प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. २०
  • कानामा रहँदा दोस्रो चमत्कार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कानामा रहँदा दोस्रो चमत्कार
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • कानामा दोस्रो चमत्कार
    येसु—बाटो, सत्य र जीवन
  • येसु पहिलो चमत्कार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशूको प्रथम चमत्कार
    सबैभन्दा महान्‌ पुरुष
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. २०

अध्याय २०

कानामा रहँदा दोस्रो चमत्कार

यहूदियामा विस्तृत प्रचार अभियानपछि येशू आफ्नो गाउँ-घरतर्फ फर्किनुहुन्छ, तर आराम गर्नका लागि होइन। आफू हुर्केको ठाउँ गालीलमा अझ बढी सेवाको काम सुरु गर्नुहुन्छ। तर उहाँका चेलाहरूचाहिं उहाँसँग बस्नुको सट्टा आ-आफ्ना घरतर्फ पुरानो व्यवसाय गर्न फर्कन्छन्‌।

येशू के सन्देश प्रचार गर्न थाल्नुहुन्छ? “परमेश्‍वरको राज्य नजिकै आएको छ। हे मानिसहरू हो, पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर।” मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ? गालीलीहरूले येशूलाई स्वागत गर्छन्‌। सबैले उहाँको इज्जत गर्छन्‌। तथापि तिनीहरूको यस्तो प्रतिक्रियाको विशेष कारण उहाँको सन्देश होइन। यिनीहरूमध्ये धेरै जना महिनौंअघि निस्तार-चाडका निम्ति यरूशलेममा थिए र येशूले त्यहाँ देखाउनुभएका अद्‌भुत चिन्हहरू देखेकाले यिनीहरूले उहाँको इज्जत गरेका हुन्‌।

स्पष्टतः येशूले गालीलमा आफ्नो महान्‌ सेवाको काम कानाबाट सुरु गर्नुहुन्छ। तपाईं याद गर्न सक्नुहुन्छ, सुरुमा त्यहाँ एउटा विवाह समारोहमा उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। यो दोस्रो अवसरमा, राजा हेरोद एन्टिपासका एक सरकारी कर्मचारीको छोरो धेरै नै बिरामी भएको छ। यहूदियाबाट येशू कानामा आउनुभएको छ भनी सुनेर ती कर्मचारी आफ्नो घर कफर्नहुमबाट येशूलाई भेट्‌न आउँछन्‌। दुःखित भएर तिनले आग्रह गर्छन्‌: “हे प्रभु, मेरो सानो बाबु मर्नुअघि नै मसित आइदिनुहोस्‌।”

येशू भन्‍नुहुन्छ: “जाऊ, आफ्नो बाटो लाग, तिम्रो छोरा बाँच्छ।” हेरोदका कर्मचारीले विश्‍वास गर्छन्‌ र आफ्नो घर फर्कन लामो यात्रामा लाग्छन्‌। बाटोमा हतार-हतार गर्दै छोरो निको भयो भन्‍ने राम्रो समाचार सुनाउन आइरहेका आफ्ना चाकरहरूलाई तिनले भेट्‌छन्‌! तिनी सोध्छन्‌, ‘कुन बेला ऊ निको भयो?’

तिनीहरू भन्छन्‌, “हिजो दिउँसो एक बजे।”

येशूले तिनलाई “तिम्रो छोरा बाँच्छ” भन्‍नुभएको बेलादेखि नै छोरा निको भएको रहेछ भनी कर्मचारीले थाह पाउँछन्‌। अनि तिनी आफै र तिनका सारा परिवार येशूका चेला हुन्छन्‌।

यसप्रकार यहूदियाबाट फर्केर आएपछि येशूले कानामा दुई पटक चमत्कार देखाउनुभयो। वास्तवमा यस बेलासम्म उहाँले यी चमत्कारहरू मात्रै देखाउनुभएको होइन। तर ती दुई चमत्कार गालीलमा उहाँ फेरि आउनुभएको कुरासित सम्बन्धित भएकोले महत्त्वपूर्ण छन्‌।

येशू यसपछि आफ्नो घर नासरततर्फ लाग्नुहुन्छ। त्यहाँ उहाँलाई के हुनेछ? यूहन्‍ना ४:४३-५४; मर्कूस १:१४, १५; लूका ४:१४, १५.

▪ येशू गालीलमा फर्केपछि उहाँका चेलाहरूलाई के हुन्छ र मानिसहरूले उहाँको स्वागत कसरी गर्छन्‌?

▪ येशू के चमत्कार देखाउनुहुन्छ र त्यो देख्नेहरूमाथि त्यसले कस्तो असर पार्छ?

▪ यसप्रकार काना येशूको अनुग्रहको पात्र कसरी हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने