प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अगस्त p. ३२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मरियम—गर्भवती तर अविवाहित
    येसु—बाटो, सत्य र जीवन
  • उनले ईश्‍वरीय निर्देशन स्वीकारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अगस्त p. ३२

पाठकहरूको प्रश्‍न

येशूको जन्म अनि बाल्यकालबारे मत्ती र लूकाले लेखेको विवरण किन फरक-फरक छ?

येशूको जन्म र बाल्यकालबारे मत्तीले लेखेको विवरण लूकाले लेखेको भन्दा केही हदसम्म फरक छ। किनभने तिनीहरूले घटनाक्रमलाई फरक-फरक दृष्टिकोणबाट व्याख्या गरेका छन्‌।

मत्तीको विवरणमा मरियमभन्दा यूसुफसित सम्बन्धित घटनाहरू धेरै पाइन्छन्‌। उनको विवरणमा मरियम गर्भवती हुँदा यूसुफले देखाएको प्रतिक्रिया, स्वर्गदूतले यूसुफलाई सपनामा दिएको निर्देशन अनि तिनले त्यो निर्देशनअनुसार गरेको घटनाबारे बताइएको छ। (मत्ती १:१९-२५) साथै स्वर्गदूतले यूसुफलाई सपनामा मिश्र भाग्न निर्देशन दिएको र तिनी परिवारसँगै मिश्र भागेको कुरा मत्तीको विवरणमा पाइन्छ। पछि फेरि सपनामा स्वर्गदूतले यूसुफलाई इस्राएल फर्कन निर्देशन दिएको, तिनले त्यो निर्देशन पालन गरेको अनि यूसुफ आफ्नो परिवारसँगै नासरतमा बसोबास गरेको विवरण पनि मत्तीले लेखेका छन्‌। (मत्ती २:१३, १४, १९-२३) मत्तीको किताबको सुरुका अध्यायहरूमा यूसुफको नाम सात पटक उल्लेख गरिएको छ भने मरियमको नाम छ पटक उल्लेख गरिएको छ।

लूकाको विवरणमा भने यूसुफभन्दा मरियमसित सम्बन्धित घटनाहरू धेरै पाइन्छन्‌। उनको विवरणमा गब्रिएल स्वर्गदूतले मरियमलाई भेटेको, तिनी आफ्नो नातेदार इलीशिबालाई भेट्‌न गएको र तिनले यहोवाको प्रशंसा गरेको कुरा पाइन्छ। (लूका १:२६-५६) शिमियोनले मरियमलाई येशूले पछि कस्तो दुःख भोग्नुपर्नेछ भनेर बताएको कुरा पनि लूकाले लेखेका छन्‌। येशू १२ वर्षको छँदा तिनको परिवार मन्दिर गएको विवरणमा पनि लूकाले यूसुफको नभई मरियमका शब्दहरू उल्लेख गरेका छन्‌। त्यतिबेला घटेको घटनाले मरियमको मनमा गहिरो प्रभाव पारेको कुरा पनि लूकाले लेखेका छन्‌। (लूका २:१९, ३४, ३५, ४८, ५१) लूकाको किताबको सुरुका दुई वटा अध्यायमा मरियमको नाम १३ पटक उल्लेख गरिएको छ भने यूसुफको नाम ३ पटक मात्र उल्लेख गरिएको छ। त्यसकारण हामी भन्‍न सक्छौं, मत्तीले यूसुफको सोचाइ र कामबारे धेरै कुरा लेखेका छन्‌ भने लूकाले मरियमको विषयमा धेरै कुरा लेखेका छन्‌।

त्यसैगरि, मत्ती र लूकाले लेखेको येशूको वंशावली पनि भिन्‍ना-भिन्‍नै छ। मत्तीले येशूका धर्मपिता यूसुफको तर्फबाट वंशावली लेखेका छन्‌। यसले येशू कानुनी रूपमा दाऊदको सिंहासनको उत्तराधिकारी हुनुहुन्छ भनेर प्रमाणित गर्छ। किन? किनभने यूसुफ राजा दाऊदका छोरा सुलेमानको वंशबाट आएका थिए। (मत्ती १:६, १६) तर लूकाले भने मरियमको तर्फबाट वंशावली लेखेका हुन सक्छन्‌। यसले येशू शारीरिक रूपमा पनि दाऊदको सिंहासनको उत्तराधिकारी हुन योग्य हुनुहुन्छ भनेर प्रमाणित गर्छ। किन? किनभने बाइबल भन्छ: “[येशू] दाऊदको वंशबाट मानिसको रूपमा जन्मिनुभयो।” (रोमी १:३) मरियम राजा दाऊदका छोरा नातानको वंशबाट जन्मेकी थिइन्‌। (लूका ३:३१) लूकाले मरियमको वंशावलीमा किन ‘हेलीकी छोरी मरियम’ भनेर उल्लेख गरेनन्‌? किनभने त्यतिबेला पुरुषहरूको नामबाट वंशावली लेख्ने चलन थियो। त्यसैले यूसुफलाई हेलीका छोरा भनेर लेखिनुको मतलब तिनी साँच्चै हेलीका छोरा थिए भन्‍न खोजिएको होइन बरु तिनी हेलीका ज्वाइँ थिए।—लूका ३:२३.

मत्ती र लूकाले लेखेको वंशावलीबाट येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर प्रमाणित हुन्छ। येशू दाऊदको वंशबाट आउनुभएको हो भनेर धेरै मानिसलाई थाह थियो। त्यसैले फरिसी र सदुकीहरूले समेत त्यस कुरालाई कहिल्यै नकार्न सकेनन्‌। आज ती वंशावलीले गर्दा हामीले आफ्नो विश्‍वास बलियो बनाउन सकेका छौं र परमेश्‍वरका अरू प्रतिज्ञा पनि पक्कै पूरा हुनेछन्‌ भनेर विश्‍वस्त हुन सकेका छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने