाई बलियो बनाउँछ

यहोवाको उद्देश्‍यको पूर्तिमा भर्खरै स्थापना भएको ख्रीष्टियान मण्डलीको भूमिका महत्त्वपूर्ण हुने थियो। तर केही समय नबित्दै प्रथम शताब्दीका ख्रीष्टियानहरूमाथि सतावटको ओइरो लाग्यो। के तिनीहरूले मण्डली बाहिरकाहरूबाट आउने सतावट र मण्डली भित्रैकाहरूबाट चालै नपाउने गरि आउने अझै ठूलो खतराको सामना गर्नुपर्दा परमेश्‍वरप्रति सत्यनिष्ठा कायमै राख्ने थिए? ख्रीष्टियान युनानी धर्मशास्त्रमा आवश्‍यक सल्लाह र प्रोत्साहनले भरिएका २१ वटा पत्रहरू छन्‌।

यीमध्ये रोमीदेखि हिब्रूसम्मका चौध वटा पत्रहरू प्रेरित पावलले लेखे। यी पत्रहरू जसलाई लेखिएका थिए, तिनैका नाउँमा छन्‌—चाहे व्यक्‍तिलाई होस्‌ वा कुनै एउटा मण्डलीलाई। पावलका पत्रहरूमा समेटिएका केही विषय विचार गर्नुहोस्‌।

नैतिकता र आचरणसम्बन्धी अर्ती। व्यभिचार, पर-पुरुषगमन वा पर-स्त्रीगमन र अन्य गम्भीर पाप गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (गलाती ५:१९-२१; १ कोरिन्थी ६:९-११) जुनसुकै राष्ट्रका भए तापनि परमेश्‍वरका उपासकहरू एकतामा रहनैपर्छ। (रोमी २:११; एफिसी ४:१-६) तिनीहरूले खाँचोमा परेका सँगी विश्‍वासीहरूलाई मदत गर्न आफूलाई खुसीसाथ सुम्पनुपर्छ। (२ कोरिन्थी ९:७) “निरन्तर प्रार्थना गरिरहो” भनी पावल भन्छन्‌। साँच्चै, परमेश्‍वरका उपासकहरूलाई प्रार्थनामा आफ्ना भित्री भावना पोखाउन प्रोत्साहन दिइएको छ। (१ थिस्सलोनिकी ५:१७; २ थिस्सलोनिकी ३:१; फिलिप्पी ४:६, ७) परमेश्‍वरले प्रार्थना सुन्‍ने हो भने विश्‍वाससाथ गरेको हुनैपर्छ।—हिब्रू ११:६.

पारिवारिक जीवन सफल बनाउन केले मदत गर्नेछ? पतिले पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ किनकि यसो गर्दा परमेश्‍वर खुसी हुनुहुन्छ। आमाबाबुले ईश्‍वरीय सिद्धान्त चलाउँदै छोराछोरीलाई मायालु तरिकामा डोऱ्‍याइ र प्रशिक्षण दिनुपर्छ।—एफिसी ५:२२–६:४; कलस्सी ३:१८-२१.

पावलले पत्र लेख्न लगाएका ठाउँका नक्साहरू

परमेश्‍वरको उद्देश्‍यमा ज्योति चम्कन्छ। मोशाको व्यवस्थाका थुप्रै पक्षले इस्राएलीहरूलाई ख्रीष्ट देखा नपरेसम्म सुरक्षा र डोऱ्‍याइ दियो। (गलाती ३:२४) तर परमेश्‍वरको उपासना गर्न ख्रीष्टियानहरूले त्यो व्यवस्था मान्‍नुपर्दैन। यहूदी पृष्ठभूमिका हिब्रू ख्रीष्टियानहरूलाई लेखेको पत्रमा पावलले व्यवस्थाको अर्थ र परमेश्‍वरको उद्देश्‍य कसरी ख्रीष्टमा पूरा हुन्छ भन्‍नेबारे अझै प्रकाश पारे। त्यस व्यवस्थाका विभिन्‍न पक्षहरूको भविष्यसूचक महत्त्व छ भनेर पावलले बताए। उदाहरणको लागि, पशु बलिले येशूको बलिदानरूपी मृत्युलाई पूर्वचित्रण गर्थ्यो। यसबाट साँचो अर्थमा पापको क्षमा पाइने थियो। (हिब्रू १०:१-४) येशूको मृत्युमार्फत परमेश्‍वरले व्यवस्थाको करार रद्द गर्नुभयो। किनभने अब यसको आवश्‍यकता थिएन।—कलस्सी २:१३-१७; हिब्रू ८:१३.

मण्डलीमा पावलको पत्र पढिंदा एक जना ख्रीष्टियन सुन्दै छन्‌

मण्डलीको उचित व्यवस्थापनबारे निर्देशन। मण्डलीमा जिम्मेवारी सँभाल्न इच्छुक पुरुषहरूको नैतिक स्तर उच्च हुनैपर्छ र तिनीहरूले आध्यात्मिक योग्यताहरू पूरा गरेको हुनैपर्छ। (१ तिमोथी ३:१-१०, १२, १३; तीतस १:५-९) यहोवा परमेश्‍वरका उपासकहरू एक-अर्कालाई प्रोत्साहन दिन अरू ख्रीष्टियानहरूसँगै नियमित रूपमा भेला हुनुपर्छ। (हिब्रू १०:२४, २५) उपासनाका लागि हुने सभाहरू उत्थानदायी र शिक्षामूलक हुनुपर्छ।—१ कोरिन्थी १४:२६, ३१.

तिमोथीलाई दोस्रो पत्र लेख्दा पावल रोम फर्किसकेका थिए; फैसलाको पर्खाइमा कैदी जीवन बिताइरहेका थिए। केही साहसी व्यक्‍तिहरू मात्र तिनलाई भेट्‌न आए। पावललाई अब तिनीसित धेरै समय छैन भनेर थाह थियो। तिनले यसो भने: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु।” (२ तिमोथी ४:७) सायद त्यसको केही समयपछि पावल आफ्नो विश्‍वासको खातिर मारिए। तर यी प्रेरितका पत्रहरूले आज हाम्रो समयसम्मै परमेश्‍वरका साँचो उपासकहरूलाई डोऱ्‍याइ दिन्छ।

— रोमी; १ कोरिन्थी; २ कोरिन्थी; गलाती; एफिसी; फिलिप्पी; कलस्सी; १ थिस्सलोनिकी; २ थिस्सलोनिकी; १ तमोथी; २ तिमोथी; तीतस; फिलेमोन; हिब्रूमा आधारित।

  • पावलका पत्रहरूमा नैतिकता र आचरणसम्बन्धी कस्ता अर्ती पाइन्छन्‌?

  • ख्रीष्टमा परमेश्‍वरको उद्देश्‍यको पूर्तिबारे पावलले कसरी प्रकाश पारे?

  • मण्डलीको उचित व्यवस्थापनबारे पावलले कस्तो निर्देशन दिए?

प्रतिज्ञा गरिएका सन्तान को हुन्‌?

आदम र हव्वाले पाप गरेपछि परमेश्‍वरले लाक्षणिक भाषामा सर्पलाई यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) बाइबलले त्यस दियाबललाई “वृद्ध साँप” भनी चिनाएको छ। (प्रकाश १२:९) परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सन्तान वा मुक्‍तिदाताको परिचय खुलाइएको थिएन। शताब्दीयौंको दौडान बाइबलमा क्रमिक रूपमा त्यो प्रकाश पारियो।

आदम र हव्वाले पाप गरेको लगभग २,००० वर्षपछि यहोवाले प्रतिज्ञा गरिएका सन्तान अब्राहामको वंशबाट आउनेछन्‌ भनी संकेत गर्नुभयो। (उत्पत्ति २२:१७, १८) शताब्दीयौंपछि प्रेरित पावलले त्यस सन्तानको मुख्य भाग मसीह अर्थात्‌ येशू ख्रीष्ट हुनुहुन्छ भनी प्रकाश पारे। (गलाती ३:१६) येशूलाई मारिंदा उत्पत्ति ३:१५ मा भनिएझैं लाक्षणिक अर्थमा उहाँको “कुर्कुच्चो” डसियो। तर परमेश्‍वरले येशूलाई “आत्मामा” पुनरुत्थान गर्नुभयो।—१ पत्रुस ३:१८.

परमेश्‍वरले १,४४,००० मानिसहरू त्यस सन्तानका दोस्रो भाग हुनेछन्‌ भन्‍ने उद्देश्‍य पनि राख्नुभयो। (गलाती ३:२९; प्रकाश १४:१) स्वर्गीय राज्यमा ख्रीष्टसित साझे-हकवालाको रूपमा शासन गर्न आत्मिक जीवनमा तिनीहरूको पुनरुत्थान हुन्छ।—रोमी ८:१६, १७.

स्वर्गमा शक्‍तिशाली राजाको रूपमा येशूले चाँडै दियाबलको सन्तान अर्थात्‌ त्यसलाई पछ्याउने दुष्ट मानिसहरू र प्रेतहरूलाई विनाश गर्नुहुनेछ। (यूहन्‍ना ८:४४; एफिसी ६:१२) येशूको शासनले सम्पूर्ण आज्ञाकारी मानिसहरूका लागि शान्ति र खुसी ल्याउनेछ। अन्ततः उहाँले त्यस सर्पको “शिर” कुच्याएर त्यसको अस्तित्व नामेट पार्नुहुनेछ।—हिब्रू २:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने