प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१ p. १०
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येशू मन्दिर सफा बनाउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु मन्दिर सफा गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१ p. १०

के तपाईंलाई थाह थियो?

बाइबल समयमा चलाइएको अगरु के हो?

अगरुको रूख

एक जातको धूपीको काठबाट अगरु बनाइन्थ्यो

अगरु एउटा सुगन्धित पदार्थ हो। यसलाई बाइबल समयमा अत्तरको रूपमा प्रयोग गरिन्थ्यो। (यूहन्‍ना १९:३९) अगरु बास्ना आउने एक जातको धूपीको काठ हो। काठ कुहिएपछि यसबाट बास्नादार तेल र चोप निस्कन्छ। यसलाई पिनेर मसिनो बनाइन्थ्यो र “अगरुको” रूपमा बेचिन्थ्यो।

येशू ख्रीष्टको मृत्युपछि उहाँलाई गाड्‌नको लागि निकोदेमसले “मर्र अनि अगरु लिएर” आए। निकोदेमसले ल्याएको अगरु र हिब्रू धर्मशास्त्रको मूल भाषामा उल्लेख गरिएको अगरु एउटै हुनुपर्छ। मजाले झाँगिने अगरुको रूख ३० मिटरसम्म पनि अग्लो हुन्छ। यो रूख अहिले इजरायलमा पाइँदैन। तर बाइबलको शब्दकोश-अनुसार (अङ्‌ग्रेजी) “अहिले यो र अन्य जातिका रूख त्यस भेगमा पाइँदैन। तैपनि त्यतिबेलाको सम्पन्‍न र घना बस्ती भएको यर्दन उपत्यकामा ती पाइँदैन थिए भन्‍ने निष्कर्षमा पुग्ने कुनै आधार छैन।”

यरूशलेम मन्दिरमा कस्ता भेटीहरू ग्रहणयोग्य हुन्थे?

यरूशलेम मन्दिर नजिकै भेट्टाइएको माटोको छाप

यरूशलेम मन्दिर नजिकै भेट्टाइएको यो माटोको छाप झन्डै २,००० वर्ष पुरानो हो

परमेश्‍वरको व्यवस्थाअनुसार मन्दिरमा चढाउन ल्याइने भेटीहरू सबैभन्दा असल हुनुपर्थ्यो। खोट भएको भेटी परमेश्‍वर ग्रहण गर्नुहुन्‍नथ्यो। (प्रस्थान २३:१९; लेवी २२:२१-२४) इस्वी संवत्‌ प्रथम शताब्दीका यहूदी लेखक फिलोका अनुसार चढाउन ल्याइएको भेटी “खोटरहित” छ कि छैन पक्का गर्न त्यतिबेलाका पुजारीले “टाउकोदेखि खुट्टासम्म” जाँचेर हेर्थे।

बुद्धिजीवी इ. पि. सान्डर्सका अनुसार मन्दिरका अधिकारीहरूले सम्भवतः “भेटीको लागि पशु वा पक्षी बेच्ने व्यापारीहरूमध्ये भरोसायोग्य कोही-कोहीलाई छानेका हुन्थे। तिनीहरू पुजारीहरूले जाँचिसकेको पशु र पक्षीहरू मात्र बेच्थे। अनि व्यापारीले पशु वा पक्षी खोटरहित हो भनेर प्रमाणित गर्न किन्‍ने मानिसलाई टोकन दिनुपर्थ्यो।”

सन्‌ २०११ मा पुरातत्त्वविद्‌हरूले मन्दिर नजिकै त्यस्तै एउटा टोकन भेट्टाए। त्यो टोकन माटोबाट बनाइएको थियो र ईसापूर्व प्रथम शताब्दी र इस्वी संवत्‌ ७० बीचको थियो। यसमा अरामी भाषामा अक्षर कुँदिएको छ र यसको अर्थ “परमेश्‍वरको लागि शुद्ध” भन्‍ने हो। मन्दिरमा चढाइने भेटीहरूमा मन्दिरका अधिकारीहरूले त्यस्तो टोकन लगाइदिने अनुमान गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने