प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ६/८ p. १५
  • घाइते भँगेराको लागि नयाँ घर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घाइते भँगेराको लागि नयाँ घर
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • बेलाइती भंगेराको रहस्य
    ब्यूँझनुहोस्‌!—२००१
  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • जीवन अर्थपूर्ण छ—किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ६/८ p. १५

घाइते भँगेराको लागि नयाँ घर

“घरमा अरू काम छैन र?” गुँडबाट खसेको एउटा सानो भँगेरा मेरी पत्नीले आफूसितै घरमा ल्याउँदा मेरो सुरुको प्रतिक्रिया यस्तो थियो। थरथर कामिरहेको चरालाई नजिकबाट देखेपछि मेरो मन पग्लियो। तैपनि, यस्तो सानो चरा कसरी बाँच्ला र भन्‍ने मलाई लाग्यो।a

बाक्लो खोले खुवाउन सुरुमा त हामीले आफ्नो पाहुनालाई निक्कै फकाउनुपऱ्‍यो। तर भोलिपल्टदेखि भने फुच्चे भँगेराले खाना मागेको माग्यै गर्न थाल्यो। हाम्रो अपार्टमेन्टमा दुईवटा ढोका भए तापनि यसको चिरबिर आवाज बाहिर भऱ्‍याङमा समेत सुन्‍न सकिन्थ्यो!

यस चराको प्वाँखले गर्दा हाम्रो भँगेरा पोथी हो भनेर स्पष्टै चिनिन्थ्यो। समयमा, यो बिस्तारै ठीक भयो र उड्‌न सक्ने भयो। तर यसलाई घरबाहिर पठाउने हाम्रो प्रयत्न सफल हुन सकेन! ‘सायद यसमा घर छोडेर जाने आँट आइसकेको छैन होला’ भन्‍ने हामीलाई लाग्यो। त्यसैले हामीले एउटा पिंजडा किन्यौं र हाम्रो फुच्चे भँगेरालाई घरपालुवा बनायौं। हामीले यसलाई “स्पाट्‌जी” भन्‍ने नाउँ राखिदियौं, जो जर्मन भाषामा माया गरेर बोलाउने नाउँ हो र यसको अर्थ “भँगेरा” हुन्छ।

एक दिन हामीले स्पाट्‌जीलाई सबैभन्दा मनपर्ने खाना अर्थात्‌ भात तयार पाऱ्‍यौं। अलि तातो भएको कारण सेलाउनको लागि मेरी पत्नीले भातलाई एकातिर राखिन्‌ र स्पाट्‌जीको अगाडि केही अन्‍नको गेडा छरिदिइन्‌। हाम्रो फुच्चे चराले के गऱ्‍यो होला? यसले आफ्नो टाउको छड्‌के पाऱ्‍यो अनि आफ्नो चुच्चोले गेडाहरू धकेलेर टेबुलको छेउबाट भुइँमा खसालिदियो! छक्क पर्दै मेरी पत्नी र म मुखामुख गरेर मरीमरी हाँस्यौं। हामीले तुरुन्तै स्पाट्‌जीको अगाडि सेलाइसकेको भात अलिकति राखिदियौं, अब भने यसलाई हामीले दिएको खाना चित्त बुझेजस्तो देखिन्थ्यो!

यो रमाइलो फुच्चे चराको रेखदेख गर्दा येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभएको कुरा हाम्रो मनमा आउँछ: “के एक पैसामा दुई भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भुइँमा खस्नेछैन।” त्यसपछि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्‌ता मूल्यका छौ।”—मत्ती १०:२९-३१.

यहोवाले हाम्रो दुःख देख्नुहुन्छ र हाम्रो धीरज सम्झनुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ। (यशैया ६३:९; हिब्रू ६:१०) हो, यो सानो चराप्रति हामीले महसुस गरेको अनुकम्पा यहोवाले उहाँको सेवा गर्नेहरूप्रति देखाउनुहुने प्रेमको एउटा सानो झलक मात्रै हो!— साभार। (g05 5/8)

[फुटनोट]

a कहिलेकाहीं बिरामी वा घाइते चराको हेरविचार गर्दा यसले स्वास्थ्यसम्बन्धी खतरा निम्त्याउन सक्छ वा स्थानीय ठाउँको कानुन विपरीत हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने