प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 सेप्टेम्बर p. ७
  • निरीक्षकहरू अगुवाइ लिन्छन्‌—सेवा निरीक्षक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निरीक्षकहरू अगुवाइ लिन्छन्‌—सेवा निरीक्षक
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९२
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • मण्डली पुस्तक अध्ययन निरीक्षकहरूले कसरी व्यक्‍तिगत चासो देखाउँछन्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 सेप्टेम्बर p. ७

निरीक्षकहरू अगुवाइ लिन्छन्‌—सेवा निरीक्षक

१ सेवा निरीक्षकले मण्डलीलाई खटाइएको क्षेत्रमा प्रचार गतिविधिमा उन्‍नति गर्नुपर्ने सम्पूर्ण कुराप्रति गहिरो चासो लिन्छन्‌। अतः तिनले हामीलाई सुसमाचार सुनाउने हाम्रो दायित्व पूरा गर्न मदत दिएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌। तिनले जोसिलो सुसमाचारकको हैसियतमा क्षेत्र सेवकाईसित सम्बन्धित सम्पूर्ण क्रियाकलापमा अगुवाइ लिन्छन्‌। दक्ष शिक्षकको हैसियतमा तिनले प्रत्येक प्रकाशकलाई सेवकाईमा प्रभावशाली बन्‍ने मदत दिन्छन्‌।—एफि. ४:११, १२.

२ यस प्राचीनले साहित्य, पत्रिका र प्रचार क्षेत्रहरू देखभाल गर्ने सेवकाई सेवकको कामकुरा निरीक्षण गर्छन्‌। हामीले चलाउनको निम्ति हरेक महिना प्रशस्त मात्रामा साहित्य, पत्रिका र सेवा फारम छन्‌ कि छैनन्‌, तिनले निधो गर्छन्‌। हामीलाई कुन कुन घरमा घरधनीले नआउनु भनेका थिए, सो पत्ता लगाउन तिनले वर्षमा एकचोटि क्षेत्रको फाइल पुनरावलोकन गर्छन्‌ अनि ती घरहरूमा दक्ष भाइहरू पठाउँछन्‌।

३ सेवा निरीक्षकले व्यापारिक क्षेत्रमा साक्षी दिने, सडक साक्षी अनि टेलीफोनद्वारा साक्षी दिनेलगायत साक्षीकार्यका विभिन्‍न पक्षहरू रेखदेख गर्ने जिम्मेवारी वहन गर्छन्‌। बिदाका दिनहरूलगायत हप्ताभरि सेवकाईमा भाग लिन व्यवहारिक प्रबन्ध मिलाउन तिनी सजग हुन्छन्‌। तिनी बाइबल अध्ययन गतिविधिमा साँचो चासो देखाउँछन्‌। तिनी सेवकाईमा अनियमित अथवा निष्क्रिय भएकाहरूलाई आध्यात्मिक सहयोग दिने तरिकाहरू खोज्छन्‌। तिनी अग्रगामीहरूको काममा पूरापूर ध्यान दिन्छन्‌ अनि अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ कार्यक्रमको रेखदेख गर्छन्‌।

४ मण्डलीको सेवा समितिको सदस्यको हैसियतमा सेवा निरीक्षकले मण्डली पुस्तक अध्ययन समूहमा गर्नुपर्ने आवश्‍यक काँटछाँटको प्रस्ताव राख्छन्‌। तिनी तपाईंको समूहमा आउँदा कसैगरि पनि अध्ययनमा उपस्थित हुनुहोस्‌ अनि तिनीसँग क्षेत्र सेवकाईमा भाग लिनुहोस्‌।

५ सेवा निरीक्षकले दिएका निर्देशन पालन गरेर मण्डलीका सबैले राजीखुसीसाथ सहयोग गर्नुपर्छ। यसो गर्नाले हामी चेला बनाउने काममा अझ प्रभावशाली हुनुका साथै सेवकाईमा धेरै आनन्द उठाउनसक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने