प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जनवरी p. ८
  • केहीलाई बचाउन पुनःभेट गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केहीलाई बचाउन पुनःभेट गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • पत्रिका स्वीकार्ने व्यक्‍तिसित कसरी बाइबल अध्ययन सुरु गर्ने
    हाम्रो राज्य सेवकाई—२००७
  • अरूको हृदयमा अनन्त जीवनको आशा जगाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • सत्यबारे बोलिरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 जनवरी p. ८

केहीलाई बचाउन पुनःभेट गर्नुहोस्‌

१ “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने इच्छा परमेश्‍वर गर्नुहुन्छ। (१ तिमो. २:४) मदत गर्न हामी के गर्नसक्छौं? सच्चाइ सिकाउने लक्ष्य राखेर पुनःभेटहरू गर्नुहोस्‌। तपाईं के भन्‍नुहुनेछ? निम्न सुझावहरूले तपाईंलाई मदत गर्लान्‌।

२ “गुड न्युज—टु मेक यु ह्‍याप्पि” (तपाईंलाई खुशी तुल्याउने सुसमाचार) स्वीकारेका घरधनीलाई पृष्ठ ४ को चित्र फेरि देखाएर यसरी सोध्न सक्नुहुन्छ:

▪“मैले तपाईंसित छोडेको पुस्तक पढ्‌नु भएपछि र पार्थिव प्रमोदवनको सन्दर्भमा परमेश्‍वरले मानवजातिको लागि राख्नुभएका अद्‌भुत आशिष्‌हरूबारे थाह पाउनु भएर तपाईंलाई कस्तो लाग्यो?” घरधनीको प्रतिक्रिया बुझेर त्यसमा छोटो टिप्पणी गर्नुहोस्‌। त्यसपछि अध्याय २ मा तिनको ध्यानाकर्षण गर्नुहोस्‌ र यी प्रतिज्ञाहरू हामीले कसरी थाह पायौं त्यसमा विचार गर्ने सुझाव दिनुहोस्‌। पुनःभेटको लागि समय मिलाउनुहोस्‌।

३ “इज दिस लाइफ अल देर इज?” (के जीवन यति नै हो?) पुस्तक छाड्‌नुभएको थियो भने वार्तालापलाई यसरी अघि बढाउन सक्नुहुन्छ:

▪“परमेश्‍वरले मृत्युबिनाको शान्तिमय नयाँ संसार सृष्टि गर्ने उद्देश्‍य राख्नुभएको विषयमा हामीले अघिल्लो पटक कुरा गऱ्‍यौं। यस्तो आशाले हामीलाई जीवनको वास्तविक उद्देश्‍य र अर्थ कसरी दिनसक्छ भन्‍नेबारे विचारविमर्श गरेका थियौं। अब यी आशिष्‌हरू प्राप्त गर्न योग्यको हुन हामीले के गर्नुपर्छ भन्‍ने प्रश्‍न खडा हुन्छ। यो प्रश्‍नको जवाफ तपाईं कसरी दिनुहुन्छ?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ १८९ पल्टाउनुहोस्‌ र विश्‍वासलाई बलियो बनाउन परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिंदै अनुच्छेद २ का बुँदाहरू छलफल गर्नुहोस्‌। बाइबल अध्ययन कार्यक्रमबाट फाइदा उठाउँदै यो कसरी गर्न सकिन्छ, व्याख्या गर्नुहोस्‌।

४ “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”) पुस्तक प्रस्तुत गर्नुभएको ठाउँमा यसप्रकार कुरा थाल्न सक्नुहुन्छ:

▪“परमेश्‍वरले आफ्नो राज्य मार्फत यस संसारमा भइरहेको दुःखकष्ट र हिंसाको अन्त गर्नुहुने उहाँको प्रतिज्ञाबारे अघिल्लो पटक तपाईंलाई बताएको थिएँ। आज मानवजातिलाई यति विघ्न निराश तुल्याउने धार्मिक तथा राजनैतिक संगठनहरूको परमेश्‍वरले अन्त गर्नुहोला जस्तो के तपाईंलाई लाग्छ? तपाईंले ‘राजाले आरमागेडोनमा युद्ध गर्नुहुन्छ’ शीर्षक भएको अध्याय १७ पढ्‌नुभयो होला। त्यस अध्यायमा उद्धरण गरिएका केही शास्त्रपदहरू म तपाईंसित दुइ चार मिनेट छलफल गर्न चाहन्छु।” त्यस व्यक्‍ति चाहन्छन्‌ भने शास्त्रपदहरू पढेर पृष्ठ १७०-३, अनुच्छेद १७-२४ मा दिइएको विषयवस्तु छलफल गर्न सक्नुहुन्छ।

५ “मेकिङ योर फ्यामिली लाइफ ह्‍याप्पि” (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक प्रस्तुत गर्नुभएको ठाउँमा यसो भन्‍न सक्नुहुन्छ:

▪“अनन्त भविष्यको लागि तपाईंले आफ्नो परिवारलाई कसरी तयार पार्न सक्नुहुन्छ, त्यसबारे अझ धेरै बताउन तपाईंलाई फेरि भेट्‌न मलाई मन लाग्यो।” पृष्ठ १८९ को चित्र पल्टाउनुहोस्‌ अनि पृष्ठ १८८ को अनुच्छेद १५-१७ पढ्‌नुहोस्‌। त्यसपछि परमेश्‍वरको राज्यले यो प्रतिज्ञा कसरी पूरा गर्नेछ, छोटकरीमा व्याख्या गर्नुहोस्‌। निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌।

६ नबिर्सनुहोस्‌, पुनःभेट गर्नुको उद्देश्‍य बाइबल अध्ययन थाल्नु हो। पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक विशेषगरि अध्ययनहरू सञ्चालन गर्न तयार पारिएको हो। पूर्वप्रकाशित पुस्तकहरू प्रस्तुत गर्नुभएका ठाउँहरूमा अध्ययन सुरु गर्न फेरि जानुहुँदा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा ध्यानाकर्षण गर्नु बेस हुनेछ। अध्ययन गर्नेहरूले उद्धारको लागि परमेश्‍वरलाई पुकार्न सिक्दा हामी निकै आनन्दित हुनेछौं।—प्रे. २:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने