प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ३६ pp. १८७-१९१
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “तिमी मसित प्रमोदवनमा हुनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ३६ pp. १८७-१९१

अध्याय ३६

कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?

हामीले यसअघिको दुइटा अध्यायमा कति जनालाई पुनर्जीवित पारेको घटना पढ्यौं?—हो, पाँच जनालाई। तीमध्ये कति जना बच्चा थिए?—तीन जना। अनि चौथोचाहिं एक युवक थिए। यसबाट के स्पष्ट हुन्छ?—

परमेश्‍वर साना केटाकेटी अनि जवानहरूलाई माया गर्नुहुन्छ भनी स्पष्ट हुन्छ। तर उहाँले अरू थुप्रैलाई पनि पुनर्जीवित पार्नुहुनेछ। के परमेश्‍वरले असल काम गर्नेहरूलाई मात्र पुनर्जीवित पार्नुहुनेछ?—हामीलाई त्यस्तै लाग्ला। तर थुप्रै मानिसले यहोवा परमेश्‍वर र उहाँको छोरा येशूबारे कहिल्यै सत्य कुरा सिकेनन्‌। गलत कुरा सिकाइएकोले तिनीहरूले खराब काम गरे। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई पुनर्जीवित पार्नुहुनेछ जस्तो के तिमीलाई लाग्छ?—

बाइबल भन्छ: “परमेश्‍वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌।” (प्रेषित २४:१५) परमेश्‍वरको स्तरबमोजिम असल काम नगर्नेहरू अथवा सही काम नगर्नेहरू किन पुनर्जीवित हुनेछन्‌?—किनभने तिनीहरूले यहोवा परमेश्‍वरबारे र उहाँ मानिसहरूबाट के चाहनुहुन्छ भन्‍नेबारे कहिल्यै सिक्ने मौका पाएनन्‌।

असल काम नगर्ने कोही-कोहीलाई परमेश्‍वरले किन पुनर्जीवन दिनुहुनेछ?

मानिसहरू कहिले पुनर्जीवित हुनेछन्‌?—लाजरस मर्दा तिनकी दिदी मार्थालाई येशूले के प्रतिज्ञा गर्नुभएको थियो, सम्झ त: “तिम्रो भाइ ब्यूँतनेछ।” मार्थाले उहाँलाई भनिन्‌: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।” (यूहन्‍ना ११:२३, २४) लाजरस “अन्तको दिनमा” ब्यूँतनेछ भन्दा मार्थाले के भन्‍न खोज्दैथिइन्‌?—

येशू यी मानिसलाई कहाँको प्रमोदवनबारे बताउँदै हुनुहुन्छ?

येशूले यस्तो प्रतिज्ञा गरेको मार्थाले सुनेकी थिइन्‌: ‘चिहानमा हुनेहरू सबै निस्की आउनेछन्‌।’ (यूहन्‍ना ५:२८, २९) त्यसैले “अन्तको दिन” भनेको परमेश्‍वरको सम्झनामा हुनेहरू सबै पुनर्जीवित हुने समय हो। यो अन्तको दिन २४ घण्टे दिन होइन। यो हजार वर्ष लामो हुनेछ। ‘परमेश्‍वरले त्यो दिन संसारको न्याय गर्नुहुनेछ’ भनी बाइबल बताउँछ। उहाँले पुनर्जीवित भएकाहरूलाई पनि न्याय गर्नुहुनेछ।—प्रेषित १७:३१; २ पत्रुस ३:८.

त्यो कत्ति खुसीको दिन हुनेछ, सोच त! त्यो हजार वर्षीय लामो दिनमा मरिसकेका लाखौं मानिस पुनर्जीवित हुनेछन्‌। येशूले ती पुनर्जीवित भएका मानिसहरू बस्ने ठाउँलाई प्रमोदवन भन्‍नुभयो। त्यो प्रमोदवन कहाँ हुनेछ र कस्तो हुनेछ, अब हामी विचार गरौं है!

यातनाको खम्बामा मर्नुभन्दा तीन घण्टाअघि येशूले आफूसँगै अर्को खम्बामा झुण्डाइएको मानिससित प्रमोदवनबारे कुरा गर्नुभएको थियो। ती मानिसले अपराध गरेको कारण तिनलाई मार्न लागिएको थियो। तर येशूलाई नियालेपछि र उहाँबारे गरिएको कुरा सुनेपछि ती अपराधी येशूमा विश्‍वास गर्न थाल्छन्‌। त्यसैले ती अपराधीले उहाँलाई यसो भन्छन्‌: “तपाईं राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।” येशू तिनलाई भन्‍नुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४२, ४३.

प्रमोदवनबारे पढ्‌दा हामीले कस्तो कुराको कल्पना गर्नुपर्छ?

येशू के भन्‍न खोज्दै हुनुहुन्छ? प्रमोदवन कहाँ छ?—सोच त! सुरुमा प्रमोदवन कहाँ थियो?—परमेश्‍वरले सुरुको लोग्नेमान्छे आदम र तिनकी श्रीमतीलाई बस्नको लागि यही पृथ्वीमा एउटा प्रमोदवन दिनुभएको थियो भन्‍ने कुरा नबिर्स! त्यसलाई अदनको बगैंचा भनिन्थ्यो। त्यो बगैंचामा जनावरहरू थिए तर तिनीहरूले अरूलाई केही हानि गर्दैनथे। मीठा-मीठा फलफूलका रूखहरू अनि एउटा ठूलो नदी पनि थियो। त्यो बस्नको लागि एकदमै रमाइलो ठाउँ थियो।—उत्पत्ति २:८-१०.

ती अपराधी प्रमोदवनमा हुनेछन्‌ भनेर पढ्‌दा हामीले यो पृथ्वीलाई सुन्दर ठाउँमा परिवर्तन गरिएको कल्पना गर्नुपर्छ। के येशू पनि यही पृथ्वीमै ती पहिलेका अपराधीसँग हुनुहुनेछ?—अहँ, हुनुहुनेछैन। किन, तिमीलाई थाह छ?—

किनभने त्यतिबेला येशूले स्वर्गमा बसेर पृथ्वीमा भएको प्रमोदवनमाथि राजाको रूपमा शासन गर्नुहुनेछ। तर उहाँले ती मानिसलाई ब्यूँताउनुहुने भएकोले अनि तिनलाई आवश्‍यक पर्ने कुराहरू जुटाइदिनुहुने भएकोले एक अर्थमा उहाँ तिनीसँगै हुनुहुनेछ। तर येशूले किन पहिलेका ती अपराधीलाई प्रमोदवनमा जिउन दिनुहुनेछ?—हामी यो कुरा पत्ता लगाउन सक्छौं कि, हेरौं है!

येशूसित कुरा गर्नुअघि के ती अपराधीलाई परमेश्‍वरको उद्देश्‍यबारे थाह थियो?—अहँ, थाह थिएन। परमेश्‍वरबारे सत्य कुरा थाह नभएकोले तिनले खराब काम गरेका थिए। प्रमोदवनमा तिनलाई परमेश्‍वरको उद्देश्‍यबारे सिकाइनेछ। अनि तिनले परमेश्‍वरको इच्छाअनुसार गरेर उहाँलाई साँच्चै माया गरेको प्रमाण दिने मौका पाउनेछन्‌।

के पुनर्जीवित हुनेहरू सबै नै यो पृथ्वीमा आउने प्रमोदवनमा बस्नेछन्‌?—त्यसो त होइन। किन, तिमीलाई थाह छ?—किनभने केही मानिसलाई येशूसँगै स्वर्गमा बस्नको लागि पुनर्जीवित पारिनेछ। तिनीहरूले उहाँसित मिलेर यो पृथ्वीमा आउने प्रमोदवनमाथि राजाको रूपमा शासन गर्नेछन्‌। यो कुरा हामी कसरी थाह पाउन सक्छौं, हेरौं है!

आफू मर्नुअघिको रात येशू आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुहुन्छ: ‘मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। अनि म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदैछु।’ अनि येशूले तिनीहरूलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीं हुनेछौ।”—यूहन्‍ना १४:२, ३.

पुनर्जीवित भएपछि येशू कहाँ जानुहुन्छ?—हो, उहाँ आफ्नो बुबासित बस्न स्वर्ग फर्कनुहुन्छ। (यूहन्‍ना १७:४, ५) त्यसैले येशूले आफ्ना प्रेषितहरू अनि चेलाहरूलाई स्वर्गमा पुनर्जीवित पार्नेछु भनी प्रतिज्ञा गर्नुहुन्छ। तिनीहरूले त्यहाँ येशूसित मिलेर के गर्नेछन्‌?—बाइबलले बताएअनुसार ‘पहिलो पुनर्जीवनमा भाग पाउने’ उहाँका चेलाहरू स्वर्गमा बस्नेछन्‌ र ‘राजाको रूपमा एक हजार वर्षसम्म पृथ्वीमाथि उहाँसित मिलेर शासन गर्नेछन्‌।’—प्रकाश ५:१०; २०:६; २ तिमोथी २:१२.

‘पहिलो पुनर्जीवनमा भाग’ पाएर येशूसँगै राजाको रूपमा शासन गर्नेहरू कति जना हुनेछन्‌?—येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “हे सानो बगाल, नडराओ, किनकि तिमीहरूको बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” (लूका १२:३२) स्वर्गको राज्यमा येशूसँगै बस्न पुनर्जीवन पाउने यो “सानो बगाल”-को निश्‍चित सङ्‌ख्या छ। पृथ्वीका “एक लाख चवालीस हजार” जनाले स्वर्गमा शासन गर्नका लागि पुनर्जीवन पाउँछन्‌ भनी बाइबल बताउँछ।—प्रकाश १४:१, ३.

यस पृथ्वीमा आउने प्रमोदवनमा कति जना बस्नेछन्‌?—बाइबलले त्यसबारे बताउँदैन। तर आदम र हव्वा अदनको बगैंचामा छँदा परमेश्‍वरले तिनीहरूलाई सन्तान जन्माउन र पृथ्वी भर्न भन्‍नुभएको थियो। हो, तिनीहरू त्यसो गर्नदेखि चुके। तर असल मानिसहरूले यो पृथ्वी भर्ने आफ्नो उद्देश्‍य पूरा होस्‌ भनेर परमेश्‍वरले पक्का गर्नुहुनेछ।—उत्पत्ति १:२८; यशैया ४५:१८; ५५:११.

प्रमोदवनमा जीवन बिताउँदा कत्ति रमाइलो हुनेछ, कल्पना गर त! सारा पृथ्वी पार्कजस्तै सुन्दर हुनेछ। त्यहाँ जताततै चराचुरुङ्‌गीहरू, जनावरहरू अनि सुन्दर रूख तथा किसिम-किसिमका फूलहरू हुनेछन्‌। बिरामी परेर कसैलाई पनि पीडा हुनेछैन न त कोही मर्ने नै छन्‌। सबै जना एकअर्काको साथी हुनेछन्‌। यदि हामी प्रमोदवनमा सधैंभरि बाँच्न चाहन्छौं भने त्यसको लागि तयारी गर्ने समय अहिल्यै हो।

पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो, त्यसबारे अझै बुझ्न हितोपदेश २:२१, २२; उपदेशक १:४; यशैया २:४; ११:६-९; ३५:५, ६ अनि ६५:२१-२४ पढौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने