प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ८/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • वासस्थानको सबैभन्दा महत्त्वपूर्ण सामान
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • उपासनाको लागि वासस्थान
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ८/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

पुरातन इस्राएलमा वासस्थान र मन्दिरको महा-पवित्र स्थानमा देखा परेको शेखिना पनि भनिने अद्‌भुत ज्योतिले कुन कुरालाई चित्रण गर्थ्यो?

आफ्ना जनहरूका मायालु पिता र संरक्षक यहोवाले इस्राएलमा आफ्नो उपस्थिति स्पष्टसित दर्साउनुभयो। एउटा तरिका आफ्नो उपासनास्थलसित निकटतम सम्बन्ध रहेको उज्ज्वल बादल प्रकट गर्नुभएर यसो गर्नुभयो।

प्रस्टै देखिने त्यस ज्योतिले यहोवाको अदृश्‍य उपस्थितिको प्रतिनिधित्व गर्थ्यो। त्यो ज्योति सुलेमानले बनाएको मन्दिर र वासस्थान दुवैको महा-पवित्र स्थानमा देखा पऱ्‍यो। साक्षात्‌ यहोवा नै त्यहाँ प्रकट हुनुभएको कुरालाई त्यस अद्‌भुत ज्योतिले चित्रण गर्दैनथ्यो। परमेश्‍वर मानिसले बनाएको कुनै मन्दिरमा बास गर्नुहुन्‍न। (२ इतिहास ६:१८; प्रेरित १७:२४) परमेश्‍वरको पवित्र स्थलमा देखा परेको त्यो चहकिलो ज्योतिले निम्न कुराहरूमा इस्राएलीहरूलाई विश्‍वस्त पार्थ्यो, एउटा प्रधान पूजाहारी र उनीद्वारा समस्त इस्राएलीहरूलाई सुरक्षा दिन यहोवाले आफ्नो उपस्थिति जनाउनुभएको छ र अर्को त्यस उपस्थितिले इस्राएलीहरू र तिनीहरूका आवश्‍यकताहरूको उहाँले ख्याल राख्नुहुन्छ।

बाइबल लेखिसकेपछिको अरामी भाषामा यो ज्योतिलाई शेखिना (शेखि-ना) भनिन्थ्यो। यसको अर्थ, “बास गर्ने” अथवा “बास” हो। मूल भाषाको बाइबलमा यो पदावली नभए पनि हिब्रू धर्मशास्त्रको अरामी भाषाको अनुवादमा यो पदावली पाइन्छ। यस अनुवादलाई टारगम्स पनि भनिन्छ।

वासस्थान निर्माण गर्ने निर्देशन दिनुहुँदा यहोवाले मोशालाई यसो भन्‍नुभयो: “त्यो कृपा-आसनलाई सन्दूकको माथि राख्नू, अनि सन्दूकभित्र साक्षी-पाटी राख्नू, जो म तँलाई दिनेछु। त्यहीं म तँसित भेट गर्नेछु। . . . कृपा-आसनबाट साक्षी-पाटीको सन्दूकमाथि हुने ती दुइ करूबहरूका बीचबाट म तँसित बात गर्नेछु।” (प्रस्थान २५:२१, २२) यहाँ बताइएको महा-पवित्र स्थानमा रहेको सन्दूक सुनले मोहरिएको थियो। सन्दूकको ढकनीमाथि सुनका दुईवटा करूबहरू थिए।

यहोवाले कहाँबाट बोल्नुहुने थियो? मोशालाई उहाँले यस्तो जवाफ दिनुभयो: “म कृपा-आसनमाथि बादलमा देखा पर्नेछु।” (लेवी १६:२) दुईवटा सुनका करूबहरू बीच रहेको पवित्र सन्दूकको ठीक मास्तिर बादल घुमिरहेको हुन्थ्यो। उक्‍त बादल कत्तिको माथि थियो अथवा करूबहरूदेखि कति माथिसम्म फैलिएको थियो, बाइबलले केही बताउँदैन।

त्यस चहकिलो बादलले महा-पवित्र स्थानलाई उज्यालो बनाउँथ्यो। वास्तवमा, त्यस कोठाको एक मात्र उज्यालोको स्रोत त्यही थियो। प्रायश्‍चितको दिनमा प्रधान पूजाहारी सबैभन्दा भित्री यस कोठामा प्रवेश गर्दा त्यस ज्योतिले गर्दा प्रधान पूजाहारीले सजिलै देख्न सक्थे। त्यसबखत उनी यहोवाको उपस्थितिमा खडा भइरहेका हुन्थे।

के मसीहीहरूको लागि त्यस अद्‌भुत ज्योतिले कुनै अर्थ राख्छ? प्रेरित यूहन्‍नाले दर्शनमा कहिल्यै ‘रात हुँदै नहुने’ एउटा सहर देखे। त्यस सहर येशूसित शासन गर्न पुनरूत्थान भएका अभिषिक्‍त मसीहीहरू मिलेर बनेको नयाँ यरूशलेम हो। सूर्य वा चन्द्रले यस लाक्षणिक सहरलाई उज्यालो बनाउँदैन। शेखिना बादलले महा-पवित्रस्थानलाई उज्यालो बनाएझैं यस संगठनलाई उज्यालो बनाउने त यहोवा परमेश्‍वरको महिमाले नै हो। अनि थुमा अर्थात्‌ येशू ख्रीष्ट यस सहरको “बत्ती” हुनुहुन्छ। त्यसपछि यस “शहर[ले]” छुटकारा पाएका सारा राष्ट्रका मानिसहरूको डोऱ्‍याइको लागि आध्यात्मिक ज्योति दिन्छ र कृपा देखाउँछ।—प्रकाश २१:२२-२५.

परमेश्‍वरबाट प्रशस्त मात्रामा यस्ता आशिष्‌हरू पाएको हुनाले सुरक्षा दिने गोठालो र मायालु पिता यहोवा नै हुनुहुन्छ भनेर यहोवाका उपासकहरू ढुक्क हुन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने