प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ७८
  • के ईश्‍वर हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वर हुनुहुन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • मलाई आफ्नो जीन्दगीदेखि दिक्क लाग्छ—के धर्म, ईश्‍वर वा बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ७८
बादललाई चिर्दै आएको सूर्यको किरण

के ईश्‍वर हुनुहुन्छ?

बाइबलको जवाफ

हुनुहुन्छ। बाइबलले ईश्‍वर साँच्चै हुनुहुन्छ भन्‍ने जोडदार प्रमाणहरू दिन्छ। यसले हामीलाई ईश्‍वरमा अन्धाधुन्ध विश्‍वास गर्न सिकाउँदैन। बरु आफ्नो “सोचविचार गर्ने क्षमता” अनि “आन्तरिक चेतना” चलाएर ईश्‍वरमा विश्‍वास गर्न प्रोत्साहन दिन्छ। (रोमी १२:१; १ युहन्‍ना ५:२०, फुटनोट) तल दिइएका बाइबलआधारित तर्कहरू विचार गर्नुहोस्‌:

  • व्यवस्थित ब्रह्‍माण्ड अनि यसमा जीवन सम्भव हुनुले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको सङ्‌केत दिन्छ। बाइबल भन्छ: “हो, हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) यो तर्क सरल भए तापनि थुप्रै विद्वान्‌ले यस तर्कलाई समर्थन गर्छन्‌।a

  • मानिस भएकोले हामीमा जीवनको उद्देश्‍य के हो भनेर बुझ्ने चाहना छ। हाम्रो सबै भौतिक आवश्‍यकता पूरा भए तापनि त्यो चाहना भने हराउँदैन। यस कुरालाई बाइबलमा हाम्रो “आध्यात्मिक आवश्‍यकता” भनिएको छ, जसमा ईश्‍वरको विषयमा जान्‍ने र उहाँको उपासना गर्ने चाहना समावेश छ। (मत्ति ५:३; प्रकाश ४:११) हामीमा यस्तो आध्यात्मिक आवश्‍यकता हुनुले ईश्‍वर साँच्चै हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। साथै यसबाट उहाँ हामीले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गरेको चाहने मायालु सृष्टिकर्ता हुनुहुन्छ भनेर पनि देखिन्छ।—मत्ति ४:४.

  • बाइबलमा शताब्दियौँअघि गरिएका भविष्यवाणीहरू सही साबित भएका छन्‌। भविष्यवाणी विस्तृत र सही भएकोले त्यो जानकारी ईश्‍वरबाट आएको हो भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।—२ पत्रुस १:२१.

  • अन्तरिक्षबाट देखिने पृथ्वीको दृश्‍य

    बाइबल लेखकहरूसँग भएको वैज्ञानिक ज्ञान त्यतिबेलाका अरू मानिसहरूसँग थिएन। उदाहरणको लागि, पुरातन समयमा थुप्रै मानिस पृथ्वीलाई हात्ती, बँदेल वा साँढेजस्ता जनावरहरूले थामिराखेको छ भनेर विश्‍वास गर्थे। त्यसको ठीक उल्टो बाइबलमा “पृथ्वी कुनै आडविना झुन्डिरहेको छ” भनी बताइएको छ। (अय्युब २६:७) त्यसैगरि बाइबलले पृथ्वीको “घेरा” वा “परिधि”-बारे उल्लेख गरेर यो गोलाकार छ भनी बताउँछ। (यसैया ४०:२२, फुटनोट) बाइबल लेखकहरूले विज्ञानसम्बन्धी त्यस्ता गहिरा कुराहरू बुझ्न सक्नुको कारण तिनीहरूले त्यो जानकारी ईश्‍वरबाट पाएकोले हो भनेर थुप्रै मानिस मानिलिन्छन्‌।

  • बाइबलले जीवनका थुप्रै महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ, जुन प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ नपाउँदा थुप्रै मानिस नास्तिक बन्छन्‌। उदाहरणको लागि, यदि ईश्‍वर मायालु अनि शक्‍तिशाली हुनुहुन्छ भने संसारमा किन यत्ति विघ्न दुःखकष्ट र दुष्टता छ? धर्महरू किन प्रायः असल कामको लागि नभई खराब कामको लागि जिम्मेवार मानिन्छन्‌?—तितस १:१६.

a उदाहरणको लागि, ब्रह्‍माण्डको विषयमा एक खगोलविद्‌ एलन सान्डेजले यसो भने: “यस्तो व्यवस्थित ब्रह्‍माण्ड संयोगले आएको हो भन्‍ने कुराको कुनै आधार पाइनँ। ब्रह्‍माण्ड व्यवस्थित हुनुको पछाडि केही न केही कारण पक्कै हुनुपर्छ। ईश्‍वरको अस्तित्वमाथि शङ्‌का त लाग्छ तर ब्रह्‍माण्डमा भएका कुराहरूलाई विचार गर्दा सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा साँच्चै तर्कसङ्‌गत लाग्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने