प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ११
  • यूहन्‍नाले बाटो तयार पार्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यूहन्‍नाले बाटो तयार पार्छन्‌
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • तिनी मसीहका पूर्वगामी थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • युहन्‍ना बाटो तयार पार्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येसु मसीह बन्‍नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ११

अध्याय ११

यूहन्‍नाले बाटो तयार पार्छन्‌

येशू १२ वर्षको बालक छँदा मन्दिरमा शिक्षकहरूलाई प्रश्‍न गरेको समयभन्दा अहिले १७ वर्ष बितिसकेको छ। यो इस्वी संवत्‌ २९ को वसन्त ऋतु हो र यर्दन नदीको चारैतिरका प्रदेशहरूमा प्रचार गरिरहेका येशूका दाजु (सानी आमाका छोरा) यूहन्‍नाबारे हरेकले कुरा गरिरहेको जस्तो छ।

वास्तवमा यूहन्‍ना सुन्दर छन्‌ अनि बोल्नमा पनि सिपालु छन्‌। तिनले लाउने लुगा उँटको रौंको छ र तिनको कम्मरमा छालाको पटुका छ। तिनी सलह र वन-मह खान्छन्‌। अनि तिनको सन्देश? “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै आएको छ।”

तिनको कुरा सुन्‍नेहरूलाई यस सन्देशले उत्तेजित पार्छ। धेरैले आफ्नो मनोवृत्तिमा परिवर्तन गर्नुपर्ने र आफ्नो बितेको जीवन-पद्धतिलाई अस्वीकार्य ठान्दै त्यसलाई इन्कार गरेर पश्‍चात्ताप गर्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। त्यसकारण यर्दन वरिपरिका मुलुकका र यरूशलेमसमेतका धेरै मानिसहरू तिनीकहाँ आउँछन्‌ अनि तिनले उनीहरूलाई यर्दन नदीमा डुबुल्की लगाएर बप्तिस्मा गराउँछन्‌। किन?

यूहन्‍नाले गराएको बप्तिस्मा, परमेश्‍वरको व्यवस्थाको वाचाविरुद्ध गरिएका पापहरूलाई स्वीकार्दै मानिसहरूले गरेको हार्दिक पश्‍चात्तापको प्रतीक हो। त्यसैकारण केही फरिसीहरू र सदुकीहरू यर्दनमा आउँदा यूहन्‍नाले तिनीहरूको निन्दा गर्दै भन्छन्‌: “हे विषालु सर्पका बच्चाहरू हो, पश्‍चात्ताप लायकको फल फलाओ। अनि ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी तिमीहरू नठान। किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटी ढालिनेछ र आगोमा फालिनेछ।”

यूहन्‍नाप्रति मानिसहरू आकर्षित भएको देखेर यहूदीहरूले पुजारी र लेवीहरूलाई तिनीकहाँ पठाउँछन्‌। तिनीहरूले सोध्छन्‌: “तिमी को हौ?”

“म ख्रीष्ट होइन,” यूहन्‍ना स्वीकार्छन्‌।

तिनीहरू सोध्छन्‌, “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”

“म होइन,” तिनी भन्छन्‌।

“के तिमी भविष्यवक्‍ता हौ त?”

“होइन!”

यसकारण तिनीहरू ढिपी गर्दै सोध्छन्‌: “त्यसोभए तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सक्नेछौं। आफ्नो विषयमा तिमी के भन्छौ?”

यूहन्‍ना व्याख्या गर्छन्‌: “भविष्यवक्‍ता यशैयाले भनेझैं उजाडस्थानमा ‘यहोवाको बाटो सोझो बनाओ भन्दै कराउने मानिस मै हुँ।”

“यदि तिमी ख्रीष्ट वा एलिया वा भविष्यवक्‍ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” भनेर तिनीहरू सोध्छन्‌।

तिनले उत्तर दिन्छन्‌: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौ, उहाँ मपछि आउँदै हुनुहुन्छ।”

पछि राजा हुनुहुने मसीहलाई स्वीकार गर्न सक्ने किसिमको मनस्थिति मानिसहरूमा तयार पार्दै यूहन्‍नाले बाटो खोल्ने काम गरिरहेका छन्‌। सो मसीहबारे यूहन्‍ना भन्छन्‌: “मपछि आउने मभन्दा शक्‍तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न लायकको समेत म छैन।” यथार्थमा यूहन्‍ना अझै भन्छन्‌: “मपछि आउने मभन्दा अघि जानुभएको छ, किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।”

यसप्रकार “स्वर्गको राज्य नजिकै आएको छ” भन्‍ने यूहन्‍नाको सन्देशद्वारा यहोवाबाट नियुक्‍त राजा येशू ख्रीष्टको सेवाको काम सुरु हुनै लागेको छ भनेर आम सूचना दिइन्छ। यूहन्‍ना १:६-८, १५-२८; मत्ती ३:१-१२; लूका ३:१-१८; प्रेषित १९:४.

▪ यूहन्‍ना कस्ता मानिस हुन्‌?

▪ यूहन्‍नाले मानिसहरूलाई किन बप्तिस्मा गराउँछन्‌?

▪ राज्य नजिकै आएको छ भनेर यूहन्‍ना किन भन्‍न सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने