प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी पृ. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • “सबै कुरा सुधारको निम्ति गरिओस्‌”
    हाम्रो राज्य सेवकाई—२०००
  • आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी पृ. २

प्रश्‍न पेटी

▪ भाइबहिनीहरूलाई उपचार वा सल्लाह सेवासम्बन्धी व्यक्‍तिगत सामग्री वितरण गर्नु के उचित हो?

ख्रीष्टियन आचरणबारे प्रेषित पावलले यस्तो लेखे: ‘मण्डली सत्यको खम्बा अनि जग हो।’ (१ तिमो. ३:१५) त्यसैले मण्डली व्यक्‍तिगत सामग्री वितरण गर्ने माध्यम हुनुहुँदैन। राज्यभवन वा अन्य कुनै ठाउँमा विशेष सभाहरू आयोजना गरेर अनि छापेर वा श्रव्य तथा भिडियो टेपहरूमार्फत त्यस्तो वितरण गर्ने काम गर्नुहुँदैन।

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकामा स्वास्थ्य समस्याहरूको सामना गर्ने र रगतसम्बन्धी परमेश्‍वरको नियम पालन गर्नेबारे राम्रा जानकारी तथा सल्लाह दिइएका छन्‌। ती पत्रिकाहरूमा डर, नैराश्‍यसित सम्बन्धित रोग डिप्रेसन अनि अन्य भावनात्मक समस्याहरूबारे बाइबलआधारित सन्तुलित लेखहरू पनि छन्‌। ती लेखहरू जानकारी दिन तयार पारिएका हुन्‌। तर ती लेखहरूले कुनै खास प्रकारको रोग निदान गर्ने विधि, उपचार, डाक्टर, सल्लाहकार वा स्वास्थ्य केन्द्रहरूको सिफारिस गर्दैन। त्यस सन्दर्भमा सबैले व्यक्‍तिगत निर्णय गर्नै पर्छ।​—⁠w८२-E ६/१५ पृ. २२-९ हेर्नुहोस्‌।

यहोवाका साक्षीहरूको सङ्‌ख्या थुप्रै भएकोले कोही-कोही व्यक्‍तिले सङ्‌गठनका भाइबहिनीहरूलाई लक्षित गरी लेख, पुस्तिका र टेपहरू बनाएर आफ्नो व्यापार अनि धारणाहरू फैलाउने कोसिस गरेका छन्‌। यसो गर्नेहरूमा हाम्रा भाइहरू पनि छन्‌। यस्ता कुराहरू चासो वा चिन्ताबारे हुन सक्लान्‌ तर ती सामग्रीहरू किन वितरण गरिन्छ? ग्राहक बढाउन। कुनै-कुनै सामग्री व्यापार बढाउन वितरण नगरिए तापनि त्यसमा बाइबल पद उद्धृत गर्दै ‘ईश्‍वरतान्त्रिक भाषा’-मा आफ्नो व्यक्‍तिगत धारणाहरू घुसाएका हुन सक्छन्‌। त्यस्ता सामग्रीहरू साक्षीहरूले बनाएको होस्‌ अथवा अरूले, त्यसका धारणाहरू एल्डरहरूले दिएका शास्त्रीय सल्लाह र बाइबलअनुसार नभई, मानव दर्शन वा संसारका आधारभूत कुराहरूमा आधारित हुन सक्छन्‌।​—⁠कल. २:८; १ तिमो. ६:⁠२०.

भाइबहिनीहरूले अनजानमा त्यस्ता व्यक्‍तिगत सामग्रीहरू वितरण गरिदिंदा समस्या अनि अन्योल पैदा भएका छन्‌। हामी सबैले त्यस्ता काममा हात हाल्नुहुँदैन। “विश्‍वासी र बुद्धिमान्‌ दास”-सँगै मिलेर काम गर्ने अनि अरूलाई डोऱ्‍याइ दिने एल्डरहरूले विशेषगरि त्यसो गर्नुहुँदैन। (मत्ती २४:४५) भाइबहिनीहरूलाई त्यस्ता सामग्रीहरू वितरण गरेर कसैको व्यापार वा धारणाहरू र मानव दर्शनका कुराहरूलाई हामीले बढावा दिनुहुँदैन।​—⁠km-E ६/७७ पृ. ४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने