प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर pp. १८-२२
  • “परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भाषा परिवर्तन हुँदा
  • आम मानिसको भाषा
  • बाइबल अनुवाद कार्यको विरोध हुँदा
  • “जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ”
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबल किन यत्ति थरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर pp. १८-२२
प्राचीन समयका एक बाइबल लेखक र आधुनिक समयका बाइबल पाठक

“परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”

“घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”—यशै. ४०:८.

गीत: ११६, ११५

यी अवस्थाहरूमा परमेश्‍वरको वचन कसरी अटल रहेको छ . . .

  • भाषा परिवर्तन हुँदा?

  • राजनैतिक परिवर्तन हुँदा?

  • बाइबल अनुवाद कार्यको विरोध हुँदा?

१, २. (क) बाइबल नभएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला? (ख) बाइबलबाट पुरापुर फाइदा उठाउनको लागि के हुनुपर्छ?

बाइबल नभएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त। दैनिक जीवन बिताउन चाहिने कुनै भरपर्दो निर्देशन हुने थिएन। परमेश्‍वर, हाम्रो जीवन र भविष्यबारे साँचो कुरा थाह पाउने थिएनौं। यहोवाले विगतमा मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो, त्यसबारे पनि केही थाह हुने थिएन।

२ तर खुसीको कुरा, हामी त्यस्तो अन्योलमा बस्नुपरेको छैन। यहोवाले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ। अनि बाइबल अटल रहिरहनेछ भन्‍ने ग्यारेन्टी पनि दिनुभएको छ। प्रेषित पत्रुसले यशैया ४०:८ का शब्दहरू आफ्नो पत्रमा उद्धरण गरे। हुन त त्यस पदले अहिले हामीले प्रयोग गर्ने बाइबललाई नै बुझाउन खोजेको त होइन। तर यसले बाइबलमा पाइने सन्देशलाई भने बुझाउँछ। (१ पत्रुस १:२४, २५ पढ्‌नुहोस्‌) बाइबलबाट पुरापुर फाइदा उठाउने हो भने बाइबल हाम्रो आफ्नै भाषामा उपलब्ध हुनुपर्छ। यो कुरा परमेश्‍वरको वचनलाई प्रेम गर्नेहरूलाई धेरै अघिदेखि थाह थियो। हुन त बाइबल अनुवाद गर्नु र वितरण गर्नु सजिलो काम होइन। तैपनि शताब्दीयौंको दौडान परमेश्‍वरको वचनलाई मनैदेखि प्रेम गर्ने थुप्रै मानिसले घोर विरोध र कठिनाइको बाबजुद बाइबल अनुवाद गरे र साधारण मानिसहरूसम्म पुऱ्‍याए। किनभने परमेश्‍वर “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने चाहनुहुन्छ अनि ती अनुवादकहरू पनि त्यस्तै चाहन्थे।—१ तिमो. २:३, ४.

३. यस लेखमा के छलफल गर्नेछौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

३ यस लेखमा हामी परमेश्‍वरको वचन यी अवस्थाहरूमा कसरी अटल रहँदै आएको छ भनेर छलफल गर्नेछौं: (१) भाषा परिवर्तन हुँदा, (२) राजनैतिक परिवर्तनले आम मानिसको भाषालाई असर गर्दा अनि (३) बाइबल अनुवाद कार्यको विरोध हुँदा। यी कुराहरू विचार गर्दा कस्तो फाइदा हुन्छ? यसले परमेश्‍वरको वचनप्रति हाम्रो कृतज्ञता अझै बढाउनेछ। साथै बाइबलको लेखक यहोवाप्रतिको प्रेम पनि बढाउनेछ, जसले हाम्रै फाइदाको लागि बाइबल लेख्न लगाउनुभयो।—मीका ४:२; रोमी १५:४.

भाषा परिवर्तन हुँदा

४. (क) समय बित्दै जाँदा भाषा कसरी परिवर्तन हुन्छ? (ख) यहोवा निष्पक्ष हुनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं? यो कुरा थाह पाउँदा तपाईंलाई कस्तो लाग्छ?

४ समय बित्दै जाँदा भाषा पनि परिवर्तन हुँदै जान्छ। कुनै शब्द वा अभिव्यक्‍तिले बुझाउने अर्थ पहिलेभन्दा बिलकुलै फरक हुन सक्छ। तपाईंको भाषामा पनि त्यस्तो परिवर्तन भएको केही उदाहरण तपाईं बताउन सक्नुहुन्छ होला। अहिले बोलिने हिब्रू र ग्रीक भाषा बाइबलकालीन समयको भाषाभन्दा धेरै फरक भइसकेको छ। बाइबलका अधिकांश भागहरू सुरुमा हिब्रू अनि ग्रीक भाषामा लेखिएका थिए। त्यसैले बाइबल पढ्‌न चाहनेहरूले मौलिक शास्त्र नभई त्यसको अनुवाद पढ्‌नुपर्ने भएको छ, यहाँसम्म कि अहिलेको हिब्रू अनि ग्रीक बोल्न जान्‍नेहरूले पनि अनुवाद गरिएको बाइबल नै पढ्‌नुपर्छ। मौलिक हिब्रू अथवा ग्रीक भाषा सिक्यो भने परमेश्‍वरको वचनबाट अझ लाभ उठाउन सकिन्छ जस्तो कसै-कसैलाई लाग्ला। तर तिनीहरूले सोचेजस्तो नहुन सक्छ।a खुसीको कुरा, पूरा बाइबल वा त्यसको केही अंश ३,२०० भन्दा धेरै भाषामा अनुवाद भएको छ। स्पष्ट छ, यहोवा “हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूले उहाँको वचन पढ्‌न पाएको चाहनुहुन्छ। (प्रकाश १४:६ पढ्‌नुहोस्‌) यो कुरा थाह पाउँदा हाम्रो मायालु अनि निष्पक्ष परमेश्‍वरसित अझ नजिक हुन चाहँदैनौं र?—प्रेषि. १०:३४.

५. किङ जेम्स भर्सन बाइबल किन विशेष थियो?

५ भाषामा आएको परिवर्तनले बाइबल अनुवादमा पनि असर गरेको छ। कुनै समय सबैले सजिलै बुझ्ने बाइबल अनुवाद पछि नबुझिने हुन सक्छ। अङ्‌ग्रेजी भाषाको एउटा बाइबल अनुवाद विचार गरौं। किङ जेम्स भर्सन बाइबल पहिलो पटक सन्‌ १६११ मा प्रकाशित भएको थियो। त्यतिबेला त्यो बाइबल साह्रै लोकप्रिय भएको थियो। यसले त्यतिबेलाको अङ्‌ग्रेजी भाषामा निकै प्रभाव पाऱ्‍यो। तर त्यस बाइबलमा परमेश्‍वरको नामलाई खासै महत्त्व दिइएको थिएन। त्यसैले हिब्रू धर्मशास्त्रमा एकदम थोरै ठाउँमा मात्र “यहोवा” लेखेर बाँकी ठाउँमा चाहिं “परमप्रभु” लेखिएको थियो। त्यसरी नै ग्रीक धर्मशास्त्रको विभिन्‍न ठाउँमा पनि परमेश्‍वरको नामको सट्टा “परमप्रभु” नै लेखिएको थियो। यस अर्थमा किङ जेम्स भर्सन बाइबलले ग्रीक धर्मशास्त्र अर्थात्‌ “नयाँ नियम”-मा कुन-कुन ठाउँमा परमेश्‍वरको नाम हुनुपर्ने हो भनेर मानिलियो।

६. नयाँ संसार अनुवाद पाएकोमा हामी किन कृतज्ञ छौं?

६ समय बित्दै जाँदा किङ जेम्स भर्सन बाइबलमा प्रयोग गरिएका धेरैजसो शब्दहरू पुरानो हुँदै गए। यस्तै परिवर्तन अरू भाषाको बाइबल अनुवादहरूमा पनि आयो। अहिले हामीसित आफ्नो बोलीचालीको भाषामा पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) छ। के हामी त्यसको लागि यहोवाप्रति कृतज्ञ छैनौं र? अहिले नयाँ संसार अनुवाद बाइबल पूरा वा आंशिक गरेर १५० भन्दा धेरै भाषामा अनुवाद गरिएको छ। त्यसैले संसारका थुप्रै मानिसले यो अनुवाद आफ्नै भाषामा पढ्‌न पाएका छन्‌। यसमा बुझ्न सजिलो शब्दहरू प्रयोग गरिएको छ। त्यसैले परमेश्‍वरको सन्देश हाम्रो मनसम्मै पुग्छ। (भज. ११९:९७) अनि रोचक कुरा, यस अनुवादमा यहोवाको नाम पवित्र धर्मशास्त्रमा जहाँ-जहाँ हुनुपर्छ, त्यहाँ-त्यहाँ राखिएको छ।

आम मानिसको भाषा

७, ८. (क) ईसापूर्व तेस्रो शताब्दीका धेरैजसो यहूदीले हिब्रू भाषा किन बुझ्न छोडे? (ख) ग्रीक सेप्टुआजिन्ट भनेको के हो?

७ राजनैतिक परिवर्तनले पनि कहिलेकाहीं मानिसहरूको भाषामा असर पारेको छ। भाषामा जस्तोसुकै परिवर्तन आए पनि मानिसहरूलाई बाइबलको कुरा बुझ्न गाह्रो नहोस्‌ भनेर यहोवाले के गर्नुभएको छ? एउटा उदाहरण विचार गर्नुहोस्‌। बाइबलको सुरुको ३९ वटा किताब लेख्ने व्यक्‍तिहरू इस्राएलीहरू अर्थात्‌ यहूदीहरू थिए। सुरुमा ‘परमेश्‍वरका पवित्र सन्देशहरू’ तिनीहरूलाई नै सुम्पिइएको थियो। (रोमी ३:१, २) तर ईसापूर्व तेस्रो शताब्दीसम्ममा त धेरैजसो यहूदीहरूले हिब्रू भाषा बुझ्न छोडिसकेका थिए। किन? किनभने महान्‌ सिकन्दरले युनानी साम्राज्यलाई चारैतिर विस्तार गरेका थिए। (दानि. ८:५-७, २०, २१) युनानी साम्राज्य फैलँदै जाँदा युनानी भाषा अर्थात्‌ ग्रीक भाषा नै मानिसहरूको बोलीचालीको भाषा हुन पुग्यो। विभिन्‍न ठाउँमा फैलिएका यहूदीहरूले पनि ग्रीक भाषा नै बोल्न थाले। तर यसरी ग्रीक भाषा बोल्न थालेपछि तिनीहरूले बिस्तारै हिब्रू भाषा बुझ्न छोडे। त्यसपछि के गरियो?

८ ईसापूर्व तेस्रो शताब्दीको बीचतिर बाइबलको सुरुको पाँच वटा किताबलाई हिब्रू भाषाबाट ग्रीकमा अनुवाद गरियो। त्यसपछि हिब्रू धर्मशास्त्रका बाँकी सबै किताब ग्रीकमा अनुवाद गर्ने काम ईसापूर्व दोस्रो शताब्दीमा सिद्धियो। त्यस अनुवादलाई ग्रीक सेप्टुआजिन्ट भनियो। प्राप्त प्रमाणअनुसार पूरै हिब्रू धर्मशास्त्रलाई ग्रीक भाषामा अनुवाद गरिएको बाइबल यो नै पहिलो थियो।

९. (क) सेप्टुआजिन्ट अनि सुरु-सुरुतिरका अरू बाइबल अनुवादहरूले मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो? (ख) तपाईंलाई हिब्रू धर्मशास्त्रको कुन भाग असाध्यै मन पर्छ?

९ सेप्टुआजिन्ट उपलब्ध भएपछि ग्रीक भाषा बोल्ने यहूदीहरू र अरू मानिसहरूले ग्रीक भाषामै बाइबल पढ्‌न पाए। आफूले बोल्ने भाषामा परमेश्‍वरको वचन सुन्‍न वा पढ्‌न पाउँदा तिनीहरूलाई कत्ति खुसी लाग्यो होला, कल्पना गर्नुहोस्‌ त! समय बित्दै जाँदा बाइबलका केही अंश बोलीचालीको अरू भाषामा पनि अनुवाद गरियो। जस्तै: सिरियाक, गोथिक र ल्याटिन। आफ्नै भाषामा बाइबल पढ्‌न पाएकोले मानिसहरूले परमेश्‍वरको वचनलाई झनै प्रेम गर्न सके। हामीलाई मन पर्ने कुनै खास भाग भएजस्तै तिनीहरूलाई पनि मन पर्ने कुनै खास भाग हुन्थ्यो होला। (भजन ११९:१६२-१६५ पढ्‌नुहोस्‌) आम मानिसहरूको भाषा परिवर्तन भए पनि परमेश्‍वरको वचन भने अटल रहँदै आएको छ।

बाइबल अनुवाद कार्यको विरोध हुँदा

१०. जोन विक्लिफको समयतिरका मानिसहरूले बाइबल पढ्‌न नपाउनुको कारण के थियो?

१० केही शक्‍तिशाली नेताहरूले मानिसहरूलाई बाइबल पढ्‌न नदिन अनेक प्रयास गरे। तर उनीहरूको घोर विरोधको बाबजुद परमेश्‍वरलाई प्रेम गर्ने केही मानिसले बाइबल अनुवाद गर्न साहस देखाए। उदाहरणको लागि, १४ औं शताब्दीतिरका जोन विक्लिफलाई विचार गर्नुहोस्‌। सबै मानिसले परमेश्‍वरको वचन पढ्‌न पाउनुपर्छ भन्‍ने तिनको धारणा थियो। तर त्यतिबेला इङ्‌गल्यान्डका आम मानिसहरूले बाइबल पढ्‌न पाएका थिएनन्‌। किन? किनभने बाइबललाई हातैले सार्नुपर्ने र यसका प्रतिहरू बनाउन धेरै खर्च लाग्ने भएकोले थुप्रै मानिस बाइबल किन्‍न सक्दैनथे। साथै अधिकांश मानिसहरू पढे-लेखेका थिएनन्‌। हुन त मानिसहरूले चर्चमा बाइबलका केही हरफ सुन्थे होलान्‌। तर सायद तिनीहरू आफूले सुनेको कुरा बुझ्दैनथे। किन? किनभने त्यतिबेलाको चर्चको आधिकारिक बाइबल (भल्गेट बाइबल) ल्याटिन भाषामा लेखिएको थियो। तर आम मानिसले त्यतिबेला ल्याटिन भाषा चलाउन छोडिसकेका थिए। त्यसोभए तिनीहरूले बाइबलको अनमोल सत्य कसरी बुझ्न पाउने थिए?—हितो. २:१-५.

जोन विक्लिफ र अरू मानिसहरू

जोन विक्लिफ अनि अरू व्यक्‍तिहरूको चाहना भनेको सबैले परमेश्‍वरको वचन पढ्‌न पाऊन्‌ भन्‍ने थियो। के तपाईं पनि त्यस्तै चाहनुहुन्छ? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. ‘विक्लिफ बाइबल’-ले मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

११ सन्‌ १३८२ मा बाइबलको अङ्‌ग्रेजी अनुवाद प्रकाशित भयो। त्यसलाई पछि ‘विक्लिफ बाइबल’ भन्‍न थालियो। विक्लिफका समर्थकहरूले यो बाइबललाई निकै मन पराए। आम मानिसहरूले बाइबल पढ्‌न पाऊन्‌ भनेर तिनीहरू हिंडेरै इङ्‌गल्यान्डको गाउँ-गाउँमा पुग्थे अनि मानिसहरूलाई बाइबल पढेर सुनाउँथे। ती प्रचारकहरूलाई लोलार्डस्‌ भनिन्थ्यो। तिनीहरू मानिसहरूलाई बाइबलको कुनै अंश पढेर सुनाउँथे अनि हातैले सारेको बाइबलका केही अंश दिन्थे। तिनीहरूको मेहनतले गर्दा मानिसहरूको मनमा बाइबल पढ्‌ने इच्छा फेरि जाग्यो।

१२. विक्लिफको कामप्रति पादरीहरूले कस्तो प्रतिक्रिया देखाए?

१२ विक्लिफको कामप्रति पादरीहरूले कस्तो प्रतिक्रिया देखाए? उनीहरूले विक्लिफलाई, तिनको बाइबललाई अनि तिनका समर्थकहरूलाई घृणा गरे। उनीहरूले ती प्रचारकहरूलाई सताउन थाले। उनीहरूले धुइँपत्ता विक्लिफ बाइबल खोज्न थाले र आफूले भेट्टाए जति सबै नष्ट गरिदिए। विक्लिफको मृत्यु भइसके तापनि पादरीहरूले तिनलाई धर्म विरोधीको आरोप लगाए। मरिसकेको मान्छेलाई सजाय दिन सकिंदैन। तैपनि ती पादरीहरूले जमिनमुनि गाडिएको विक्लिफका हड्डीहरू निकाले र त्यसलाई जलाएर खोलामा बगाए। तर जति खेदो गरे पनि उनीहरूले परमेश्‍वरको वचन पढ्‌न र बुझ्न चाहनेहरूलाई रोक्न सकेनन्‌। त्यसपछिका शताब्दीहरूमा युरोपका अनि अन्य ठाउँका थुप्रैले आम मानिसहरूले बुझ्ने भाषाहरूमा बाइबल अनुवाद गर्ने अनि वितरण गर्ने कामलाई फेरि अगाडि बढाए।

“जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ”

१३. हामी कुन कुरामा पक्का छौं अनि त्यसले हाम्रो विश्‍वास कसरी बलियो बनाउँछ?

१३ सेप्टुआजिन्ट, विक्लिफ बाइबल, किङ जेम्स भर्सन वा अन्य अनुवादहरू परमेश्‍वरको प्रेरणा पाएर अनुवाद गरिएको थियो भन्‍न मिल्दैन। तर यी बाइबल अनुवादहरू कसरी तयार भए भनेर विचार गर्दा हामी यस कुरामा भने पक्का हुन सक्छौं: यहोवाले प्रतिज्ञा गर्नुभएजस्तै उहाँको वचन अटल रहँदै आएको छ। यो कुरा विचार गर्दा परमेश्‍वरले गर्नुभएका अरू प्रतिज्ञाहरू पनि अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुरामा के हाम्रो विश्‍वास अझ बलियो हुँदैन र?—यहो. २३:१४.

१४. बाइबलले यहोवाप्रतिको हाम्रो प्रेम कसरी बढाउँछ?

१४ बाइबल कसरी अटल रहँदै आएको छ भन्‍ने कुरामा मनन गर्दा हाम्रो विश्‍वास बलियो हुनुका साथै यहोवाप्रतिको प्रेम पनि बढ्‌छ।b यहोवाले किन हामीलाई बाइबल दिनुभयो? अनि बाइबल अटल रहनेछ भनेर किन प्रतिज्ञा गर्नुभयो? किनभने यहोवा हामीलाई माया गर्नुहुन्छ अनि हाम्रै फाइदाको लागि सिकाउन चाहनुहुन्छ। (यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌) त्यसैले हामी पनि यहोवालाई प्रेम गर्न अनि उहाँका आज्ञाहरू पालन गर्न उत्प्रेरित हुन्छौं।—१ यूह. ४:१९; ५:३.

१५. अर्को लेखमा के छलफल गर्नेछौं?

१५ हामी यहोवाको वचनलाई प्रेम गर्छौं भने त्यसबाट पुरापुर लाभ उठाउन उत्प्रेरित पनि हुनेछौं। व्यक्‍तिगत बाइबल पढाइबाट हामी कसरी अझ धेरै लाभ उठाउन सक्छौं? प्रचारकार्यमा मानिसहरूको ध्यान बाइबलतर्फ खिच्न हामी के गर्न सक्छौं? मञ्चबाट सिकाउने जिम्मेवारी पाएकाहरूले कसरी बाइबलमा आधारित भएर सिकाउन सक्छन्‌? ती प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।

a नोभेम्बर १, २००९ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) छापिएको “के तपाईंले हिब्रू वा ग्रीक भाषा सिक्नुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

b “आफै आएर हेर्नुहोस्‌!” भन्‍ने पेटी हेर्नुहोस्‌।

अमेरिकाको वारविकमा भएको यहोवाका साक्षीहरूको मुख्यालयमा बाइबल सङ्‌ग्रहालयमा घुम्न आएका व्यक्‍तिहरू

आफै आएर हेर्नुहोस्‌!

अप्रिल ३, २०१७ मा अमेरिकाको वारविकमा भएको हाम्रो मुख्यालयमा बाइबल सङ्‌ग्रहालय खोलियो। त्यहाँ “बाइबल र परमेश्‍वरको नाम” भन्‍ने ग्यालरी छ। साथै पुराना-पुराना बाइबल अनि बाइबलका कुराहरूसित सम्बन्धित विभिन्‍न सामग्री भएको ग्यालरी पनि छ। हामी तपाईंहरूलाई यहोवाका साक्षीहरूको मुख्यालयमा भएको सङ्‌ग्रहालयहरू भ्रमण गर्न आउनुहोस्‌ भनेर निम्तो दिन्छौं। भ्रमण रिजर्भ गर्नको लागि www.jw.org/ne मा जानुहोस्‌ अनि “हाम्रो बारेमा” अन्तर्गत “कार्यालय तथा भ्रमण” भन्‍ने भागमा जानुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने