गीत १३४
छोराछोरी—यहोवाको नासो
छापिएको संस्करण
१. जब बुबा बन्छ कोही
अनि जब कोही आमा बन्छिन्
तब सम्झून् उनीहरूले
शिशु केवल आफ्नो होइन।
यहोवाका सौगात हुन् तिनी;
जीवन अनि प्रेमको मूल याहको देन।
दिन्छन् याहले पक्का निर्देशन
बुबाआमालाई बुद्धि दिन।
(कोरस)
सुम्पे नासो याहले तिमीलाई
अमूल्य छ तिनको जीवन।
सिकाऊ अब हर उत्तम कुरा।
देऊ न है याहको निर्देशन।
२. यहोवाको हरेक आज्ञा होस् है
तिम्रो मनको मझेरीमा।
सिकाऊ आफ्ना छोराछोरीलाई,
हो यो तिम्रो अभिभारा।
सिकाऊ तिनलाई बाटोमा हिँड्दा,
राती सुत्दा, बिहान ब्युँझिँदा।
जीवनभरि त्यो तिनले सम्झून्,
आशिष् वर्षोस् है तिनलाई सदा।
(कोरस)
सुम्पे नासो याहले तिमीलाई
अमूल्य छ तिनको जीवन।
सिकाऊ अब हर उत्तम कुरा।
देऊ न है याहको निर्देशन।
(व्यव. ६:६, ७; एफि. ६:४; १ तिमो. ४:१६ पनि हेर्नुहोस्)