प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 सेप्टेम्बर p. २
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • नयाँ सर्कट सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९३
  • हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००९
  • परमेश्‍वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 सेप्टेम्बर p. २

नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम

१ आगामी वर्षको प्रारम्भमा सुरु हुने नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रमको मूल विषय “होशियार बस, दृढ बस, बलियो होओ” हुनेछ। उक्‍त विषय प्रथम शताब्दीका मसीहीहरूलाई प्रेरित पावलले दिएका प्रोत्साहनजनक शब्दहरूमा आधारित छन्‌। पहिलो कोरिन्थी १६:१३ मा हामी उक्‍त शब्दहरू रेकर्ड गरिएको पाउँछौं।

२ हामीले नियमित आध्यात्मिक जाँच गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिंदै कार्यक्रम आरम्भ हुनेछ। यस “आखिरी दिनमा” सही कामका लागि अटल भइ खडा रहन हामीले यहोवा र उहाँको पार्थिव सङ्‌गठनसँग हाम्रो सम्बन्ध के कस्तो छ भनी व्यवहारिक मूल्याङ्‌कन गर्नुपर्छ। (२ तिमो. ३:१) हाम्रो कडा परिश्रमप्रति यहोवाले देखाउनुहुने मूल्याङ्‌कन हामीलाई स्मरण गराइनेछ। हाम्रा मसीही गुणहरूको उन्‍नति हुने र उदाहरणीय चालचलन कायम राख्ने ढङ्‌गमा हामीलाई सिकाइनु आवश्‍यक छ।

३ आध्यात्मिक प्रगति गर्ने र जिम्मेवारीहरू सँभाल्ने लक्ष्य राख्दै चेला बनाउने कार्यमा जोशिलो हुनु पर्ने आवश्‍यकतामाथि पनि जोड दिइनेछ। नियमित रूपमा आध्यात्मिक भोजन खाने कार्यक्रमलाई व्यक्‍तिविशेष र परिवारहरूले कसरी चालू राख्न सक्छन्‌ भनेर विभिन्‍न भाषणहरू, प्रदर्शनहरू र छलफलहरूद्वारा व्यवहारिक सल्लाह दिइनेछ।

४ बप्तिस्मा लिन योग्य व्यक्‍तिहरूले शनिबारको दिन पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणको आम घोषणा गर्न सक्नेछन्‌। त्यसपछि आइतबारको दिन “परमेश्‍वरसित तपाईंको स्तर कस्तो छ?” भन्‍ने शीर्षकको जन भाषण सुन्‍न हामी सबै उपस्थित हुनेछौं।

५ एकअर्कासित सधैं प्रेम र शान्तिको आत्माले व्यवहार गरेर विश्‍वासमा दृढ रहने प्रोत्साहनका साथ कार्यक्रम बिसर्जन गरिनेछ। ‘प्रेम र सुकर्ममा एक अर्कालाई उत्तेजित’ गर्न यहोवाले हामी सबैका लागि गर्नुभएको प्रबन्धहरूमध्ये क्षेत्रीय सम्मेलन पनि एक हो। (हिब्रू १०:२४, २५) दुवै दिनको पूरै कार्यक्रमहरूमा उपस्थित हुन पक्का योजना बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने