बाइबलमा पाइने अनमोल धन
बुद्धिमानीपूर्वक जीवनसाथी छान्नुहोस्
सुलेमानले झूटा देवीदेवताको उपासना गर्ने स्त्रीहरूसित विवाह गरेर मूर्ख कदम चाले (१रा ११:१, २; w१८.०७ पृ. १८ अनु. ७)
सुलेमानका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए र तिनी यहोवाप्रति वफादार भइरहन सकेनन् (१रा ११:३-६; w१९.०१ पृ. १५ अनु. ६)
यहोवा सुलेमानसित क्रोधित हुनुभयो (१रा ११:९, १०; w१८.०७ पृ. १९ अनु. ९)
परमेश्वरको वचनले अविवाहित ख्रिष्टियनहरूलाई “प्रभुको चेलासित मात्र” विवाह गर्न सल्लाह दिन्छ। (१को ७:३९) त्यसो भन्दैमा बप्तिस्मा गरेको जो पनि योग्य जीवनसाथी हुन्छ भन्ने छैन। आफैलाई सोध्नुहोस्: ‘यहोवाको सेवा तनमनले गर्न के तिनले मलाई मदत गर्नेछन्? के तिनले समयको दौडान यहोवाप्रतिको गहिरो प्रेम देखाएका छन्?’ तिनीसित विवाह गर्न सहमत हुनुअघि तिनलाई राम्ररी चिन्नुहोस्, हतारमा निर्णय नगर्नुहोस्।