उपयुक्त परिचय चलाउने कोसिस गर्नुहोस्
मानिसहरूप्रतिको निष्कपट चासोले हामीलाई उनीहरूका आवश्यकताहरू बुझ्ने चेष्टा गर्न र परमेश्वरको राज्यले कसरी उनीहरूका सम्पूर्ण समस्या पूर्णतया समाधान गर्नेछ भनी देखाउन जुरमुऱ्याउनेछ। (फिलि. २:४) थुप्रै प्रकाशकहरूले प्रभावकारी पाएको एउटा उपयुक्त परिचय यसै पृष्ठको दाहिनेपट्टिको स्तम्भमा सूचीबद्ध हाम्रा प्रकाशनहरूमा भएको प्रमोदवनका दृश्यहरूका चित्रहरू-बारे घरधनीलाई टिप्पणी गर्न लगाउनु हो। निम्न कुनै पनि परिचय चलाएर सायद तपाईं पनि यसै गर्न सक्नुहुन्छ:
◼ “के तपाईंलाई यस चित्रमा देखाइएजस्तो अवस्थामा मानव परिवारले आनन्द उठाइरहेको हामी कहिल्यै देख्न पाउनेछौं जस्तो लाग्छ?”
◼ “हामी हाम्रा छोराछोरीले यस चित्रमा देखाइएजस्तो संसारमा जीवन बिताउन पाऊन् भन्ने चाहन्छौं। संसारलाई यस्तो राम्रो बनाउन कुन कुराको खाँचो छ जस्तो तपाईंलाई लाग्छ?”
◼ “स्वर्गमा झैं यस पृथ्वीमा पनि परमेश्वरको इच्छा पूरा हुँदा देखिने पृथ्वीको यो एउटा चित्र हो। के तपाईं यस चित्रमा आजको जीवनभन्दा फरक केही कुरा देख्नुहुन्छ?”
◼ “के तपाईं यस चित्रमा देखाइएजस्तो अवस्थामा बस्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] के तपाईंलाई यो कुरा हाम्रो आफ्नो जीवनकालमा होला जस्तो लाग्छ?”
उक्त व्यक्तिको जवाफ ध्यान दिएर सुन्नुहोस् र एउटा वा दुइटा थप प्रश्न सोधेर तिनको विचार बुझ्नुहोस्। यस चित्रमा देखाइएजस्तो अवस्थामा बस्न मन लाग्दैन वा यस्तो अवस्था आउन सम्भव छैन भनेर कसैले जवाफ दियो भने, उनीहरूलाई चासो नै छैन रहेछ भन्ने निष्कर्षमा नपुगिहाल्नुहोस्। उनीहरूलाई त्यस्तो लाग्नुको कारण के हो कौशलतासाथ थाह लगाउने प्रयास गर्नुहोस्। उनीहरूको कुराले मानिसजातिले भोगिरहेको समाधान हुन असम्भव जस्तो देखिने समस्याहरूप्रति गहिरो चिन्ता प्रकट गर्न सक्छ।—इज. ९:४.
घरधनीलाई चिन्ता लागेको विषय थाह पाइसकेपछि त्यसै अनुरूप आफ्नो प्रस्तुतिलाई ढाल्नुहोस्। तिनका आवश्यकताहरू नै छलफल गरिएको राज्य सन्देशको कुनै एउटा पक्षलाई प्रकाश पार्नुहोस्। तिनलाई चिन्ता लागेको विषयसित मिल्ने एक वा दुईवटा शास्त्रपद पढेर सुनाउनुहोस्। (दाहिनेपट्टिको स्तम्भका सुझावहरू हेर्नुहोस्।) परमेश्वरको वचन के भन्छ, तिनलाई नै हेर्न लगाउनुहोस्। तिनले चासो देखाएमा कुनै एउटा प्रकाशन प्रस्तुत गर्नुहोस् र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्। सुरुको चासोलाई कायम राख्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी]
प्रमोदवनको दृश्यका उदाहरणहरू
क्रिएसन पुस्तक: पृष्ठ २३७, २४३, २५१
ज्ञान पुस्तक: पृष्ठ ४-५, १८८-१८९
चाहनुहुन्छ पुस्तिका: पृष्ठ ११, १३
ट्रु पिस पुस्तक: पृष्ठ ९८
परमेश्वरको उपासना पुस्तक: पृष्ठ ९२-९३
[पृष्ठ ६-मा भएको पेटी]
मानिसहरूलाई चिन्ता लाग्ने विषयहरू
अपराध, हिंसा
आवास, आर्थिक समस्याहरू
खानाको अभाव, कुपोषण
गरिबी, थिचोमिचो
जनावरहरूप्रति दुर्व्यवहार
नैतिक पतन
नैराश्य
पूर्वाग्रह, असमानता
पृथ्वीको नाश
प्रभावहीन सरकार
भ्रष्टाचार, अन्याय
मृत्यु, शोक
युद्ध, आतङ्कवाद
रोगबिमार, अशक्तता