प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. ४ पृ. ७
  • शास्त्रपदको प्रभावकारी परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शास्त्रपदको प्रभावकारी परिचय
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • बाइबल पद प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • प्रभावकारी परिचय
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. ४ पृ. ७

बुँदा ४

शास्त्रपदको प्रभावकारी परिचय

उल्लिखित शास्त्रपद

मत्ति २२:४१-४५

सारांश: शास्त्रपद पढ्‌नुअघि श्रोताको मन तयार पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • कुनै शास्त्रपद पढ्‌नुको कारण विचार गर्नुहोस्‌। शास्त्रपदबाट तपाईँले बुझाउन खोज्नुभएको मुख्य कुरातर्फ श्रोताको ध्यान खिच्नेगरि त्यस शास्त्रपदको परिचय दिनुहोस्‌।

    व्यावहारिक सुझाव

    शास्त्रपदको प्रसङ्‌ग विचार गर्नुहोस्‌। शास्त्रपदको परिचय दिँदा त्यसमा लेखिएको कुरा कसको भनाइ हो वा त्यो पुस्तक कसले लेखेको हो, त्यसबारे सही जानकारी दिनुहोस्‌।

  • बाइबललाई मुख्य आधार बनाउनुहोस्‌। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसित कुराकानी गर्दै हुनुहुन्छ भने बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुरातर्फ ध्यान खिच्नुहोस्‌। यसो गर्दा तपाईँ परमेश्‍वरकै विचार सिकाउँदै हुनुहुन्छ भन्‍ने देखिन्छ।

  • शास्त्रपदप्रति चासो जगाउनुहोस्‌। यस्तो प्रश्‍न सोध्नुहोस्‌, जसको जवाफ बाइबलले दिन्छ; यस्तो समस्याबारे बताउनुहोस्‌, जसको समाधान बाइबलमा पाइन्छ वा यस्तो तथ्य उल्लेख गर्नुहोस्‌, जसबारे बुझ्न बाइबल विवरणले मदत गर्छ।

    व्यावहारिक सुझाव

    तपाईँले कुरा गर्नुहुने विषय र शास्त्रपदबारे श्रोतालाई पहिल्यैदेखि के-के थाह छ, विचार गर्नुहोस्‌। यदि कुनै शास्त्रपदसित श्रोता परिचित छन्‌ भने पनि तिनीहरूको ध्यानाकर्षण गर्ने तरिकामा त्यसलाई प्रस्तुत गर्नुहोस्‌ र त्यसबारे नयाँ तरिकाले सोच्न मदत गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने