प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ p. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ p. ३०

पाठकहरूका प्रश्‍नहरू

हिब्रू २:१४ [ NW] मा शैतानलाई किन “मृत्युमा पुऱ्‍याउन सक्ने माध्यम भएको” भनेर सम्बोधन गरिएको छ?

सारांशमा भन्‍नुपर्दा शैतानले आफै वा आफ्ना प्रतिनिधिहरूमार्फत मानिसहरूलाई शारीरिक तवरमा मार्न सक्छ भनी पावलले बताइरहेका थिए। यसै अनुरूप येशूले शैतान “शुरूदेखिनै हत्यारा थियो” भनेर बताउनुभयो।—यूहन्‍ना ८:४४.

कुनै-कुनै अनुवादहरूमा शैतानसित “मृत्युको सामर्थ्य” वा “मृत्युको अख्तियार छ” भनेर उल्लेख गरेको हुनाले हिब्रू २:१४ को कहिलेकाहीं गलत अर्थ लगाइन सक्छ। (पवित्र बाइबल; नयाँ नियम, न्यु नेपाली बाइबल भरसन) त्यस्ता अभिव्यक्‍तिहरू प्रयोग गरिंदा शैतानसित आफूले चाहेको जोकोहीलाई मार्न सक्ने असिमित क्षमता छ जस्तो देखिन सक्छ। तथापि, वास्तविकता त्यसो होइन। त्यो कुरो साँचो हुँदो हो त त्यसले धेरै समयअघि नै यहोवाका उपासकहरूलाई पृथ्वीको सतहदेखि पूरै नामेट पारिसकेको हुने थियो।—उत्पत्ति ३:१५.

“[शैतानसित] मृत्युको अख्तियार” र “मृत्युमा पुऱ्‍याउन सक्ने माध्यम भएको” भन्‍ने अभिव्यक्‍तिहरू “क्राटोस टु थानाटोऊ” भन्‍ने युनानी अभिव्यक्‍तिबाट अनुवाद गरिएको हो। टु थानाटोऊ भनेको “मृत्यु” अर्थ लाग्ने अभिव्यक्‍तिको एउटा रूप हो। क्राटोस-को अर्थ साधारणतया “बल, शक्‍ति, सामर्थ्य” हुन्छ। थियोलजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट-अनुसार यसले “बल र शक्‍ति छ भनेर त बताउँछ तर त्यसको प्रयोगको बारेमा चाहिं बताउँदैन।” तसर्थ, हिब्रू २:१४ मा पावलले शैतानसित मृत्युको पूर्ण अख्तियार छ भन्‍न खोजिरहेका थिएनन्‌। बरु, तिनले शैतानको क्षमता वा मृत्युमा पुऱ्‍याउन सक्ने सम्भाव्यताबारे संकेत गरिरहेका थिए।

शैतानले “मृत्युमा पुऱ्‍याउन सक्ने माध्यम” कसरी चलाउँछ? अय्यूबको पुस्तकमा हामी एउटा उदाहरण पाउँछौं जसलाई एउटा अपवाद मान्‍न सकिन्छ। त्यस विवरणले बताएअनुसार शैतानले अय्यूबका छोराछोरीलाई ‘मृत्युमा पुऱ्‍याउन’ आँधी-बेह्री प्रयोग गऱ्‍यो। यद्यपि, ध्यान दिनुहोस्‌, परमेश्‍वरको अनुमति पाएर मात्र शैतानले त्यसो गर्न सकेको थियो र त्यो पनि एउटा महत्त्वपूर्ण विवादको निर्णय गर्नु परेको हुँदा अनुमति दिइएको थियो। (अय्यूब १:१२, १८, १९) निस्सन्देह, शैतान आफैले अय्यूबलाई मार्न सकेन। त्यसलाई यसो गर्ने अनुमति दिइएन। (अय्यूब २:६) कहिलेकाहीं शैतानले विश्‍वासी मानिसहरूलाई मृत्युमा पुऱ्‍याउन सके तापनि त्यसले मनपरी ढंगमा हाम्रो जीवनलाई नष्ट पार्ला भनेर डराउनु आवश्‍यक छैन भन्‍ने कुरा यसले देखाउँछ।

शैतानले मानिसहरूकै माध्यमबाट पनि मृत्युमा पुऱ्‍याएको छ। यसरी थुप्रै मसीहीहरू आफ्नो विश्‍वासका कारण मरे, कोही-कोही क्रुद्ध भएका हुलदंगाहरूमा परेर मरेका छन्‌ वा सरकारी अधिकारीहरू वा भ्रष्ट न्यायाधीशहरूको आदेशमा अन्यायपूर्ण मृत्युदण्ड भोगेका छन्‌।—प्रकाश २:१३.

त्यसबाहेक, कहिलेकाहीं शैतानले मानव कमजोरीहरूको फाइदा उठाएर मृत्युमा पुऱ्‍याएको छ। इस्राएलको दिनमा बिलाम अगमवक्‍ताले इस्राएलीहरूलाई “परमप्रभुको विरुद्धमा अपराध गर्न” प्रलोभित गर्ने सल्लाह मोआबीहरूलाई दिए। (गन्ती ३१:१६) त्यसले गर्दा २३,००० भन्दा बढी इस्राएलीहरूको मृत्यु हुन पुग्यो। (गन्ती २५:९; १ कोरिन्थी १०:८) आज कोही-कोही त्यस्तै किसिमका शैतानका ‘युक्‍तिहरूमा’ फसेर अनैतिकता वा अन्य सांसारिक क्रियाकलापहरूतिर प्रलोभित हुन्छन्‌। (एफिसी ६:११) हो, त्यस्ता व्यक्‍तिहरूले आफ्नो जीवन तुरुन्तै त गुमाइहाल्दैनन्‌। तर तिनीहरूले अनन्त जीवन गुमाउने खतरा हुन्छ र त्यसरी शैतानले तिनीहरूलाई मृत्युमा पुऱ्‍याउँछ।

शैतानले हामीलाई हानी गर्न सक्ने सम्भावना छ भन्‍ने कुरा थाह पाए तापनि अचाक्ली डराउनु पर्दैन। पावलले शैतानसित मृत्युमा पुऱ्‍याउन सक्ने माध्यम छ भन्‍ने कुरा बताइसकेपछि तिनले ख्रीष्ट “[शैतानको] अस्तित्व . . . मेटाउन सकियोस्‌ . . . अनि जीवनभर मृत्युको डरको दासत्वमा फसेकाहरू सबैलाई छुटाउन सम्भव होस्‌ भनेर” मर्नुभयो भनी बताए। (हिब्रू २:१४, १५, NW) हो, येशूले बलिदान चढाउनुभयो र यसरी विश्‍वास गर्ने मानवजातिलाई पाप र मृत्युको दासत्वबाट छुटकारा दिनुभयो।—२ तिमोथी १:१०.

हुन त शैतानसित मृत्युमा पुऱ्‍याउने माध्यम छ भन्‍ने कुरा विचार गर्दा चिन्तित बनाउँछ तर शैतान तथा त्यसका दूतहरूले पुऱ्‍याएको जुनसुकै हानीलाई यहोवाले उल्ट्याउन सक्नुहुन्छ भनी हामी विश्‍वस्त हुन सक्छौं। पुनरुत्थान हुनुभएको येशूले ‘शैतानका कामहरू नष्ट पार्नुहुनेछ’ भनेर यहोवाले आश्‍वासन दिनुहुन्छ। (१ यूहन्‍ना ३:८) यहोवाको शक्‍तिबाट येशूले मरेकाहरूको पुनरुत्थान गर्नुहुनेछ र मृत्युलाई नै रद्द गर्नुहुनेछ। (यूहन्‍ना ५:२८, २९) अन्ततः येशूले नाटकीय ढंगमा शैतानलाई अगाध खाँदमा बन्द गरेर त्यसको सामर्थ्य सीमित छ भन्‍ने कुरा प्रकट गर्नुहुनेछ। अन्तमा शैतानलाई सधैंको लागि नाश गरिनेछ।—प्रकाश २०:१-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने