प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • याकुब राहेललाई भेट्‌छन्‌ (१-१४)

      • याकुबको राहेलसित माया बस्छ (१५-२०)

      • याकुब राहेल र लेआसित विवाह गर्छन्‌ (२१-२९)

      • लेआपट्टिबाट याकुबका चार छोरा: रुबेन, सिमियोन, लेवि र यहुदा (३०-३५)

उत्पत्ति २९:१

फुटनोट

  • *

    अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका मानिसहरूको देशतिर।

उत्पत्ति २९:४

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४२, ४३; प्रे ७:२

उत्पत्ति २९:५

मार्जिनल रेफरेन्स

  • +उत्प २४:२४; ३१:५३
  • +उत्प २४:२९

उत्पत्ति २९:६

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१९; रुथ ४:११

उत्पत्ति २९:११

फुटनोट

  • *

    त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।

उत्पत्ति २९:१२

फुटनोट

  • *

    शा., “भाइ।”

उत्पत्ति २९:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २४:२९

उत्पत्ति २९:१४

फुटनोट

  • *

    वा “तिमी र मबीच रगतको नाता छ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. २९

उत्पत्ति २९:१५

फुटनोट

  • *

    शा., “भाइ।”

मार्जिनल रेफरेन्स

  • +उत्प २८:५
  • +उत्प ३०:२७, २८; ३१:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. २९

उत्पत्ति २९:१६

मार्जिनल रेफरेन्स

  • +रुथ ४:११

उत्पत्ति २९:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. २९

उत्पत्ति २९:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२६; होसे १२:१२

उत्पत्ति २९:२१

फुटनोट

  • *

    वा “राहेलसित सम्बन्ध राख्न दिनुहोस्‌।”

उत्पत्ति २९:२३

फुटनोट

  • *

    वा “तिनले लेआसित सम्बन्ध राखून्‌ भन्‍ने चाहन्थे।”

उत्पत्ति २९:२४

मार्जिनल रेफरेन्स

  • +उत्प १६:१, २; ३०:९; ४६:१८

उत्पत्ति २९:२५

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:७, ४२

उत्पत्ति २९:२७

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:४१

उत्पत्ति २९:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२२
  • +उत्प ३०:१, ३

उत्पत्ति २९:३०

मार्जिनल रेफरेन्स

  • +होसे १२:१२

उत्पत्ति २९:३१

फुटनोट

  • *

    शा., “घृणा गरेको।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१५; रुथ ४:११
  • +उत्प ३०:२२

उत्पत्ति २९:३२

फुटनोट

  • *

    यसको अर्थ हो, “हेर्नुहोस्‌, मेरो छोरा भयो!”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२२; ३७:२२; ४९:३, ४; प्रस्थ ६:१४; १इ ५:१
  • +उत्प ३०:२०; १स १:५, ६; लुका १:२४, २५

उत्पत्ति २९:३३

फुटनोट

  • *

    यसको अर्थ हो, “सुनुवाइ भयो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:२५; ४९:५; १इ ४:२४

उत्पत्ति २९:३४

फुटनोट

  • *

    यसको अर्थ हो, “नजिक हुनु; जोडिनु।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:२५; ४९:५; प्रस्थ ६:१६; गन ३:१२; १इ ६:१

उत्पत्ति २९:३५

फुटनोट

  • *

    यसको अर्थ हो, “प्रशंसा गरिएको; प्रशंसाको पात्र।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२३; ३७:२६; ४४:१८; ४९:८; १इ २:३; प्रका ५:५

अरू

उत्प. २९:४उत्प २७:४२, ४३; प्रे ७:२
उत्प. २९:५उत्प २४:२४; ३१:५३
उत्प. २९:५उत्प २४:२९
उत्प. २९:६उत्प ४६:१९; रुथ ४:११
उत्प. २९:१३उत्प २४:२९
उत्प. २९:१५उत्प २८:५
उत्प. २९:१५उत्प ३०:२७, २८; ३१:७
उत्प. २९:१६रुथ ४:११
उत्प. २९:१८उत्प ३१:४१
उत्प. २९:२०उत्प ३०:२६; होसे १२:१२
उत्प. २९:२४उत्प १६:१, २; ३०:९; ४६:१८
उत्प. २९:२५उत्प ३१:७, ४२
उत्प. २९:२७उत्प ३१:४१
उत्प. २९:२९उत्प ३५:२२
उत्प. २९:२९उत्प ३०:१, ३
उत्प. २९:३०होसे १२:१२
उत्प. २९:३१उत्प ४६:१५; रुथ ४:११
उत्प. २९:३१उत्प ३०:२२
उत्प. २९:३२उत्प ३५:२२; ३७:२२; ४९:३, ४; प्रस्थ ६:१४; १इ ५:१
उत्प. २९:३२उत्प ३०:२०; १स १:५, ६; लुका १:२४, २५
उत्प. २९:३३उत्प ३४:२५; ४९:५; १इ ४:२४
उत्प. २९:३४उत्प ३४:२५; ४९:५; प्रस्थ ६:१६; गन ३:१२; १इ ६:१
उत्प. २९:३५उत्प ३५:२३; ३७:२६; ४४:१८; ४९:८; १इ २:३; प्रका ५:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २९:१-३५

उत्पत्ति

२९ त्यसपछि याकुबले आफ्नो यात्रा जारी राखे। तिनी पूर्वतिर* लागे। २ अनि हिँड्‌दा-हिँड्‌दा तिनी भेडा चर्ने चौरमा आइपुगे र तिनले त्यहाँ एउटा इनार देखे। इनारको वरपर तीन बगाल भेडा बसिरहेका थिए। गोठालाहरूले त्यही इनारबाट आफ्नो बगाललाई पानी खुवाउने गर्थे। त्यस इनारको मुख ठूलो ढुङ्‌गाले बन्द गरिएको थियो। ३ त्यहाँ सबै बगाल ल्याइसकेपछि गोठालाहरू त्यो ढुङ्‌गा हटाउँथे र बगाललाई पानी खुवाउँथे। त्यसपछि त्यस ढुङ्‌गाले इनारको मुख फेरि बन्द गर्थे।

४ याकुबले तिनीहरूलाई सोधे: “हे मेरा भाइहरू हो, तपाईँहरू कहाँका हुनुहुन्छ?” तिनीहरूले जवाफ दिए: “हामी हारानका हौँ।”+ ५ याकुबले तिनीहरूलाई फेरि सोधे: “तपाईँहरू नाहोरको+ नाति लाबानलाई+ चिन्‍नुहुन्छ?” तिनीहरूले भने: “चिन्छौँ।” ६ त्यसपछि याकुबले सोधे: “उहाँलाई कस्तो छ?” तिनीहरूले भने: “उहाँ सन्चै हुनुहुन्छ। ऊ, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्‌!”+ ७ त्यसपछि तिनले भने: “अझै आधा दिन बाँकी छ। बगाललाई जम्मा गरेर गोठतिर लाने बेला पनि भइसकेको छैन। तपाईँहरू किन भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजानुहुन्‍न?” ८ तिनीहरूले जवाफ दिए: “अरूको बगाल पनि आउन बाँकी छ। यहाँको चलनअनुसार सबैको बगाल जम्मा नभएसम्म पानी खुवाउन पाइँदैन। सबै जना आएपछि मात्र हामी इनारको मुखको ढुङ्‌गा हटाउँछौँ र बगाललाई पानी खुवाउँछौँ।”

९ याकुब तिनीहरूसित कुरा गरिरहेकै बेला राहेल आफ्नो बुबाका भेडाहरू लिएर आइपुगिन्‌। तिनी भेडा गोठाल्नी थिइन्‌। १० आफ्ना मामाकी छोरी राहेल र मामाका भेडाहरू देख्नेबित्तिकै याकुबले तुरुन्तै इनारको मुखको ढुङ्‌गा हटाएर भेडाहरूलाई पानी खुवाए। ११ त्यसपछि याकुबले राहेललाई म्वाइँ खाए* र डाँको छोडेर रुन थाले। १२ अनि याकुबले आफू तिनको बुबाको नातेदार* र रिबेकाको छोरा हुँ भनी राहेललाई बताए। तब राहेलले झट्टै गएर आफ्नो बुबालाई यो कुरा बताइन्‌।

१३ आफ्नो भान्जा आएका छन्‌ भनेर सुन्‍नेबित्तिकै लाबान+ याकुबलाई भेट्‌न गइहाले। याकुबलाई भेटेपछि लाबानले तिनलाई अङ्‌गालो हाले, म्वाइँ खाए र घरमा लगे। अनि याकुबले पनि आफ्नो सबै कुरा लाबानलाई बताए। १४ लाबानले तिनलाई भने: “तिमी मेरै हाड र मासु हौ।”* याकुब लाबानकहाँ एक महिना बसे।

१५ त्यसपछि लाबानले याकुबलाई भने: “हुनत तिमी मेरो नातेदार* हौ+ तर त्यसो भन्दैमा तिमीले मकहाँ सित्तैँमा काम गर्नुपर्दैन। मलाई भन, तिमीलाई ज्याला कति चाहिन्छ?”+ १६ लाबानका दुई छोरी थिए। जेठीको नाम लेआ र कान्छीको नाम राहेल थियो।+ १७ लेआको आँखामा चमक थिएन तर राहेल भने असाध्यै हिसी परेकी र राम्री थिइन्‌। १८ याकुबको राहेलसँग माया बसिसकेको थियो। त्यसैले तिनले भने: “तपाईँकी कान्छी छोरी राहेलसित मेरो बिहे गरिदिनुहुन्छ भने म सात वर्ष तपाईँकहाँ काम गर्न राजी छु।”+ १९ याकुबको कुरा सुनेर लाबानले भने: “अरूलाई छोरी दिनुभन्दा त तिमीलाई दिनु नै बेस। हुन्छ, मसँगै बस।” २० राहेललाई पाउन याकुबले सात वर्ष लाबानकहाँ काम गरे।+ तर तिनलाई सात वर्ष पलभरमै बितेजस्तो लाग्यो किनभने तिनी राहेललाई असाध्यै प्रेम गर्थे।

२१ त्यसपछि याकुबले लाबानलाई भने: “मैले तपाईँकहाँ काम गरेको सात वर्ष पूरा भयो। अब राहेलसित मेरो बिहे गराइदिनुहोस्‌।”* २२ अनि लाबानले त्यस ठाउँका सबै मानिसलाई बोलाएर भोज दिए। २३ लाबान याकुबलाई झुक्क्याएर तिनको बिहे लेआसित गराइदिन चाहन्थे।* त्यसैले साँझ परेपछि लाबानले याकुबकहाँ राहेलको साटो लेआलाई लगिदिए। २४ लाबानले आफ्नी छोरी लेआको सेवा गर्न आफ्नी दासी जिल्पाह पनि लेआलाई दिए।+ २५ याकुबले भोलिपल्ट बिहान हेर्दा राहेलको सट्टा लेआ पो रहेछिन्‌! त्यसैले तिनले लाबानलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले राहेलसित बिहे गर्न तपाईँकहाँ काम गरेको होइन? तपाईँले मलाई किन झुक्क्याउनुभयो?”+ २६ त्यसपछि लाबानले भने: “हाम्रो चलनअनुसार जेठी हुँदाहुँदै कान्छीको बिहे पहिला गरिदिनु हुँदैन। २७ यो एक हप्ता लेआसँगै बिताऊ। त्यसपछि म राहेलको बिहे पनि तिमीसितै गरिदिन्छु। तर तिमीले अर्को सात वर्ष मकहाँ काम गर्नुपर्छ।”+ २८ याकुबले त्यसै गरे; तिनले लेआसँग पूरै एक हप्ता बिताए। त्यसपछि लाबानले याकुबसितै राहेलको बिहे गराइदिए। २९ अनि लाबानले आफ्नी छोरी राहेलको सेवा गर्न आफ्नी दासी बिल्हा+ पनि राहेललाई दिए।+

३० याकुबले राहेलसँग पनि सम्बन्ध राखे। तिनी लेआलाई भन्दा राहेललाई धेरै प्रेम गर्थे। त्यसैले याकुबले अर्को सात वर्ष लाबानकहाँ काम गरे।+ ३१ याकुबले लेआलाई माया नगरेको* यहोवा परमेश्‍वरले देख्नुभयो। त्यसैले उहाँले लेआको कोख खोलिदिनुभयो+ तर राहेल भने बाँझी थिइन्‌।+ ३२ लेआ गर्भवती भइन्‌ र तिनले एउटा छोरा जन्माइन्‌। तिनले उसको नाम रुबेन*+ राखिन्‌। तिनले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मेरो पीडा बुझ्नुभएको छ।+ अब त मेरा पतिले मलाई माया गर्नुहुनेछ।” ३३ लेआ फेरि गर्भवती भइन्‌ र अर्को छोरा जन्माइन्‌। तिनले उसको नाम सिमियोन* राखिन्‌।+ तिनले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्‍वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।” ३४ त्यसपछि तिनी फेरि गर्भवती भइन्‌ र छोरा जन्माइन्‌। तिनले उसको नाम लेवि* राखिन्‌।+ तिनले यसो भनिन्‌: “अब त मेरो पति मसँग नजिक हुनुहुनेछ किनभने मैले उहाँको लागि तीन जना छोरा जन्माइसकेँ।” ३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन्‌ र छोरा जन्माइन्‌। तिनले उसको नाम यहुदा* राखिन्‌।+ तिनले यसो भनिन्‌: “अब म यहोवा परमेश्‍वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने