प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर p. १
  • आफूले पाएको सम्मानको मोल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूले पाएको सम्मानको मोल गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार–कार्य—गौरवपूर्ण सुअवसर
    हाम्रो राज्य सेवकाई—१९९५
  • परमेश्‍वरको राज्य प्रचारकार्य —एउटा अनमोल सुअवसर
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • हामीलाई सुम्पिएको धन
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर p. १

आफूले पाएको सम्मानको मोल गर्नुहोस्‌

१. संसारका थुप्रैको विचारमा हाम्रो प्रचारकार्य के हो?

१ सैतानको संसारका थुप्रै मानिसको विचारमा हाम्रो प्रचारकार्य “मूर्खता” हो। (१ कोरि. १:​१८-२१) हामी होसियार भएनौं भने यस्तो टेढो दृष्टिकोणले हामीलाई निराश बनाउन सक्छ र हाम्रो जोस सेलाइदिन सक्छ। (हितो. २४:१०; यशै. ५:२०) यहोवाको साक्षी हुन पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यस्तो ठूलो सम्मानको मोल गर्ने हामीसित कस्ता कारणहरू छन्‌?​—⁠यशै. ४३:⁠१०.

२. प्रचारकार्यलाई किन “पवित्र काम” भन्‍न सकिन्छ?

२ “पवित्र काम”: प्रेषित पावलले प्रचारकार्यलाई “पवित्र काम” भने। (रोमी १५:​१५, १६) प्रचारकार्यलाई किन “पवित्र काम” भन्‍न सकिन्छ? यस काममा भाग लिंदा हामी “पवित्र” परमेश्‍वर यहोवाका “सहकर्मीहरू” भइरहेका हुन्छौं र उहाँको नाम पवित्र पार्न योगदान पुऱ्‍याइरहेका हुन्छौं। (१ कोरि. ३:९; १ पत्रु. १:१५) यहोवा हाम्रो प्रचारकार्यलाई “प्रशंसाको बलिदान”-को रूपमा हेर्नुहुन्छ। (हिब्रू १३:१५) त्यसैले यो हाम्रो उपासनाको एउटा महत्त्वपूर्ण पक्ष हो।

३. सुसमाचारको प्रचार गर्न पाउनु किन ठूलो सम्मानको कुरा हो?

३ सुसमाचारको प्रचार गर्न पाउनु ठूलो सम्मानको कुरा हो किनभने यो सुअवसर थोरैले मात्र पाएका छन्‌। यदि यो सुअवसर स्वर्गदूतहरूले पाएका भए तिनीहरूले यो जिम्मेवारी खुसीसाथ सम्हाल्ने थिए र एकदमै प्रभावकारी ढङ्‌गमा पूरा गर्ने थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (१ पत्रु. १:१२) तर यहोवाले हामीजस्तो “माटाको भाडा” अर्थात्‌ त्रुटिपूर्ण मानिसलाई यो गहन जिम्मेवारी पूरा गर्न रोज्नुभएको छ!​—⁠२ कोरि. ४:⁠७.

४. प्रचार गर्न पाउनुलाई हामी सम्मानको कुरा ठान्छौं भनी कसरी देखाउन सक्छौं?

४ हाम्रो प्राथमिकता: आफूले पाएको यो सम्मानको हामी धेरै मोल गर्छौं। त्यसकारण हामी प्रचारकार्यलाई आफ्नो जीवनको “अझ महत्त्वपूर्ण कुराहरू”-मध्ये एउटा ठान्छौं। (फिलि. १:१०) त्यसैले हामी प्रत्येक हप्ता यस काममा भाग लिन समय निकाल्छौं। विश्‍वविख्यात साङ्‌गीतिक वाद्यटोलीसँगै बजाउने सुअवसरको मोल गर्ने एक सङ्‌गीतकारले पक्कै पनि हरेक पटक प्रस्तुत गर्नुअघि आफ्नो क्षमता उन्‍नति गर्न तयारी गर्नेछन्‌। ठीक त्यसैगरि, प्रचारमा जानुअघि हामी पनि तयारी गर्छौं। यसो गर्दा हामी “सत्यको वचन ठीकसित प्रयोग” गर्न सक्नेछौं र आफ्नो “शिक्षणकला”⁠-⁠मा सुधार ल्याउन प्रयत्न गरिरहेका हुनेछौं।​—⁠२ तिमो. २:१५; ४:⁠२.

५. हाम्रो प्रचारकार्यको कसले कदर गर्छन्‌?

५ मानिसहरूको नकारात्मक प्रतिक्रियाले आफूलाई निरुत्साहित हुन नदिनुहोस्‌। हाम्रो सन्देशको कदर गर्ने थुप्रै मानिस इलाकामा अझै बाँकी छन्‌ भनेर नबिर्सनुहोस्‌। तर हाम्रो लागि महत्त्वपूर्ण कुरा मानिसहरूको अनुमोदन पाउनु होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा यहोवा कस्तो महसुस गर्नुहुन्छ भन्‍ने हो। अनि उहाँ हाम्रो अथक प्रयासको अत्यन्तै कदर गर्नुहुन्छ।​—⁠यशै. ५२:⁠७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने