ख्रीष्टियन जीवन
यहोवाको सेवा निरन्तर गर्न तिनीहरूलाई तालिम दिनुहोस्
अनुभवहरूले देखाएअनुसार, नयाँ प्रकाशकलाई सुरुदेखि नै जोसिलो भई नियमित तवरमा प्रचारमा भाग लिन तालिम दियौं भने पछि तिनीहरू प्रभावकारी प्रकाशक बन्छन्। (हितो २२:६; फिलि ३:१६) बाइबल विद्यार्थीलाई प्रचारको लागि राम्रो जग बसाल्न सुरुदेखि नै कसरी मदत गर्न सकिन्छ, तल केही सुझावहरू दिइएका छन्:
प्रचार जाने अनुमति पाउने बित्तिकै विद्यार्थीलाई तालिम दिन थाल्नुहोस्। (km ८/१५ पृ. १) हरेक हप्ता प्रचारमा भाग लिनुको महत्त्व तिनलाई राम्ररी बुझाउनुहोस्। (फिलि १:१०) प्रचारको इलाकाबारे सकारात्मक कुरा गर्नुहोस्। (फिलि ४:८) तिनलाई समूह निरीक्षक र अरू प्रकाशकसँग प्रचारमा भाग लिएर सिक्न प्रोत्साहन दिनुहोस्।—हितो १:५. km १०/१२ पृ. ६ अनु. ३
बाइबल विद्यार्थीलाई बप्तिस्मा पछि पनि प्रोत्साहन दिन र प्रचारको लागि तालिम दिन नछोड्नुहोस्। विशेषगरि तिनीसित “परमेश्वरको प्रेम” किताबबाट अध्ययन सकिएको छैन भने यो कुरा लागू हुन्छ।—km १२/१३ पृ. ७
नयाँ प्रकाशकसँग प्रचार गर्दा आफ्नो प्रस्तुति सरल बनाउनुहोस्। तिनको प्रस्तुति सुनेपछि खुलेर प्रशंसा गर्नुहोस्। साथै, अझै प्रभावकारी तरिकामा प्रचार गर्न तिनलाई उपयुक्त सुझावहरू दिनुहोस्।—km ५/१० पृ. ७ अनु. ४