प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ११ p. ३०-p. ३१ par. १४
  • बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यूहन्‍नाले बाटो तयार पार्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • तिनी मसीहका पूर्वगामी थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • युहन्‍ना बाटो तयार पार्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येसु मसीह बन्‍नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ११ p. ३०-p. ३१ par. १४
बप्तिस्मा गराउने युहन्‍ना पश्‍चात्तापबारे प्रचार गर्छन्‌

अध्याय ११

बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌

मत्ति ३:१-१२ मर्कुस १:१-८ लुका ३:१-१८ युहन्‍ना १:६-८, १५-२८

  • युहन्‍ना प्रचार गर्दै र बप्तिस्मा गराउँदै आउँछन्‌

  • धेरैले बप्तिस्मा गर्छन्‌ तर सबैले होइन

येसुले मन्दिरमा यहुदी शिक्षकहरूलाई प्रश्‍न गर्नुभएको पनि झन्डै १७ वर्ष बितिसकेको छ। यो इस्वी संवत्‌ २९ को वसन्त ऋतु हो। धेरै जना येसुको नातेदार युहन्‍नाबारे कुरा गर्दै छन्‌। तिनले यर्दन नदीको पश्‍चिमतिर पर्ने सबै इलाकामा प्रचार गर्दै छन्‌।

युहन्‍ना हेर्नमा खाइलाग्दो छन्‌ र बोल्नमा पनि सिपालु छन्‌। तिनी उँटको रौँबाट बनेको लुगा लगाउँछन्‌ र कम्मरमा छालाको पटुका कस्छन्‌। तिनी सलह (एक किसिमको फट्याङ्‌ग्रा) र वन-मह खान्छन्‌। अनि तिनी कस्तो सन्देश सुनाउँछन्‌? “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”—मत्ति ३:२.

तिनको सन्देश सुनेर मानिसहरू उत्साहित हुन्छन्‌। धेरैले पश्‍चात्ताप गर्नुपर्ने अर्थात्‌ आफ्नो मनोवृत्ति र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने कुरा बुझ्छन्‌। तिनीकहाँ “यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका” मानिसहरू आउँछन्‌। (मत्ति ३:५) युहन्‍नाकहाँ आउने धेरैले पश्‍चात्ताप गर्छन्‌। अनि तिनले उनीहरूलाई यर्दन नदीमा बप्तिस्मा गराउँछन्‌। तिनी किन बप्तिस्मा गराउँछन्‌?

पश्‍चात्तापी यहुदीहरू बप्तिस्मा गर्न युहन्‍नाकहाँ आउँछन्‌

युहन्‍नाले परमेश्‍वरको व्यवस्थाको करारविरुद्ध मानिसहरूले गरेको पापको पश्‍चात्तापको प्रतीकस्वरूप बप्तिस्मा गराउँछन्‌। (प्रेषित १९:४) तर सबै यसको लागि योग्य छैनन्‌। आफूकहाँ आउने फरिसी र सदुकी धर्मगुरुहरूलाई युहन्‍ना यसो भन्छन्‌: “हे विषालु सर्पका बच्चाहरू हो!” तिनी अझ यसो भन्छन्‌: “पश्‍चात्ताप प्रकट हुने फल फलाओ। तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान। किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।”—मत्ति ३:७-१०.

युहन्‍नाको निकै चर्चा भइरहेको छ, तिनले सुनाउने सन्देश पनि प्रभावकारी छ र धेरैले बप्तिस्मा गरिरहेका छन्‌। त्यसैले यहुदीहरूले तिनीकहाँ पुजारी र लेवीहरूलाई “तिमी को हौ?” भनेर सोध्न पठाउँछन्‌।

तिनले “म ख्रिष्ट होइनँ” भनेर मानिलिन्छन्‌।

अनि तिनीहरूले तिनलाई सोध्छन्‌: “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”

तिनी यस्तो जवाफ दिन्छन्‌: “होइनँ।”

मोसाले बताएका महान्‌ भविष्यवक्‍तालाई सङ्‌केत गर्दै तिनीहरूले “के तिमी भविष्यवक्‍ता हौ त?” भनेर सोध्छन्‌।—व्यवस्था १८:१५, १८.

तर युहन्‍ना यस्तो जवाफ दिन्छन्‌: “होइनँ!”

तैपनि तिनीहरू अझै यस्तो सोध्छन्‌: “त्यसोभए तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सक्नेछौँ। आफ्नो विषयमा तिमी के भन्छौ?” तिनी यसो भन्छन्‌: “भविष्यवक्‍ता यसैयाले भनेझैँ ‘यहोवाको बाटो सोझो बनाओ’ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”—युहन्‍ना १:१९-२३.

अनि तिनीहरू यस्तो प्रश्‍न गर्छन्‌: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्‍ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” तिनी यस्तो गहन जवाफ दिन्छन्‌: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। उहाँ मपछि आउँदै हुनुहुन्छ।”—युहन्‍ना १:२५-२७.

हो, मानिसहरूले सही मनोवृत्ति विकास गरेर भविष्यमा राजा हुनुहुने मसीहलाई स्विकार्न सकून्‌ भनेर आफूले बाटो तयार पार्ने काम गरिरहेको कुरा युहन्‍ना स्विकार्छन्‌। उहाँबारे युहन्‍ना यसो भन्छन्‌: “मपछि आउनुहुने मभन्दा शक्‍तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।” (मत्ति ३:११) तिनी यस्तो समेत भन्छन्‌: “मपछि आउने मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।”—युहन्‍ना १:१५.

त्यसैले “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ” भन्‍ने युहन्‍नाको सन्देश साँच्चै उपयुक्‍त छ। (मत्ति ३:२) यस सन्देशले यहोवा परमेश्‍वरद्वारा नियुक्‍त राजाले सेवाको काम चाँडै सुरु गर्न लाग्नुभएको छ भन्‍ने सूचनाको रूपमा काम गर्छ।

  • युहन्‍ना कस्ता मानिस हुन्‌ र तिनले कुन काम गरिरहेका छन्‌?

  • युहन्‍नाले किन मानिसहरूलाई बप्तिस्मा गराउँछन्‌?

  • युहन्‍ना कस्तो सन्देश सुनाउँछन्‌ र यो किन उपयुक्‍त छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने