प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ pp. ११-१३
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कत्तिको मूल्यवान्‌ छौं, त्यसप्रति सन्तुलित दृष्टिकोण
  • टुटेका हृदय, पश्‍चातापी मन
  • “तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ”
  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
    यहोवासित नजिक हुनुहोस्‌
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के परमेश्‍वर मेरो ख्याल राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ pp. ११-१३

बाइबलको दृष्टिकोण

तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!

“मलाई आफू एकदमै निकम्मा छु जस्तो लाग्छ। यहोवालाई जति नै प्रेम गरे तापनि वा उहाँको सेवा गर्न निकै प्रयास गरे तापनि मलाई सधैं आफूले पर्याप्त नगरेको जस्तो लाग्छ” भनी एक मसीही बहिनीले लेखिन्‌।

आफू एकदमै निकम्मा वा महत्त्वहीन ठान्‍ने व्यक्‍तिहरू तपाईंले अवश्‍य पनि भेट्‌नुभएको छ होला? वा कहिलेकाहीं के तपाईंलाई नै यस्ता भावनाहरूले पिरोल्ने गर्छ? परमेश्‍वरका विश्‍वासी उपासकहरूमाझमा समेत यस्ता भावनाहरू आउनु कुनै असामान्य कुरा होइन। यस “डरलाग्दो समय[का]” प्रभावहरूबाट कोही पनि मुक्‍त छैनन्‌। यस “आखिरी दिनमा” व्याप्त “बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका” मानिसहरूबाट थुप्रैले बेवास्ता र दुर्व्यवहार भोगेका छन्‌। (२ तिमोथी ३:१-५) त्यस्ता पीडादायी अनुभवहरूले गहिरो भावनात्मक चोट पुऱ्‍याउनसक्छ र यसले गर्दा आफू पूर्णतया निकम्मा महसुस हुनसक्छ।

अत्यन्तै उच्च स्तरहरू बनाउँदा पनि नकारात्मक भावनाहरू आउनसक्छ। अनि ती स्तरहरूअनुरूप गर्न नसक्दा आफूले कहिल्यै केही कुरा राम्ररी गर्न नसकेको महसुस हुन्छ। कारण जस्तोसुकै होस्‌, निकम्माका भावनासित संघर्ष गरिरहेका व्यक्‍तिहरूलाई परमेश्‍वर अथवा अरू कोही व्यक्‍तिले तिनीहरूलाई प्रेम गर्छ भन्‍ने कुरा स्वीकार्न गाह्रो पर्छ। तिनीहरू आफू कसैबाट प्रेम पाउन लायकको नै छैन समेत भन्ठान्छन्‌।

तर यहोवा परमेश्‍वरले त्यस्तो महसुस गर्नुहुन्‍न! यहोवाले आफ्नो वचनमा हामीलाई उहाँको विरोधी शैतान अर्थात्‌ दियाबलका धूर्त “युक्‍तिहरूदेखि” होसियार रहन चेताउनी दिनुभएको छ। (एफिसी ६:११) शैतानले त्यसका धूर्त युक्‍तिहरू चलाएर हामीलाई परमेश्‍वरको उपासना गर्नदेखि रोक्न खोज्छ। यसैकारण शैतानले निकम्मा महसुस गराउँन र यहोवाले हामीलाई कहिल्यै प्रेम गर्नु हुन्‍न भन्‍ने विचार राख्न उक्साउँछ। तर शैतान “झूट बोल्दछ” र वास्तवमा भन्‍ने हो भने, त्यो “झूटको पिता” हो। (यूहन्‍ना ८:४४) त्यसकारण हामी त्यसका धूर्त युक्‍तिहरूको बहकाउमा पर्नु हुँदैन! यहोवा स्वयंले बाइबलमा आश्‍वासनदायी ढंगमा हामी उहाँको नजरमा अनमोल छौं भन्‍नुभएको छ।

हामी कत्तिको मूल्यवान्‌ छौं, त्यसप्रति सन्तुलित दृष्टिकोण

निरुत्साहित हुँदा आउनसक्ने नकारात्मक विचारहरूबारे बाइबलले हामीलाई चेताउनी दिन्छ। हितोपदेश २४:१० भन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” लामो समयसम्म पनि नकारात्मक भावनाहरू आइरह्‍यो भने हामीलाई कमजोर र असहाय बनाउनसक्छ। यो कुरा शैतानलाई राम्ररी थाह छ भन्‍ने कुरामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। हाम्रो हृदय निकम्माका भावनाहरूले पीडित छ भने त्यसै पनि गाह्रो हुन्छ। तथापि, शैतानले यस्तो मौकाको फाइदा उठाउन खोज्दा अवस्था झनै कठिन हुनसक्छ।

तसर्थ, आफूबारे सकारात्मक, सन्तुलित दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। प्रेरित पावलले यस्तो आग्रह गरे: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ।” (रोमी १२:३) अर्को अनुवादले यसो भन्छ: “म सबैलाई भन्दछु, आफ्नो वास्तविक मोलभन्दा बढी नसम्झ र आफ्नो बढाइचढाइ नगर्नु।” (चार्ल्स बि. वलियम्स) तसर्थ, धर्मशास्त्रले हामीलाई आफूबारे सन्तुलित विचारधारा राख्न प्रोत्साहित गर्छ। एकातिर हामी हठी नहुन होसियार हुनुपर्छ भने अर्कोतर्फ आफूबारे एकदमै तुच्छ धारणा पनि राख्नुहुँदैन किनभने पावलले शुद्ध मनको हुन आफ्नो केही आत्मसम्मान हुनु आवश्‍यक छ भनी बताए। हो, परमेश्‍वरले हामीलाई अनोमल ठान्‍नुहुन्छ भनी पावलले ईश्‍वरीय प्रेरणाद्वारा लेखे।

आत्मसम्मानबारे सन्तुलित विचारधारा हुनु पनि महत्त्वपूर्ण छ भन्‍ने कुरा येशूको शब्दबाट प्रस्ट हुन्छ, उहाँले यसो भन्‍नुभयो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) “आफैलाई जस्तै” भन्‍ने पदावलीले केही हदसम्म आत्मसम्मानको भावना हुनुपर्छ भनी संकेत गर्छ। हो, हाम्रा कमी कमजोरीहरू छन्‌ र गल्ती गर्छौं। तर परमेश्‍वरलाई खुसी तुल्याउने प्रयासमा आफ्ना गल्तीहरूको निम्ति उहाँसित क्षमा माग्दा हामीले अझै केही हदसम्म आत्मसम्मान महसुस गर्नसक्छौं। हाम्रो आलोचनात्मक हृदय यो कुरा मान्‍न तयार नहोला तर नबिर्सनुहोस्‌ “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ।” (१ यूहन्‍ना ३:२०) अर्को शब्दमा भन्‍ने हो भने, परमेश्‍वरको र हाम्रो दृष्टिकोणबीच आकाश जमिनको फरक छ।

टुटेका हृदय, पश्‍चातापी मन

भजनरचयिता दाऊदले यसो लेखे: “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) माथ्यु हेनरीजद्वारा सम्पूर्ण बाइबलको टिप्पणी (अंग्रेजी) यस पदबारे टिप्पणी गर्दै यसो भन्छ: “धर्मीहरूको हृदय . . . टुटेको र पश्‍चातापी नै हुन्छ। तिनीहरू आफ्नो पापको कारण दोषी ठान्छन्‌, आत्म-सम्मानको भाव पटक्कै हुँदैन, आफ्नो नजरमा आफूलाई तुच्छ ठान्छन्‌ र आफ्नो कामप्रति विश्‍वस्त हुँदैनन्‌।”

“टुटेका हृदय” वा “पश्‍चातापी मन” भएकाहरूले यहोवा तिनीहरूबाट टाढा हुनुहुन्छ र उहाँले तिनीहरूको ख्याल राख्न आफू अत्यन्तै नगन्य महसुस गर्नसक्छन्‌। तर वास्तवमा त्यस्तो होइन। दाऊदका शब्दहरूबाट यहोवाले “आफ्नो नजरमा तुच्छ” भएकाहरूलाई त्याग्नु हुन्‍न भन्‍ने आश्‍वासन पाउँछौं। हामीलाई त्यस्तो बेला उहाँको झन्‌ बढी आवश्‍यकता पर्छ भनी हाम्रो अनुकम्पापूर्ण परमेश्‍वरलाई थाह छ र उहाँ हाम्रो नजिक हुनुहुन्छ।

उदाहरणस्वरूप एउटा घटनालाई लिनुहोस्‌। केही वर्षअघि एउटी आमाले आफ्नो दुई वर्षको छोरालाई सास फेर्न गाह्रो भएको र असाध्यै खोकी आएकोले अस्पताल लगिन्‌। उक्‍त बच्चालाई जाँचेपछि डाक्टरले त्यस रात अस्पतालमै राख्नुपर्ने बताए। आमाले त्यो रात कहाँ बिताइन्‌? छोराको खाट छेऊमा रातभर मेचमा बसिन्‌। तिनको सानो छोरा बिरामी थियो र उसको नजिक बस्नु आवश्‍यक थियो। पक्कै पनि हाम्रो स्वर्गमा हुनुहुने मायालु परमेश्‍वरबाट अझ बढी आशा गर्नसक्छौं जसले हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो! (उत्पत्ति १:२६; यशैया ४९:१५) भजन ३४:१४ का हृदय छुने शब्दहरूले हाम्रो ‘हृदय टुटेको’ अवस्थामा यहोवा परमेश्‍वर मायालु आमाबाबुजस्तै हाम्रो “नजिक” र हामीलाई खाँचो पर्नेबित्तिकै मदत गरिहाल्न सजग हुनुहुन्छ भनी आश्‍वासन दिन्छ।—भजन १४७:१, ३.

“तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ”

येशूले पार्थिव सेवकाईको दौडान यहोवाका विचार तथा भावनाहरूबारे थुप्रै कुरा बताउनुभयो र यसमा उहाँका पार्थिव सेवकहरूप्रतिको दृष्टिकोण पनि समावेश छ।—मत्ती ६:२६; १२:१२.

उदाहरणका लागि, येशूले आफ्ना प्रत्येक चेलाहरू अनमोल छन्‌ भनी प्रकाश पार्नुहुँदै यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाबिना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) प्रथम शताब्दीमा येशूको यो कुरा सुनिरहेका श्रोताहरूलाई कस्तो प्रभाव पऱ्‍यो होला विचार गर्नुहोस्‌।

भोजनको रूपमा प्रयोग गरिने चराहरूमध्ये भंगेरा सबैभन्दा सस्तो थियो। यी साना चराहरूको अक्सर भुत्ला निकालेर एउटा सुइरोमा घोचिन्थ्यो र कबाब बनाइन्थ्यो। येशूले निश्‍चय पनि बजारमा गरिब आइमाईहरूले कतिवटा भँगेरा किन्‍न सकिन्छ भनी आफ्नो पैसा गनिरहेको देख्नुभएको थियो। ती चराहरू यति सस्तो थिए कि अत्यन्तै कम मूल्यको (शाब्दिक अर्थमा एक असारियनको मूल्य पाँच सेन्ट पनि हुँदैन) सिक्काले पनि दुइटा भँगेरा आउँथ्यो।

केही समयपछि येशूले यस उदाहरण पुनः चलाउनुभयो तर अलि फरक थियो। लूका १२:६ अनुसार येशूले यसो भन्‍नुभयो: “के दुइ पैसामा पाँचवटा भँगेरा बिक्‍तैनन्‌?” विचार गर्नुहोस्‌ त। कम मूल्य भएको एउटा सिक्काले दुइटा भँगेरा किन्‍नसक्थ्यो। तर दुई पैसा खर्च गर्न तयार भएमा तिनले चारवटा होइन तर पाँच-वटा किन्‍न सक्थ्यो। एउटा चाहिं कुनै मूल्य नभए जस्तो त्यतिकै सित्तैमा दिइन्थ्यो। अनि येशूले भन्‍नुभयो: “औ तीमध्ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।” यस दृष्टान्तलाई व्यवहारमा उतार्दै येशूले भन्‍नुभयो: “तिमीहरू धेरै भँगेराभन्दा बढ़ता किम्मती छौ।” (लूका १२:७) उहाँका श्रोताहरू यो सुनेर कत्ति प्रोत्साहित भए होलान्‌!

के तपाईंले येशूको हृदयस्पर्शी दृष्टान्तको सार बुझ्नुभयो? यहोवाले ती साना भँगेराहरूको त मोल गर्नुहुन्छ भने आफ्ना पार्थिव सेवकहरूलाई कत्ति प्रेम गर्नुहुन्छ होला! यहोवा हाम्रो साथमा हुनुहुँदा हामी कोही पनि हराउँदैनौ। हामी प्रत्येकको यहोवाले मोल गर्नुभएको कारण हाम्रो स-सानो कुरा पनि उहाँले स्मरणमा राख्नुभएको छ र यतिसम्म कि हाम्रो कपालको केशसमेत गनिएको छ।

निस्सन्देह, शैतानले निकम्माका भावनाको फाइदा उठाउँदै यहोवाको सेवा गर्नदेखि हामीलाई रोक्न त्यसका धूर्त युक्‍तिहरू चलाउनेछ। तर शैतानको जीत हुन नदिनुहोस्‌! सुरुमा उल्लेख गरिएको मसीही बहिनीलाई सम्झनुहोस्‌। शैतानले हाम्रा भावनाहरूको नाजायज फाइदा उठाउनसक्छ भनी चेताउनी दिएको प्रहरीधरहरा पत्रिकाको लेखले तिनलाई मदत गऱ्‍यो।a तिनी भन्छिन्‌: “शैतानले मेरा आफ्नै भावनाहरू मलाई नै निरुत्साह पार्न चलाउँछ भनेर सोचेको पनि थिइनँ। यो थाह पाएर यस्ता भावनाहरू हटाउन उत्प्रेरणा पाएकी छु। म अहिले यी शैतानी आक्रमणहरूको विरुद्ध खडा हुनसक्छु।”

यहोवा “सबै कुरा जान्‍नुहुन्छ।” (१ यूहन्‍ना ३:२०) हो, हामीले धैर्य धारण गरिरहेका छौं भनी उहाँलाई थाह छ। हाम्रो आत्मसम्मानलाई चूर पार्ने अनुभवहरू हामीले बिगतमा भोगेका छौं होला भनेर पनि उहाँलाई थाह छ। स्मरण रहोस्‌, सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको दृष्टिकोण हो! हामीले आफू जत्ति नै महत्त्वहीन वा निकम्मा ठाने तापनि उहाँको नजरमा हामी मूल्यवान्‌ छौं भनी यहोवाले हामीलाई आश्‍वासन दिनुहुन्छ। हामीले यहोवाका शब्दहरूमा विश्‍वास गर्नसक्छौं किनभने उहाँ, शैतानजस्तो “झूट बोल्नुहुन्‍न।”—तीतस १:२.

[फुटनोट]

a अप्रिल १, १९९५ अंकको प्रहरीधरहरा-को पृष्ठ १०-१५ मा “तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

मायालु आमाबाबु जस्तै यहोवा पनि दुःखी हृदय भएकाहरूको नजिक हुनुहुन्छ

[पृष्ठ १३-मा भएको चित्र]

यहोवाले भँगेरालाई त बिर्सनुहुन्‍न भने के तपाईंलाई बिर्सनु होला र?

[स्रोत]

लिडेकर

Illustrated Natural History

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने