प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ ५ पृ. १०-११
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • जीवनको महान्‌ उद्देश्‍य छ
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ ५ पृ. १०-११

पाठ ५

परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?

यहोवाले किन पृथ्वी सृष्टि गर्नुभयो? (१, २)

अहिले पृथ्वी किन प्रमोदवनको रूपमा छैन? (३)

दुष्ट मानिसहरूलाई के हुनेछ? (४)

भविष्यमा येशूले रोगी, वृद्ध अनि मरिसकेका मानिसहरूलाई के गर्नुहुनेछ? (५, ६)

भावी आशिष्‌हरू पाउन तपाईंले के गर्नुपर्छ? (७)

१. मानिसहरू सधैंभरि आनन्दपूर्वक बाँचिरहून्‌ भनेर यहोवाले यो पृथ्वी सृष्टि गर्नुभएको थियो। यो पृथ्वी सधैं धार्मिक अनि आनन्दित मानिसहरूले भरिऊन्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। (भजन ११५:१६; यशैया ४५:१८) त्यसैकारण यो पृथ्वी कहिल्यै नष्ट हुनेछैन। यो सधैंभरि रहिरहनेछ।—भजन १०४:५; उपदेशक १:४.

२. मानिस सृष्टि गर्नुभन्दा अघि परमेश्‍वरले पृथ्वीको सानो क्षेत्रलाई चुनेर त्यसलाई सुन्दर प्रमोदवन बनाउनुभयो। उहाँले त्यसलाई अदनको बगैंचा भन्‍ने नाउँ दिनुभयो। यही बगैंचामा उहाँले प्रथम पुरुष तथा स्त्री, आदम र हव्वालाई राख्नुभयो। तिनीहरूले छोराछोरी जन्माएर पूरै पृथ्वी भरोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। अनि बिस्तारै आदमका सबै सन्तति मिलेर पूरै पृथ्वीलाई प्रमोदवन बनाउने थिए।—उत्पत्ति १:२८; २:८, १५.

३. जानाजानी परमेश्‍वरको नियम उल्लंघन गरेर आदम र हव्वाले पाप गरे। त्यसकारण यहोवाले तिनीहरूलाई अदनको बगैंचाबाट निकाल्नुभयो। तिनीहरूले प्रमोदवन गुमाए। (उत्पत्ति ३:१-६, २३) तर यहोवाले यो पृथ्वी बनाउनुको उद्देश्‍य भुल्नुभएको छैन। उहाँले यो पृथ्वीलाई प्रमोदवन बनाउने प्रतिज्ञा गर्नुभएको छ। अनि मानिसहरू सधैंभरि त्यहाँ बाँच्नेछन्‌। तर उहाँले यी सबै कुरा कसरी गर्नुहुनेछ?—भजन ३७:२९.

४. दुष्ट मानिसहरूलाई नहटाएसम्म यो पृथ्वी प्रमोदवन बन्‍नसक्दैन। (भजन ३७:३८) दुष्टताको अन्त गर्न परमेश्‍वरले लड्‌नुहुने आरमागेडोनको युद्धमा त्यो काम हुनेछ। त्यसपछि शैतानलाई १,००० वर्षसम्म कैद गरिनेछ। मतलब यो पृथ्वीलाई बिगार्ने कुनै दुष्ट जनहरू हुनेछैनन्‌। परमेश्‍वरका जनहरू मात्र बाँच्नेछन्‌।—प्रकाश १६:१४, १६; २०:१-३.

५. त्यसपछि येशू ख्रीष्टले १,००० वर्षसम्म राजाको हैसियतमा शासन गर्नुहुनेछ। (प्रकाश २०:६) हाम्रो मन र शरीरमा गडेर बसेको पापको खीललाई उहाँले बिस्तारै निकाल्नुहुनेछ। अनि पाप गर्नुअघि आदम र हव्वा जति सिद्ध थिए, त्यतिकै सिद्ध हामी पनि हुनेछौं। त्यसपछि रोग, बुढ्यौली र मृत्युको नामोनिसान हुनेछैन। रोगीहरू निको हुनेछन्‌ अनि वृद्धहरू फेरि जवान हुनेछन्‌।—अय्यूब ३३:२५; यशैया ३३:२४; प्रकाश २१:३, ४.

६. येशूको हजार वर्षीय शासनको दौडान विश्‍वासी मानिसहरूले पूरै पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्नेछन्‌। (लूका २३:४३) साथै, मरिसकेका करोडौं मानिसहरूको यसै पृथ्वीमा पुनरुत्थान हुनेछ। (प्रेरित २४:१५) परमेश्‍वरको इच्छाबमोजिम गरेमा तिनीहरू पनि यसै पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌। नगरेमा चाहिं सधैंका लागि नष्ट हुनेछन्‌।—यूहन्‍ना ५:२८, २९; प्रकाश २०:११-१५.

७. यसप्रकार परमेश्‍वरले सुरुमा पृथ्वी बनाउनुहुँदा राख्नुभएको उद्देश्‍य पूरा हुनेछ। के तपाईं यी भावी आशिष्‌हरू प्राप्त गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, यहोवाको ज्ञान लिन अनि उहाँका आवश्‍यकताहरू पूरा गर्न नछाड्‌नुहोस्‌। यहोवाका साक्षीहरूको स्थानीय राज्य भवनमा सभाहरू धाउनुभयो भने तपाईंले त्यसो गर्ने मदत पाउनुहुनेछ।—यशैया ११:९; हिब्रू १०:२४, २५.

[पृष्ठ १०-मा भएको चित्र]

प्रमोदवन गुम्यो

[पृष्ठ ११-मा भएको चित्र]

आरमागेडोनपछि यो पृथ्वी प्रमोदवन बनाइनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने