प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १२/१ pp. १०-१५
  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चार प्रकारका प्रेम
  • विश्‍वास अनि आशाभन्दा किन महान?
  • बुद्धि, न्याय, अनि शक्‍ति भन्दा महान?
  • आत्माको फलहरु मध्ये सर्वोत्तम
  • प्रेम (अगापे) के होइन र के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १२/१ pp. १०-१५

“यिनमा सर्वोत्तम चाहिं प्रेम हो”

“विश्‍वास, आशा, प्रेम, यी तीन रहन्छ; तर यिनमा सर्वोत्तम चाहिं प्रेम हो।”—१ कोरिन्थी १३:१३.

१. प्रेम बारे एउटा मानवशास्त्रविदले के भनेका छन्‌?

विश्‍वका एउटा सर्वश्रेष्ठ मानवविज्ञानविदले एक पटक भन्‍नुभयो: “हाम्रो जातिको इतिहासमा पहिलो पटक हामी बुझ्दछौं कि मानवको सबै आधारभुत मनोवैज्ञानिक आवश्‍यकताहरू मध्ये सबै भन्दा महत्वपूर्ण आवश्‍यकता प्रेम हो। यो, सबै मानव आवश्‍यकताको केन्द्रमा खडा हुन्छ जस्तैगरि हाम्रो सौर मण्डलको माझमा सूर्य खडा रहन्छ र नक्षत्र त्यसका वरिपरि परिक्रमा गर्छन्‌ . . . जुन बालकले प्रेम पाएको हुँदैन त्यो जैवीक, शारीरिक, अनि मानसिक रुपमा प्रेम पाएको बालक भन्दा धैरै भिन्‍न हुन्छ। हुर्किंदा पनि पहिलो चाहिं पछिल्लो भन्दा भिन्दै हुन्छ। हामीलाई अब के थाहा भयो भने जिउनु अनि प्रेम गर्नु एकै सरह हो गरि जिउनु नै मानव जातिको जन्म भएको हो। यो कुरो, हुनः त, कुनै नौलो कुरो होइन। यो त पहाडी उपदेशको प्रमाणीकरण हो।”

२. (क) प्रेरित पावलले प्रेमको महत्वपूर्णता कसरी देखाउनुभयो? (ख) के प्रश्‍नहरु अब विचार गर्न योग्यका छन्‌?

२ हो, मानव कल्याणको निम्ति प्रेम महत्वपूर्ण छ भन्‍ने सत्य जुन प्रकारले सांसारिक विद्या पाएको यो व्यक्‍तिले मन्जुरी दियो, यो कुनै नौलो कुरो होइन। संसारको विद्वानहरुले हालै मात्र मूल्याङ्‌ककन गरेका होलान्‌, तर परमेश्‍वरको वचनमा त १९ शताब्दी अघि नै आविर्भाव भयो। यसैकारण त प्रेरित पावलले लेख्न सक्यो: “तर विश्‍वास, आशा, प्रेम, यी तीन रहन्छन्‌, तर यिनमा सर्वोत्तम चाहिं प्रेम हो।” (१ कोरिन्थी १३:१३) के तपाईंलाई थाहा छ प्रेम चाहिं विश्‍वास अनि आशा भन्दा किन सर्वोत्तम भएको? यसो किन भन्‍न सकिन्छ कि प्रेम चाहिं परमेश्‍वरको विशिष्ट गुणहरु अनि उहाँका आत्माका फलहरुमा सर्वश्रेष्ठ छ?

चार प्रकारका प्रेम

३. .भावनात्मक प्रेम बारे के के शास्त्रीय उदाहरणहरु छन्‌?

३ प्रेम प्रकट गर्ने मानव क्षमता परमेश्‍वरको बुद्धि अनि प्रेमालु चिन्ताको प्रकटन हो। चासोको कुरो, प्राचीन युनानीहरुकोमा “प्रेम” को निम्ति चारवटा शब्द थिए। एउटा ए’रोस थियो जसले यौन आकर्षणसँग सम्बन्धित भावनात्मक जोश जनाउँछ। मसीही यूनानी शास्‌स्त्रका लेखकहरुलाई ए’रोस चलाउन अवसर थिएन, हुनः त सेप्टाजेन्ट ले यसका रुपहरु हितोपदेश ७:१८ अनि ३०:१६ मा प्रयोग गरेकाछन्‌, अनि हिब्रू शास्त्रमा भावनात्मक जोशबारे अरु प्रसङ्‌ग छन्‌। उदाहरणको लागि, हामी पढछौं कि इसहाकले रिबेकालाई “प्रेम गरे।” (उत्पत्ति २४:६७) यस प्रकारको प्रेमको एउटा साँच्चै स्मरणीय उदाहरण याकूबको विषयमा पाउँदछौ, जो सुन्दरी राहेलसँग पहिलो हेराइमा नै प्रेमगर्न थाले। वास्तवमा, “याकूबले राहेलको निम्ति सात वर्ष चाकरी गरे। तिनले राहेललाई यत्ति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।” (उत्पत्ति २९:९–११, १७, २०) श्रेष्ठगीतले पनि एउटा गोठालो अनि एउटी कन्या बीच भावनात्मक प्रेम बारे बताउँछ। तर यहाँ जोड दिनु अनुचित नहोला कि यस प्रकारको प्रेम, धेरै संतोष अनि आनन्दको स्रोत भएतापनि, यसलाई परमेश्‍वरको धार्मिक स्तर अनुसार मात्र देखाउनु पर्छ। बाइबलले हामीलाई बताउँछ कि कुनै पनि व्यक्‍ति आफ्नो धर्मपत्नीको प्रेममा मात्र “सधैं डुबि” रहनु सक्छ।—हितोपदेश ५:१५–२०.

४. शास्त्रमा पारिवारिक प्रेमलाई उदाहरणस्वरुप कसरी दिएको छ?

४ अनि त्यहाँ रगतको नाता माथि दह्रो पारिवारिक प्रेम अथवा, स्वाभाविक स्नेह पनि छ, जसको निम्ति ग्रीकहरुकोमा स्टोर्‌.जे शब्द थियो। यसैबाट यो उखान बनिएको हो, “रगत पानी भन्दा बाक्लो हुन्छ।” हामीले यसको राम्रो उदाहरण लाजरस प्रति उसका दुई दिदीहरु मेरी र मार्थाको प्रेमबाट पाउँछौं। उसको अकस्मात मृत्युमा तिनीहरुको ठूलो शोकबाट हामी थाहा लगाउँछौं कि लाजरस तिनीहरुको निम्ति कति प्रिय थियो। अनि तिनीहरु कति रमाए जब येशूले तिनीहरुका प्रिय लाजरसलाई पुनर्जीवित पार्नुभयो! (यूहन्‍ना ११:१–४४) आफ्नो बालकको निम्ति एउटी आमाको प्रेम पनि यस्तै प्रकारको प्रेमको अर्को उदाहरण हो। (तुलना गर्नुहोस्‌ १ थिस्सलोनिकी २:७) यसप्रकार, सियोनको निम्ति उहाँको प्रेम कति महान छ त्यो रेखाङ्‌कन गर्न, यहोवाले बयान गर्नु भयो कि उहाँको प्रेम आफ्नो बालकको निम्ति एउटी आमाको प्रेम भन्दा महान छ।—यशैया ४९:१५.

५. स्वभाविक प्रेमको अभाव आज कसरी प्रत्यक्ष भएको छ?

५ हामीहरु “अन्तिम दिनहरुमा” र ती दिनहरुका “डरलाग्दो समय” मा बसि रहेको चिह्न हो “स्वाभाविक प्रेमको” अभाव। (२ तिमोथी ३:१, ३) किनकि पारिवारमा प्रेमको अभाव छ, केही युवा-युवतीहरु घरबाट भाग्छन्‌, अनि वयस्कहरुले आफ्नो उमेर पाकेको आमा-बाको अवहेलना गर्छन्‌। (तुलना गर्नुहोस्‌ हितोपदेश २३:२२) बालक दुर्व्यवहारको प्रचलनबाट पनि स्वाभाविक प्रेमको अभाव देखिन्छ—कोही आमा-बा ले त आफ्नो छोरा-छोरीलाई यति कुट्‌छन्‌ कि तिनीहरुलाई अस्पतालमा भर्ना गर्नु आवश्‍यक पर्छ। आफ्नो छोरा-छोरीलाई अनुशासन दिन नसक्ने कुरोबाट, पनि, आमा-बाबुमा प्रेमको कमी भएको प्रकट हुन्छ। छोरा-छोरीलाई आफ्नो मन-खुशि गर्न दिनु प्रेमको प्रमाण होइन, तर कम विरोधको बाटो पछ्याएको कुरोसँग तुलना गर्न सकिन्छ। आफ्नो छोरा-छोरीलाई साँचै प्रेम गर्ने बाबुले आवश्‍यक परेमा अनुशासन दिने गर्छ।—हितोपदेश १३:२४; हिब्रू १२:५–११.

६. मित्रहरु बीच स्नेहको शास्त्रीय उदाहरणहरु दिनुहोस्‌।

६ अनि त्यहाँ फेरि फी.लि’आ भन्‍ने ग्रीक शब्द पनि छ, जसले दुई मित्र बीच स्नेह (त्यसमा लैंगिक विचार नभएको) जनाउँछ, जस्तो कि दुई विकसित पुरुष अर्थात स्त्री बीच। यस प्रकारको प्रेमको असल उदाहरण हामीहरु दाऊद अनि जोनाथनको एकअर्कामा भएको प्रेमबाट पाउँछौं। जब जोनथान युद्धमा मारियो, दाऊदले यसो भन्दै शोक गरे: “हे जोनाथन, मेरो भाइ, तिम्रो निम्ति म विलाप गर्दछु! तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। म प्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरुको प्रेमलाई जित्ने।” (२ शमूएल १:२६) साथै हामी यो पनि पढ्‌छौं कि येशूको विशेष माया थियो चेला यूहन्‍नाप्रति, जो “येशूले माया गर्नुहुने” भनेर जानिन्थ्यो।—यूहन्‍ना २०:२.

७. अ.गा’पे को स्वभाव के हो, अनि यो प्रेम कसरी प्रकट गरिएको छ?

७ कुन ग्रीक शब्द पावलले १ कोरिन्थी १३:१३ मा प्रयोग गऱ्‍यो होला, जसमा उसले विश्‍वास, आशा, अनि प्रेम उल्लेख गरेका थिए र जसमा तिनले भने कि “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”? यहाँ त्यो शब्द हो अ.गा’पे, उही शब्द जसलाई प्रेरित यूहन्‍नाले प्रयोग गरेका थिए जब उसले भन्यो: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८, १६) यो सिद्धान्तद्वारा डोहोऱ्‍याइएको अर्थात्‌ शासीत प्रेम हो। यसमा स्नेह र माया समावेश हुनु वा नहुनु सक्छ, तर यो अरूको निम्ति भलाई गर्ने निस्वार्थ भावुकता अथवा भावना हो जसमा प्रापकको योग्यता छ वा छैन अथवा दातालाई नाफा होला कि नहोला भन्‍ने विचार रहन्दैन। यसै प्रकारको प्रेमले परमेश्‍वरलाई उहाँको हृदयको अति प्रिय सम्पत्ति, उहाँको एक मात्र छोरो, येशू ख्रीष्टलाई दिनु लगायो जसले गर्दा “उहाँमाथि विश्‍वासगर्ने नाश नहोस्‌, तर अनन्त जीवन पाओस।” (यूहन्‍ना ३:१६) पावलले हामीहरुलाई राम्ररी याद गराए झैं: “किनभने कुनै भक्‍तले आफ्नै मानिसको निम्ति ज्यान देला, औ असल मानिसको निम्ति कसैले मर्ने आँट गरिहाल्ला, तर हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो, हामीतर्फको परमेश्‍वरको आफ्नो प्रेम यसैमा प्रमाणित हुन्छ।” (रोमी ५:७, ८) हो, अ.गा’पे ले तिनिहरूको जिवनको स्तर वा यो प्रेम प्रकट गर्नेलाई कति लागत हुन्छ यसको विचार नराखी तिनीहरुको निम्ति भलाई गर्छ।

विश्‍वास अनि आशाभन्दा किन महान?

८. अ.गा’पे विश्‍वासभन्दा किन महान हो?

८ तर पावलले यस प्रकारको प्रेम (अ.गा’पे) विश्‍वासभन्दा महान छ किन भने? १ कोरिन्थी १३:२ मा उनले लेखे: “यदि मलाई अगमवाणी बोल्ने शक्‍तिको वरदान छ, र म सबै रहस्यहरु र सबै बुद्धि जान्दछु, औ डाडाँहरु हटाउन सम्मको विश्‍वास मसित छ, तर ममा प्रेमचाहिं छैन भने, म केही पनि होइन।” (तुलना गर्नुहोस्‌ मत्ती १७:२०.) हो, यदि ज्ञानको प्राप्ति अनि विश्‍वासमा बढने प्रयास एउटा स्वार्थी उद्देश्‍यको लागि गरिएको हो भने, यसले परमेश्‍वरबाट हाम्रो निम्ति लाभ ल्याउने छैन। यसै अनुरुप, येशूले देखाउनुभयो कि केहीले ‘उहाँको नाउँमा अगमवाणी बोल्नेछन्‌, भूतहरु भगाउनेछन्‌, अनि सामर्थ्यका काम गर्नेछन्‌’ तर उहाँको अनुमोदन पाउनेछैनन्‌।—मत्ती ७:२२, २३

९. प्रेम आशा भन्दा किन महान हो?

९ यो अ.गा’पे प्रकारको प्रेम आशाभन्दा पनि किन महान हो? किनकि आशा आत्म-केन्द्रित पनि हुन सक्छ, जसमा कुनै व्यक्‍तिले आफूलाई हुने लाभको मात्र वास्ता गर्छ, जबकि प्रेमले “आफ्नो भलाइ खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) अझ, आशा—जस्तो कि “महान संकष्ट” लाई जीवित पार गरेर नया संसारमा प्रवेशगर्ने आशा—को अन्त हुन्छ जब आशा गरिएको कुरो पुरो हुन्छन्‌। (मत्ती २४:२१) जस्तै पावल भन्छ: “किनभने आशाबाट हामीले उद्धार पाएका छौं, तर देखिने चाहिं आशा ता आशानै होइन। किनकि जे कुरालाई कसैले देख्तछ्‌ त्यसको आशा कसले गर्दछ र? तर जे कुरालाई हामी देख्तैनौं, त्यसको आशा गर्छौं भने ता त्यसको निम्ति धीरजसँग हामी प्रतीक्षा गर्छौं।” (रोमी ८:२४, २५) प्रेम आफैले सबै सहन्छ, र कहिले असफल हुँदैन। (१ कोरिन्थी १३:७, ८) यसप्रकार, निस्वार्थ प्रेम (अ.गा’पे) विश्‍वास या आशा दुवै भन्दा महान छ।

बुद्धि, न्याय, अनि शक्‍ति भन्दा महान?

१०. परमेश्‍वरको चार आधारभूत विशेष गुणहरुमा प्रेम सर्वोत्कृष्ट हो भनी किन भन्‍न सकिन्छ?

१० अब हामीहरु यहोवाका चार आधारभूत गुणहरुलाइ विचार गरौं: बुद्धि, न्याय, शक्‍ति, र प्रेम। के यहाँ पनि भन्‍नु सकिएला कि यी तीन भन्दा प्रेम महान छ? अवश्‍य पनि। किन? किनकि परमेश्‍वरले गर्ने कामहरु पछाडी उत्प्रेरणा दिने शक्‍ति चाहिं प्रेम हो। त्यसै कारण त प्रेरित पावलले लेखे: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” हो, यहोवा प्रेमको व्यक्‍तित्वरुप हुनुहुन्छ। (१ यूहन्‍ना ४:८, १६) हामीहरु शास्त्रमा कतै पनि पढदैनौं कि परमेश्‍वर बुद्धि, न्याय, अथवा शक्‍ति हुनुहुन्छ। बरु, हामीलाई भनिएको छ कि परमेश्‍वरकहाँ यी गुणहरु छन्‌। (अय्यूब १२:१३; भजन १४७:५; दानियल ४:३७) उहाँमा यी चार गुणहरु पूर्ण रुपमा सन्तुलित छन्‌। प्रेम द्वारा उत्प्रेरित भएर, अरु विशेष गुणहरुलाई प्रयोग अथवा हिसाबमा लिएर यहोवाले आफ्नो उद्देश्‍य पुरो गर्नु हुन्छ।

११. यो ब्रह्‍माण्ड अनि आत्मिक र मानव प्राणीहरु सृष्टिगर्न यहोवालाई के कुरोले उत्प्रेरित गरायो?

११ त, त्यसो भए, के कुरोले यहोवालाई यो ब्रह्‍माण्ड अनि बुद्धिमान आत्मिक अनि मानव प्राणीहरु सृष्टिगर्न उत्प्रेरित गरायो? के बुद्धि अथवा शक्‍तिले? अहँ, किनकि सृष्टिगर्दा परेमश्‍वरले आफ्नो बुद्धि अनि शक्‍तिको प्रयोग मात्र गर्नुभयो। उदाहरणको लागि, हामी पढ्‌छौं: “बुद्धिलेनै यहोवाले पृथ्वीको जग बसाल्नुभयो।” (हितोपदेश ३:१९) अझ बढता, उहाँको न्यायको विशेष गुणले उहाँलाई स्वतन्त्र नैतिक प्राणीहरुलाई सृष्टिगर्न आवश्‍यक संझेन। परमेश्‍वरको प्रेमले पो उहाँलाई बुद्धिमान अस्तित्वको आनन्दलाई अरुहरुसँग बाँड्‌न तत्पर गरायो। त्यो प्रेम थियो जसले आदमको आज्ञा उल्लंघन पश्‍चात मानवजाति माथि आएको न्याय दण्डलाई हटाउने बाटो बनायो। (यूहन्‍ना ३:१६) हो, अनि त्यो प्रेम नै थियो जसले आज्ञाकारी मानव जाति आउँदो पार्थिव प्रमोदवनमा बस्नेछन्‌ भनी इच्छा गर्न यहोवालाई उतप्रेरित गरायो।—लूका २३:४३.

१२. परमेश्‍वरको शक्‍ति, न्याय, अनि प्रेम प्रति हाम्रो के प्रतिक्रिया हुनुपर्छ?

१२ परमेश्‍वरको सर्वशक्‍तिमान सामर्थ्यले गर्दा, हामीले उहाँमा डाह उत्पन्‍न गराउन भएन। पावल सोध्छन्‌: “‘के हामीले यहोवालाई रीस उठाउने’? के हामी उहाँभन्दा बलिया छौं र?” (१ कोरिन्थी १०:२२) अवश्‍य पनि, यहोवा “डाही परमेश्‍वर” हुनुहुन्छ, अनुचित तरिकामा होइन, तर “ऐकान्तिक भक्‍ति दिन बाध्य” गराउने विषयमा। (प्रस्थान २०:५; किङ जेम्स वर्शन) मसीहीहरु भएपछि, परमेश्‍वरको अगाध बुद्धिका अनेकन आविर्भावहरुमा हामी भयत्रास खान्छौं। (रोमी ११:३३–३५) उहाँको न्याय प्रति हाम्रा अपार आदरभावले हामीहरुलाई जानीबुझी गरिने पापबाट अलग राख्नु पऱ्‍यो। (हिब्रू १०:२६–३१) तर निःसन्देह परमेश्‍वरको चार प्रधान विशेष गुणहरुमध्ये प्रेम महान छ। अनि यहोवाको निस्वार्थ प्रेम नै हो जसले हामीहरुलाई उहाँतर्फ तान्छ र उहाँलाई रिझाउन, उहाँको उपासनागर्न, अनि उहाँको पवित्र नाउँको महिमा गर्नमा भाग लिने चाहना उत्पन्‍न गराउँछ।—हितोपदेश २७:११.

आत्माको फलहरु मध्ये सर्वोत्तम

१३. परमेश्‍वरको आत्माको फलहरुमा प्रेमको कुन स्थान छ?

१३ गलाती ५:२२, २३ मा उल्लेख गरिएका परमेश्‍वरको नौ आत्माको फलहरु मा प्रेमको के स्थान छ? यी हुन्‌, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्ता, नम्रता, संयम।” उचित कारण लिएर नै पावलले प्रेमलाई सूचीमा अगाडि राखे। त्यसपछि तिनले उल्लेख गरेका अर्को गुण, आनन्द भन्दापनि प्रेम के महान हो? हो, यो महान हो, किनकि प्रेम नभएमा आनन्द धेरै टिक्दैन। वास्तवमा, स्वार्थले गर्दा यो संसार आनन्दहिन छ, जुन चाहिं प्रेमको अभावले हुन गएको हो। तर यहोवाका साक्षीहरुकहाँ एक अर्कामा प्रेम छ, अनि तिनीहरुका स्वर्गीय पितालाई पनि तिनीहरु प्रेम गर्छन्‌। यसकारण तिनीहरु आनन्दित छन्‌ भनी आशागर्न सक्छौं, अनि यो भविष्यवाणी गरिएकै थियो कि तिनीहरुको “हृदयमा आनन्द भएकोले गाउनेछन्‌।”—यशैया ६५:१४.

१४. आत्माको फल शान्ति भन्दा प्रेम सर्वोत्तम हो भनी किन भन्‍न सकिन्छ?

१४ आत्माको फल शान्ति भन्दा पनि प्रेम सर्वोत्तम हो। प्रेमको अभावले गर्दा नै, यो संसार तनाव अनि कलहले भरिपूर्ण भएको हो। तर यहोवाका साक्षीहरु पृथ्वीभरि एक अर्कासँग शान्तिमा छन्‌। यिनीहरुका विषयमा भजनसंग्रहको शब्द साँचो भएको छ: “यहोवाले आफ्नो मानिसलाई शान्तिको आशिष दिनुहुनेछ।” (भजन २९:११) तिनीहरुकोमा यो शान्ति यस कारण छ किनकि तिनीहरुकोमा साँचो मसीहीको परिचय लक्षण छ, विशेषतः प्रेम। (यूहन्‍ना १३:३५) प्रेम एकलैले सारा वैभाज्य तत्वहरुलाई जित्न सक्छ, जातिय, राष्ट्रिय, अथवा संस्कृतिक जे भए पनि। यो त “सिद्धताको गाँठो हो।”—कलस्सी ३:१४.

१५. आत्माको फल धीरज को तुलनामा प्रेमको सर्वोत्कृष्ट भूमिका कसरी देख्न सकिन्छ?

१५ प्रेमको सर्वोत्कृष्ट भूमिका धीरज सँग तुलनागर्दा पनि देखिन्छ, अर्थात, बिगार वा उस्कानको शिकार भएमा धीरजी सहनशीलता। धीरजी हुनको अर्थ हो सहिष्णुता साथै रीसगर्नमा ढिला। मानिसहरुलाई अधीर अनि झट्टै रीसाउने के कुरोले बनाउँछ? के प्रेमको अभावले होइन? तापनि, हाम्रो स्वर्गीय पिता धीरजी अनि “रीसाउनुमा ढिलो” हुनुहुन्छ।” (प्रस्थान ३४:६; लूका १८:७) किन? किनकि उहाँले हामीहरुलाई प्रेम गर्नुहुन्छ अनि “कोही पनि नष्ट नहोस भन्‍ने इच्छा” गर्नुहुन्छ।—२ पत्रुस ३:९.

१६. दया, भलाइ, नम्रता, अनि संयमसँग प्रेमको कस्तो तुलना गर्न सकिन्छ?

१६ हामीहरुले अघि बुझ्यौं कि प्रेम विश्‍वासभन्दा किन महान छ, अनि त्यहाँ दिएका कारणहरु बाँकि रहेका आत्माका फलहरुमा पनि लागु हुन्छ, ती हुन्‌: दया, भलाइ, नम्रता, संयम। यी सबै आवश्‍यक गुणहरु हुन्‌ तर प्रेम बिना यिनीहरुले केही फायदा ल्याउदैनन्‌, जुन प्रकार पावलले १ कोरिन्थी  १३:३ मा टीका गर्नुभयो, जसमा तिनले लेखे: “यदि मैले आफ्ना सारा सम्पत्ति गरीबहरुलाई खुवाउनलाई दिएँ, र मेरो शरीरै जलाइ दिएँ, तर मसित प्रेम छैन भने मलाई केही पनि लाभ हुँदैन।” अर्को तिर, त्यो प्रेम हो जसले दया, भलाई, विश्‍वस्तता, नम्रता, अनि संयम जस्ता गुणहरु फस्टयाउँछ। यसर्थ, पावल अझ भन्छन्‌ कि प्रेम दयालु हुन्छ अनि “सबै कुरा सहन्छ। सबै कुराको पत्यार गर्छ। सबै कुराको आशा गर्छ। सबै कुरामा स्थिर रहन्छ।” हो, अनि “प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:४, ७, ८) आत्माका अरु फलहरु, पहिले उल्लेख गरिएको गुण, प्रेम, को प्रकटनहरु अथवा विभिन्‍न कोणहरु हुन्‌ भनी राम्ररी अवलोकन गरिएको छ। साँच्चै नै, परिणामस्वरुप देखा परेकोछ कि आत्माका सबै नौ फलहरु मध्ये, प्रेम साँच्चै नै सर्वोत्तम हो।

१७. आत्माको सर्वोत्तम फल प्रेम हो भनी कुन शास्त्रीय बयानहरुले समर्थन गर्छन्‌?

१७ परमेश्‍वरको आत्माको फलहरु मध्ये प्रेम सर्वोत्तम हो भन्‍ने निष्कर्षलाई समर्थनगर्ने पावलका शब्दहरु छन्‌: “आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ, किनभने आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। किनकि व्यवस्थाको आज्ञा . . . को सारांश यसै कुरामा पाइन्छ (न्यु वर्ल्ड), अर्थात ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’ प्रेमले छिमेकीको खराबीहुने काम गर्दैन; यसकारण प्रेमगर्नु नै व्यवस्था पूरा गर्नु हो।” (रोमी १३:८–१०) अति सुहाँउदो प्रकारले, चेला याकूबले आफ्नो छिमेकीलाई आफू जस्तै प्रेमगर्ने यस नियमलाई “शाही व्यवस्था” भनी संकेत गरेकाछन्‌।—याकूब २:८.

१८. प्रेम सर्वोत्कृष्ट गुण हो भन्‍ने अझ के प्रमाण छ?

१८ प्रेम सर्वोत्कृष्ट गुण हो भनी अझ केही बयान छ कि? वास्तवमा, छ। विचार गर्नुहोस्‌ के भयो जब एउटा शास्त्रीले येशूलाई सोधे: “सबै आज्ञाहरुमा पहिलो चाहिं कुन हो?” उनले आशा गरेका होलान्‌ कि येशूले दश आज्ञा मध्ये एउटा उद्धरण गर्नु हुनेछ। तर येशूले व्यवस्था ६:४, ५ लाई उद्धरण गर्नुभयो अनि भन्‍नुभयो: “पहिलो चाहिं यो हो। ‘हे इस्राएल सुन्‌, यहोवा हाम्रा परमेश्‍चर, एउटै यहोवा हुनुहुन्छ, औ तैंले यहोवा (न्यु वर्ल्ड) आफ्ना परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर्‌।’ ” त्यसपछि येशूले थप्नु भयो: “दोस्रो चाहिं यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्‌।’ यी भन्दा ठूला आज्ञा अरु छैन।”—मर्कूस १२:२८–३१.

१९. अ.गा’पे को केही विशिष्ट फलहरु के के हुन्‌?

१९ साँच्चै नै, पावलले कुरो बढाएनन्‌ जब तिनले विश्‍वास, आशा, अनि प्रेम उल्लेख गरे अनि भने: “यिनमा सर्वोत्तम चाहिं प्रेम हो।” प्रेम प्रदर्शन गर्नाले हाम्रो स्वर्गीय पितासँग अनि अरुहरु, साथै मण्डलीमा भएकाहरु अनि हाम्रा परिवारका सदस्यहरुसँग राम्रो सम्बन्ध हुनजान्छ। प्रेमले हामीमा उँभो लगाउने प्रभाव पार्छ। अर्को लेखले देखाउने छ कि साँचो प्रेम कसरी चाहिं लाभदायक हुनसक्छ। (w90 11/15)

तपाईंले कसरी प्रत्युत्तर दिनुहुन्छ?

▫ विश्‍वास अनि आशाभन्दा प्रेम कसरी सर्वोत्तम भयो?

▫ अ-गापे के हो, अनि यस्तो प्रेम कसरी देखाउन सकिन्छ?

▫ परमेश्‍वरको चार प्रधान विशेष गुणहरु भन्दा प्रेम किन महान हो?

▫ अरु आत्माका फलहरु भन्दा प्रेम कुन कुन तरिकामा सर्वोत्तम छ?

[पृष्ठ १३-मा भएको चित्र]

प्रेमले परमेश्‍वरलाई एउटा पार्थिव प्रमोदवनमा जिउनको निम्ति मानवजातिको सृष्टिगर्न उत्प्रेरित गरायो। त्यहाँ हुन के तपाईं आशा गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने