प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ७/१५ pp. २९-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “भलाइ गर्नलाई नथाक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • “जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ७/१५ pp. २९-३१

पाठकहरूका प्रश्‍नहरू

दोस्रो थिस्सलोनिकी ३:१४ मा ‘चिन्‍नु’ भनेको मण्डलीले अपनाउने औपचारिक कदम हो वा नियममा नबस्नेहरूदेखि मसीहीहरू आफै अलग बस्छन्‌ भनिएको हो?

पावलले थिस्सलोनिकीहरूलाई लेखेका कुराले मण्डलीका प्राचीनहरू त्यस्ता व्यक्‍तिहरूलाई ‘चिन्‍नुमा’ निर्दिष्ट भूमिका निर्वाह गर्छन्‌ भनी संकेत गर्छ। तथापि, त्यसपछि प्रत्येक मसीहीहरूले पनि त्यस्तो व्यक्‍तिको आध्यात्मिक फाइदाहरूलाई ध्यानमा राखेर कामकुरा गर्छन्‌। पावलको मौलिक सल्लाहलाई विचार गरेर हामी उक्‍त कुरा राम्ररी बुझ्नसक्छौं। पावलले कस्तो परिस्थितिमा उक्‍त सल्लाह दिएका थिए, त्यसलाई विचार गऱ्‍यौं भने अझ राम्ररी बुझ्न सक्नेछौं।

पावलले पुरुष र स्त्रीहरूलाई सत्य अंगाल्न मदत गरेर थिस्सलोनिकमा मण्डली खडा गरे। (प्रेरित १७:१-४) पछि तिनले उनीहरूको प्रशंसा गर्न र प्रोत्साहन दिन कोरिन्थबाट पत्र लेखे। पावलले आवश्‍यक सल्लाह पनि दिए। तिनले उनीहरूलाई ‘चूपचाप रहन, आफ्नो आफ्नो काम गर्न र आफ्नै हातले कमाउन प्रयत्न गर्ने’ आग्रह गरे। कसै कसैले त्यसो नगरेको हुँदा पावलले अझ यसो भने: “हामी तिमीहरूलाई अर्ती दिन्छौं, कि बेकायदासँग चल्नेलाई चेताउनी देओ, हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर।” स्पष्टतः तिनीहरूमध्ये बेकायदासँगa चल्नेहरू पनि थिए अनि तिनीहरूलाई सल्लाह दिनु आवश्‍यक थियो।—१ थिस्सलोनिकी १:२-१०; ४:११; ५:१४.

येशूको भावी आगमनबारे थप कुराहरू बताउँदै पावलले केही महिनापछि थिस्सलोनिकीहरूलाई दोस्रो पत्र लेखे। ‘आफूचाहिं काम नगर्ने तर अर्काको काममा हात हालेर’ बेकायदासँग चल्नेहरूसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पावलले थप निर्देशन पनि दिए। पावलले कडा परिश्रम गर्नुपर्छ भनेर दिएको उदाहरण र आफ्नोनिम्ति आफै काम गर्नुपर्छ भनेर स्पष्टसित दिएको आज्ञाअनुसार तिनीहरू चलिरहेका थिएनन्‌। (२ थिस्सलोनिकी ३:७ -१२) पावलले केही कदमहरू चाल्ने निर्देशन दिए। प्राचीनहरूले बेकायदासँग चल्नेहरूलाई चेताउनी र सल्लाह दिइसकेपछि ती कदमहरू चाल्नुपर्ने थियो। पावलले यसरी लेखे:

“अब हे भाइ हो, . . . बेकायदासँग चल्ने, र हामीबाट पाएका शिक्षाअनुसार नचल्ने हरेक भाइबाट अलग होओ। तर हे भाइ हो, भलाइ गर्नालाई नथाक। औ यदि कुनै मानिसले यो पत्रको हाम्रो वचन मान्दैन भने त्यस मानिसलाई चिनिराख र त्यससँग तिमीहरूको केही संगत नहोस्‌, यस हेतुले कि त्यसले शर्माउन परोस्‌। तैपनि त्यसलाई शत्रुजस्तो ता नसम्झ, तर भाइलाई जस्तोगरी त्यसलाई चेताउनी देओ।”—२ थिस्सलोनिकी ३:६, १३-१५.

अतः त्यसपछि चाल्नुपर्ने कदमहरू भनेको बेकायदासँग चल्नेहरूसित अलग हुनु, तिनीहरूलाई चिन्‍नु, तिनीहरूसँग संगत गर्न छाड्‌नु तर तिनीहरूलाई भाइलाई जस्तोगरी चेताउनी पनि दिइरहनु हो। मण्डलीका सदस्यहरूले के कस्ता कारणहरूले गर्दा यस्ता कदमहरू चाल्नुपर्ने हुन्छ? आउनुहोस्‌, यसलाई बुझ्न पावलले उल्लेख नगरेका तीन वटा परिस्थितिहरू केलाऔं।

१. मसीहीहरू असिद्ध छन्‌ र तिनीहरूका कमजोरीहरू हुन्छन्‌ भनेर हामीलाई थाह छ। तैपनि, साँचो मसीही धर्मको चिनारी प्रेम हो र प्रेमले गर्दा हामीले अरूलाई बुझ्नु र गल्ती गर्दा क्षमा गर्नुपर्छ। उदाहरणका लागि, मसीहीले बर्णाबास र पावलबीच भएझैं कहिलेकाहीं रिस देखाउनसक्छन्‌। (प्रेरित १५:३६-४०) अथवा थकित भएको बेला कसैले रूखो तथा तीखा शब्दहरू भन्लान्‌। यस्ता परिस्थितिहरूमा प्रेम प्रदर्शित गर्नुका साथै बाइबलको सल्लाह व्यवहारमा उतारेर हामी सँगी मसीहीहरूको गल्तीको पर्बाह नगर्न, तिनीहरूलाई प्रेम गर्न, तिनीहरूसँग संगत तथा कामकुराहरू गर्नसक्छौं। (मत्ती ५:२३-२५; ६:१४; ७:१-५; १ पत्रुस ४:८) स्पष्टतः पावलले यसबारे दोस्रो थिस्सलोनिकीमा उल्लेख गरिरहेका थिएनन्‌।

२. खराब तौरतरिका वा मनोवृत्ति भएको व्यक्‍तिसँग कम संगत गर्ने मसीहीको व्यक्‍तिगत छनौटबारे पावलले उल्लेख गरिरहेका थिएनन्‌। उदाहरणका लागि, त्यस्तो व्यक्‍तिले मनोरञ्जनमा वा भौतिक कुराहरूमा बढी ध्यान दिने हुनसक्छ। अथवा आमाबाबुको अख्तियारलाई तुच्छ ठान्‍ने, उत्ताउलो वा खतरनाक खेल खेल्ने वा मसीही धर्मलाई गम्भीरता साथ नलिने जवानहरूसँग आफ्ना छोराछोरीलाई आमाबाबुले संगत गर्न नदिन सक्छन्‌। यो, हितोपदेश १३:२० ध्यानमा राख्दै गरिने पूर्णतया व्यक्‍तिगत निर्णय हो: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—१ कोरिन्थी १५:३३ तुलना गर्नुहोस्‌।

३. पावलले अर्को गम्भीर विषयमा अर्थात्‌ घोर पाप गरेर पश्‍चात्ताप नगर्नेहरूबारे कोरिन्थीहरूलाई लेखे। त्यस्ता अपश्‍चात्तापी पापीहरूलाई मण्डलीबाट बहिष्कार गर्नु परेको थियो। भनौं भने, “दुष्ट” मानिसहरूलाई शैतानकहाँ सुम्पिनु पर्नेथ्यो। तत्पश्‍चात्‌ वफादार मसीहीहरूले यस्ता दुष्ट मानिसहरूसँग संगत गर्नु उचित हुनेथिएन। प्रेरित यूहन्‍नाले त्यस्ता दुष्टहरूलाई अभिवादनसमेत नगर्नू भने। (१ कोरिन्थी ५:१-१३; २ यूहन्‍ना ९-११) तथापि, २ थिस्सलोनिकी ३:१४ को सल्लाह यो सन्दर्भमा पनि भनिएको होइन।

दोस्रो थिस्सलोनिकीमा बताइएको “बेकायदासँग चल्नेहरू” माथि उल्लेखित तीन अवस्थाका जस्ता होइनन्‌। पावलले तिनीहरू ‘भाइहरू’ नै हुन्‌ अनि तिनीहरूलाई सुझाउ दिनुका साथै त्यस्तै व्यवहार गर्नुपर्छ भनेर लेखे। तसर्थ, “बेकायदासँग चल्ने” भाइसँगको समस्या न मसीहीहरूबीचको व्यक्‍तिगत कुरा मात्र हो नता मण्डलीका प्राचीनहरूले बहिष्कार गर्ने कदम चाल्नुपर्ने गम्भीर समस्या नै हो। यो, पावलले कोरिन्थमा अनैतिक काम गर्नेलाई बहिष्कार गर्नुपरेको जस्तो गम्भीर समस्या होइन। कोरिन्थमा बहिष्कार गरिएको व्यक्‍तिजस्तो “बेकायदासँग” चल्नेहरूले गम्भीर पाप गरेका थिएनन्‌।

थिस्सलोनिकीका “बेकायदासँग” चल्नेहरू मसीही धर्मबाट एकदमै तर्किसकेका थिए। ख्रीष्टको आगमन नजिकै छ भन्ठानेर हो या अल्छी गरेर, तिनीहरू कामै गर्दैनथे। यसबाहेक, तिनीहरूले ‘अर्काको काममा हात हालेर’ निकै खलबल मच्चाइरहेका थिए। पावलका पहिलो पत्र तथा अन्य ईश्‍वरीय सुझाउअनुसार मण्डलीका प्राचीनहरूले तिनीहरूलाई बारम्बार सल्लाह दिएको हुनुपर्छ। (हितोपदेश ६:६-११; १०:४, ५; १२:११, २४; २४:३०-३४) तैपनि, तिनीहरू मण्डलीको बदनाम हुने कामकुरामा लागिरहे भने यसले अरू मसीहीहरूलाई पनि असर गर्नसक्थ्यो। तसर्थ, मसीही प्राचीन पाललले कसैको नाउँ उल्लेख नगरिकनै बेकायदासँग चल्नेहरूको गलत मार्ग उदांग गरेर तिनीहरूको बेकायदाका कामकुराप्रति सबैको ध्यानाकर्षण गरे।

तिनले मसीहीहरूको हैसियतमा मण्डलीका प्रत्येक सदस्यहरूले बेकायदासँग चल्नेहरूलाई ‘चिन्‍नु’ बेस हुनेछ भनेर पनि बताए। यसको मतलब, मण्डलीलाई सार्वजनिक रूपमा सचेत गराइएको कामकुरामा लाग्नेहरूसित सबै जना होसियार हुनुपर्थ्यो। “बेकायदासँग चल्ने . . . हरेक भाइबाट अलग होओ” भनी पावलले सल्लाह दिए। यसको मतलब, त्यस्तो व्यक्‍तिलाई पूरै बेवास्ता गर्नु भनेको होइन किनकि तिनीहरूलाई ‘भाइलाई जस्तोगरी चेताउनी दिनुपर्थ्यो।’ मण्डलीका सदस्यहरूले तिनीहरूसँग सभाहरूमा अनि सायद सेवकाईमा संगत गरिरहनेछन्‌। तिनीहरू आफ्नो भाइले सल्लाह पालन गरेर खराब मार्ग त्याग्नेछ भनी आशा गर्नसक्थे।

कुन अर्थमा मण्डलीका सदस्यहरू त्यस्तो भाइदेखि “अलग” हुन्छन्‌? स्पष्टतया, सामाजिक जमघटबाट अलग हुनुपर्थ्यो। (गलाती २:१२ तुलना गर्नुहोस्‌।) तिनीहरूले त्यस भाइसँग सामाजिक जमघटमा अनि मनोरञ्जनमा भाग नलिंदा आफ्ना तौरतरिकाहरू सिद्धान्तमा चल्ने मानिसहरूले मन पराउँदैनन्‌ रहेछ भनी तिनको होस खुल्नसक्छ। तिनी शर्माएनन्‌ अनि परिवर्तन भएनन्‌ भने पनि कमसेकम अरू त तिनका तौरतरिकाहरू सिकेर तिनीजस्तो हुनेछैनन्‌। साथै मसीहीहरूले सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्नु खाँचो छ। पावलले यस्तो सल्लाह दिए: “हे भाइ हो, भलाइ गर्नालाई नथाक।”—२ थिस्सलोनिकी ३:१३.

स्पष्टतः प्रेरितले दिएको उक्‍त सल्लाह सानोतिनो गल्ती गर्ने हाम्रा भाइहरूलाई तुच्छ ठान्‍ने वा न्याय गर्ने आधार होइन। बरु, यसको लक्ष्य त मसीही धर्मसित पटक्कै मेल नखाने खराब मार्गमा चल्नेलाई मदत गर्नु हो।

पावलले यस विषयमा जटिल प्रणाली तयार गर्ने कोसिस गरेझैं गरी विस्तृत नियमहरू बताएनन्‌। तर स्पष्टतः पहिला प्राचीनहरूले बेकायदासँग चल्नेलाई सल्लाह र मदत दिने कोसिस गर्नुपर्छ। प्राचीनहरूको केही सीप चलेन अनि उक्‍त व्यक्‍ति खराब मार्गमा चलिरह्‍यो र अरूलाई समेत प्रभावित गर्नसक्छ भने प्राचीनहरूले मण्डलीलाई सतर्क गराउनुपर्छ। किन बेकायदासँग चल्नुहुँदैन भन्‍नेबारे प्राचीनहरूले भाषण दिने प्रबन्ध मिलाउन सक्छन्‌। तिनीहरूले भाषणमा कसैको नाउँ उल्लेख गर्नेछैनन्‌। तर तिनीहरूको चेताउनीमूलक भाषणले मण्डलीलाई बचाउन मदत गर्नेछ किनकि ध्यान दिएर भाषण सुन्‍नेहरू बेकायदासँग चल्नेहरूसँग सामाजिक क्रियाकलापमा बढी घुलमिल नहुन सतर्क हुनेछन्‌।

आशा छ, समयको अन्तरालमा बेकायदासँग चल्ने व्यक्‍ति आफ्नो तौरतरिकाको कारण शर्माउनेछन्‌ अनि परिवर्तन गर्न उत्प्रेरित हुनेछन्‌। मण्डलीका प्राचीनहरू तथा अरूले उक्‍त व्यक्‍तिमा परिवर्तन देखेपछि तिनीसँग सामजिक जमघटमा फेरि संगत गर्ने व्यक्‍तिगत निर्णय गर्नसक्छन्‌।

निचोडमा भन्‍ने हो भने, कोही बेकायदासँग चल्दैछ भने मण्डलीका प्राचीनहरू तिनलाई मदत र सल्लाह दिने कदम चाल्न अग्रसर हुन्छन्‌। बेकायदासँग चल्ने व्यक्‍तिलाई आफ्नो तौरतरिका गलतजस्तो लाग्दैन, तर अरूमाथि हानिकारक प्रभाव पारिनैरहन्छ भने, प्राचीनहरूले भाषणद्वारा स्पष्टसँग बाइबलको दृष्टिकोण बताएर मण्डलीलाई चेताउनी दिनसक्छन्‌। यस्तो चेताउनी बेग्लै विश्‍वास भएको व्यक्‍तिसित विवाहपूर्व भेटघाट वा अन्य अनुचित कामकुराबारे हुनसक्छ। (१ कोरिन्थी ७:३९; २ कोरिन्थी ६:१४) अतः मण्डलीका सतर्क मसीहीहरूले बेकायदासँग चल्ने भाइहरूसँग भेटघाट गर्ने कि नगर्ने भनी व्यक्‍तिगत रूपमा निर्णय गर्नसक्छन्‌।

[फुटनोट]

a आफूसँग हातहतियार नराख्ने वा अनुशासनमा नबस्ने सिपाहीहरूका साथै स्कूलबाट भाग्ने गयल विद्यार्थीहरूलाई बुझाउन यो युनानी शब्द प्रयोग गरिन्थ्यो।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

मसीही प्राचीनहरूले बेकायदासँग चल्नेहरूलाई सल्लाह दिन्छन्‌ तर तिनीहरूलाई सँगी विश्‍वासी नै ठान्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने