फर्केर जानुहुँदा तपाईंले वार्तालापलाई कसरी थाल्न सक्नु हुन्छ
१ प्रारम्भिक भेटमा चासो देखाउने व्यक्तिसँग वार्तालाप थाल्नुमा असरदायक हुनका लागि, त्यो अवसरमा स्थापित गर्नुभएको कुरोलाई अघि बढाउने प्रयत्न गर्नुहोस्। यसको तात्पर्य त्यो व्यक्तिसँग पहिलो अवसरमा छोडीएका साहित्य अनि तर्कनाको महत्त्वलाई मूल्याङ्कन गर्न तिनलाई सहायता दिनु हो।
२ पुनः भेटमा जानको लागि तयारीगर्न समय लिनुहोस्। तपाईंले चलाउँनु हुने प्रकाशनवाट चासो–जगाउँने टिप्पणीहरुलाई रोज्नुहोस्। त्यो विषयको कत्ति मात्रा ढाक्नु हुनेछ र कत्ति वेर बस्नुहुने छ जस्ता कुरोहरुलाई निर्धारणगर्न विवेक चलाउनुहोस्। असामान्य चासो प्रकट भएको खण्डमा वाहेक धेरै अवस्थामा एक वा दुइ बुँदाहरु माथि मात्र छलफलगर्नु वेस हुनेछ। निम्नलिखित प्रसँगहरु माथि विचार गर्नुहोस्:
३ पृथ्वीलाई मानिसको चिरस्थायी घर हुनु हो भने भविष्यकालमा यहाँ ककस्ता अवस्थाहरु ल्याइनेछ भनि हामी आशा गर्नसक्छौं? यो प्रसँग इज् दिस् लाइफ् पुस्तकको पृष्ठहरु १४२-३ मा गरिएका व्यख्या अनुसार यशैया ११:६-९ अनि प्रकाशको पुस्तकको २१:२-४ माथि आधारित छ।
वार्तालापलाई यसो भन्दै प्रस्तुतगर्न सकिन्छ:
◼ “म पछिल्लो पाली आउँदा, हामीले छलफल गऱ्यौं कि यो पृथ्वी कसरी परमेश्वरको उद्देश्य अनुसार सधैंभरी रहीरहने छ। तर विचार गर्नका लागि मैले तपाईंसँग एउटा प्रश्न छोडेको थिए: त्यत्तिवेला ककस्ता अवस्थाहरु त्यहाँ हुनुपर्छ होला? यसवारे बाइबलको उत्तर तपाईंसँग संक्षेपमा बाडँन भनि फर्केर आउनु पाएकोमा मलाई खुशी लागेको छ।”
४ परमेश्वरको अधिराज्य अन्तर्गत जीवनको आनन्द उठाउनको लागि हामीले के गर्नुपर्छ? यो ट्रूथ् पूस्तकको पृष्ठ १० मा व्याख्या गरिए अनुसार यूहन्ना १७:३ अनि १ तिमोथी २:४ लाई चलाएर यो प्रसँगलाई अघि बढाउन सकिन्छ। (इज् दिस् लाइफ् पुस्तक, पृष्ठ १८९।)
शुरुगर्न, तपाईंले यसो भन्न सक्नु हुन्छः
◼ दुष्ट्याँइ खतमगर्ने परमेश्वरको प्रतिज्ञालाई तपाईंसँग छलफलगर्न मलाई आनन्द आयो। [त्यो व्यक्तिलाई तिनको ट्रूथ् पुस्तक ल्याउँन लगाउनु होस्।] हामी प्रत्येकलाई चिन्तित हुनुपर्ने प्रश्न यो छ, यो परिवर्तनवाट लाभ उठाउनका लागि त्यहाँ उपस्थित हुन हामीले के गर्न सक्छौं? यूहन्ना १७:३ मा येशूले भन्नु भएका कुरोमाथि यसो ध्यान दिनुहोस् न, जुन तपाईंको पुस्तकको पृष्ठ १० मा उद्धरण गरिएको छ।”
५ प्रमोदवनिय पृथ्वीमा कुन कुन खाँचोहरु परितुष्ट हुनेछन्? तपाईंले कि त भजनसघ्र्ह ७२:१६ अनि १४५:१६ वा प्रकाशको पुस्तकको २१:४ अनि २२:२, ३ चलाउँन सक्नु हुन्छ। गुड् न्युज् पुस्तकको पृष्ठ ८ अनि ९ मा उचित टिप्पणीहरु राखिएका छन्।
यी पनि तपाईंको प्रारम्भिक शब्दहरु हुन सक्छन्:
◼ “पछिल्लो पाली [दिनको नाउँ तोक्नुहोस्] म यहाँ आउँदा, परमेश्वरले आफ्नो छोरोद्वारा एउटा प्रमोदवनीय पृथ्वीमा मरेका प्रिय जनहरुको पुनःरुत्थान गर्नुहुने छ भन्ने वाचामाथि हामीले ध्यान दियौं। त्यत्तिवेला आनन्द उठाउन सकिने केहि आशिष्हरु के के हुन्? शास्त्रको आधारमा तपाईंको पुस्तकले बताउँछ कि यी मध्ये केही के के हुनेछन्।” उक्त उद्धरणहरु माथि आधारित, बाइबलवाट त्यहाँ उद्धृत एक वा दुइ पदहरु र गुड् न्युज् पुस्तकवाट पृष्ठहरु ८, ९ का ठूलो अक्षरमा दिइएका शीर्षक पनि पढ्नुहोस्, साथै अनुच्छेद ७ पनि पढ्न सकिन्छ।
६ हामीले प्रचार गरेका अधिराज्यको समाचारमा धेरैले चासो देखाएका छन्। धेरै घरहरुमा हामीले विभिन्न थरिका साहित्य छोडेका छौं। अरु वेला, हाम्रो प्रारम्भिक शास्त्रीय वार्तालापको मूल्याङ्कन भएको हामीले थाहा लगाएका छौं। यसकारण, चासो देखाएका सबै जनाकहाँ पुनः भेटको लागि जानुहोस्, र तिनीहरुलाई सत्य सिकाउने प्रयत्न गर्नुहोस्।—मत्ती १०:११; २८:१९, २०; यू० २१:१७; प्रका० २२:१७.