प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ८/१५ पृ. २८-३०
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एलीशा एलियाको सेवा गर्न थाल्छन्‌
  • एलीशा आफ्नो काममा लागिरहे
  • “म तिम्रो निम्ति के गरूँ?”
  • एलीशाले देखेको कुरा
  • एलीशाले यहोवामा भरोसा राखे
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आत्मत्याग र वफादारीको नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा परमेश्‍वरको अग्निमय सेना
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • के तपाईं वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ८/१५ पृ. २८-३०

एलीशाले अग्निमय रथहरू देखे — तपाईंले नि?

अरामका राजा परमेश्‍वरका अगमवक्‍ता एलीशालाई पक्रन चाहन्थे। एलीशा चारैतिर पर्खालले घेरिएको दोतान सहरमा बसिरहेका थिए। अरामका राजाले अगमवक्‍ता एलीशालाई पक्रन राती घोडा र रथहरू भएको एउटा ठूलो फौज पठाए र सहर घेर्न लगाए। बिहानसम्ममा त पूरै सहर सेनाहरूले घेरिसकेका थिए।—२ राजा ६:१३, १४.

एलीशाको चाकर बिहानै उठेर बाहिर जाँदा तिनले आफ्नो मालिकलाई पक्रन आएका सिपाहीहरूलाई देखे। “हाय, मेरा प्रभु, अब हामी के गरौं?” भनी ती चाकर कराए। एलीशाले तिनलाई यसो भने: “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्‌।” त्यसपछि एलीशाले यसो भनेर प्रार्थना चढाए: “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्‌, र यसले देखोस्‌।” बाइबल विवरण अझै यसो भन्छ: “तब परमप्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाको वरिपरिको डाँडामा अग्निमय घोडा र रथहरू भरिएको देख्यो।” (२ राजा ६:१५-१७) एलीशाको जीवनमा घटेको यो अनि अरू घटनाहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

अरामका राजाले आफूलाई घेराबन्दीमा पार्दा समेत एलीशा अत्तालिएनन्‌ किनभने तिनी यहोवामा भरोसा गर्थे। साथै परमेश्‍वरले सुरक्षा दिनुभएको कुरा तिनी आफैले पनि देखिसकेका थिए। अहिले पनि त्यस्तै चमत्कारहरू भएको त हामी आशा गर्न सक्दैनौं तर यहोवाले आफ्ना जनहरूलाई समूहको रूपमा सुरक्षा दिनुहुन्छ भन्‍ने कुरामा चाहिं ढुक्क हुन सक्छौं। मानौं अहिले पनि हाम्रो वरिपरि सुरक्षा दिने अग्निमय घोडा र रथहरू छन्‌! यदि हामी विश्‍वासको आँखाले ती कुराहरू “हेर्छौं” अनि सधैं परमेश्‍वरमा भर पर्छौं भने “सुरक्षित रहन” सक्नेछौं र यहोवाले दिनुहुने आशिष्‌हरू अनुभव गर्न सक्नेछौं। (भज. ४:८) एलीशाको जीवनमा घटेका अरू घटनाहरूबाट कस्तो पाठ सिक्न सक्छौं, अब हामी विचार गरौं।

एलीशा एलियाको सेवा गर्न थाल्छन्‌

एकदिनको कुरा हो, एलीशा खेत जोतिरहेका थिए। त्यत्तिकैमा अगमवक्‍ता एलिया तिनीकहाँ आउँछन्‌ र आफ्नो खास्टो तिनलाई ओढाइदिन्छन्‌। यसले कुन कुरालाई सङ्‌केत गर्छ भनेर एलीशालाई थाह थियो। त्यसैले तिनी घर गएर भोज गर्छन्‌, बुबाआमासित बिदाबारी हुन्छन्‌ अनि एलियाको सेवा गर्न घर छोडेर जान्छन्‌। (१ राजा १९:१६, १९-२१) एलीशा परमेश्‍वरको सेवा गर्न तुरुन्तै तयार भएको कारण तिनी यहोवाको निम्ति निकै उपयोगी साबित भए। तिनले एलियाको सट्टा अगमवक्‍ताको रूपमा सेवा गर्ने मौका पाए।

एलीशाले लगभग छ वर्षसम्म एलियाको सेवा गरे। त्यतिबेला तिनले “एलियाका हातमा पानी हाल्ने” काम गर्थे। (२ राजा ३:११) त्यतिबेलाका मानिसहरू खाना खानको लागि अहिलेजस्तो काँटा, चम्चाको प्रयोग गर्दैनथे। खाना खाइसकेपछि चाकरले मालिकलाई हात धुन पानी हालिदिन्थे। त्यसैले एलीशाले कहिलेकाहीं तुच्छ देखिने काम पनि गर्नुपर्थ्यो। तैपनि एलियाको सहयोगी हुन पाउनुलाई तिनले सुअवसर ठाने।

अहिले पनि थुप्रै ख्रीष्टियनहरू विभिन्‍न तरिकाले पूर्ण-समय सेवा गरिरहेका छन्‌। आफूमा भएको बलियो विश्‍वासले गर्दा र यहोवाको सेवा गर्न सक्दो गर्ने चाहनाले गर्दा तिनीहरू यस्तो निर्णय गर्न उत्प्रेरित हुन्छन्‌। पूर्ण-समय सेवामा लागिसकेपछि तिनीहरूले आफ्नो घर छोडेर बेथेल, निर्माणकार्य अनि अरू क्षेत्रमा काम गर्नुपर्ने हुन सक्छ। कहिलेकाहीं यस्तो ठाउँमा गरिने कामहरू तुच्छ पनि देखिन सक्छ। तर त्यस्तो कामलाई कुनै पनि ख्रीष्टियनले तुच्छ दृष्टिले हेर्नु हुँदैन किनभने यहोवाको नजरमा ती कामहरू अनमोल छन्‌।—हिब्रू ६:१०.

एलीशा आफ्नो काममा लागिरहे

‘परमप्रभुले एलियालाई स्वर्गमा आँधीबेह्रीद्वारा उठाइलानुअघि’ उहाँले ती अगमवक्‍तालाई गिलगालदेखि बेतेलसम्म पठाउनुहुन्छ। एलिया एलीशालाई आफ्नो पछिपछि नआउनू भन्छन्‌। तर एलीशा यसो भन्छन्‌: “म तपाईंलाई छोड्‌नेछैनँ।” यात्रा गर्दै गर्दा एलिया अझै दुई पटकसम्म एलीशालाई आफ्नो पछि नलाग्न भन्छन्‌। तर एलीशा मान्दैनन्‌। (२ राजा २:१-६) रूथ नाओमीसित टाँसिएजस्तै एलीशा एलियासित टाँसिन्छन्‌। (रूथ १:८, १६, १७) किन? एलियाको सेवा गर्न परमेश्‍वरले दिनुभएको जिम्मेवारीप्रति एलीशा कृतज्ञ थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

एलीशाले हाम्रो लागि असल उदाहरण बसाले। यहोवाको सङ्‌गठनमा पाएको जिम्मेवारी पूरा गर्दा यहोवाकै सेवा गरिरहेको छु भन्‍ने कुरा मनमा राख्यौं भने हामी त्यो जिम्मेवारीलाई हल्कासित लिनेछैनौं, बरु त्यसको एकदमै कदर गर्नेछौं। हाम्रो लागि त्योभन्दा सम्मानजनक कुरा अरू के नै छ र!—भज. ६५:४; ८४:१०.

“म तिम्रो निम्ति के गरूँ?”

एलिया र एलीशा यात्रा गर्दैछन्‌। यात्राको क्रममा एलिया एलीशालाई सोध्छन्‌: “म तिम्रो निम्ति के गरूँ?” वर्षौंअघिका राजा सुलेमानले जस्तै एलीशा पनि यहोवाको सेवा अझै राम्रोसँग गर्न मदत गर्ने कुरा माग्छन्‌। तिनी एलियालाई यसो भन्छन्‌: “तपाईंको आत्माको दोब्बर भाग ममाथि परोस्‌।” (१ राजा ३:५, ९; २ राजा २:९) व्यवस्थाअनुसार इस्राएलमा जेठो सन्तानले सम्पत्तिको दोब्बर भाग पाउने गर्थ्यो। (व्यव. २१:१५-१७) त्यसैले एलीशाले एलियालाई दोब्बर आध्यात्मिक सम्पत्ति मागेका थिए भनेर हामी भन्‍न सक्छौं। एलियामा “ठूलो जोस” थियो। त्यस्तै जोस अनि साहस एलीशा पनि पाउन चाहन्थे भन्‍ने कुरा स्पष्ट छ।—१ राजा १९:१३, १४.

आफ्नो चाकरले त्यस्तो बिन्ती गर्दा एलियाले के गरे? “तिमीले ता गाहारो कुरा पो माग्यौ। यदि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने तिम्रो इच्छा पूरा हुनेछ। तर तिमीले देखेनौ भने तिम्रो इच्छा पूरा हुनेछैन” भनेर एलियाले बताए। (२ राजा २:१०) एलियाले दिएको जवाफमा दुइटा महत्त्वपूर्ण कुरा लुकेको थियो जस्तो देखिन्छ। पहिलो, परमेश्‍वरले मात्र त्यस्तो बिन्तीको सुनुवाइ गर्न सक्नुहुन्छ भनेर एलियाले भन्‍न खोजिरहेका थिए। दोस्रो, मागेको कुरा पाउने हो भने जस्तोसुकै परिस्थिति आए पनि उनको साथ छोड्‌नु हुँदैन भनेर एलियाले सङ्‌केत गरिरहेका थिए।

एलीशाले देखेको कुरा

एलियाको शक्‍तिको दोब्बर भाग पाऊँ भनेर एलीशाले गरेको बिन्ती यहोवाले सुन्‍नुभयो त? विवरण यसो भन्छ: ‘उनीहरू बात गर्दै अगि बढ्‌न लागे। औ एक्कासि अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे। त्यसले उनीहरूलाई एक अर्काबाट अलग गऱ्‍यो, र एलियालाई स्वर्गमा भुमरीले उठाएर लग्यो। तब एलीशाले त्यो देखे।’a हो, यहोवाले तिनको बिन्ती सुन्‍नुभयो। एलियालाई उठाएर आफूदेखि अन्तै लगिएको एलीशाले देखे। त्यसपछि तिनले एलियाको शक्‍तिको दोब्बर भाग पाए र आध्यात्मिक अर्थमा एलियाको उत्तराधिकारी बने।—२ राजा २:११-१४.

एलीशा भुइँमा खसेको एलियाको खास्टो उठाउँछन्‌ र ओढ्‌छन्‌। त्यस खास्टोले एलीशा परमेश्‍वरको अगमवक्‍ता नियुक्‍त भएको कुरालाई सङ्‌केत गऱ्‍यो। एलीशाले यर्दन नदीको पानीलाई चमत्कार गरेर दुई भाग पारेपछि यो कुरा झनै प्रमाणित भयो।

आँधीबेहरीद्वारा एलियालाई उठाइलगिएको दृश्‍यले एलीशाको मनमा पक्कै पनि गहिरो छाप पाऱ्‍यो। हुन पनि अग्निमय रथ र अग्निमय घोडाहरू सबैले कहाँ देख्न पाउँछन्‌ र? यहोवाले एलीशाको बिन्ती सुन्‍नुभयो भन्‍ने कुराको यो एउटा प्रमाण थियो। परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिंदा हामी अग्निमय रथ र अग्निमय घोडाहरू त देख्न सक्दैनौं। तर यहोवाले हामीलाई मदत गर्न र आफ्नो इच्छा पूरा गर्न उहाँको ठूलो शक्‍ति प्रयोग गरिरहेको स्पष्ट प्रमाण हामीसँग अहिले पनि छ। यहोवाले आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई आशिष्‌ दिइरहनुभएको देख्नु भनेको हामीले वास्तवमा यहोवाको स्वर्गीय रथ अघि बढिरहेको देखेसरह हो।—इज. १०:९-१३.

यहोवा कत्तिको शक्‍तिशाली हुनुहुन्छ भनेर एलीशाले थुप्रै पटक अनुभव गर्ने मौका पाए। यहोवाको पवित्र शक्‍ति पाएर एलीशाले १६ वटा चमत्कार गर्न सके। एलियाले गरेको चमत्कारभन्दा दुई गुणा धेरै!b यस लेखको सुरुमा चर्चा गरिएझैं दोतानलाई अरामी सेनाहरूले घेरेको बेला एलीशाले दोस्रो पटक अग्निमय घोडाहरू र रथहरू देखे।

एलीशाले यहोवामा भरोसा राखे

शत्रुहरूले आफू बसिरहेको सहर दोतानलाई घेर्दासमेत एलीशा अत्तालिएनन्‌। किन? किनभने तिनले यहोवाप्रति बलियो विश्‍वास खेती गरेका थिए। हाम्रो विश्‍वास पनि त्यत्तिकै बलियो हुनुपर्छ। त्यसैले विश्‍वास र पवित्र शक्‍तिको फलका अरू गुणहरू खेती गर्न सकौं भनेर यहोवासित पवित्र शक्‍ति मागिरहौं।—लूका ११:१३; गला. ५:२२, २३.

दोतानमा घटेको घटनाले गर्दा यहोवा र उहाँका अदृश्‍य सेनाहरूमा एलीशाले अझ भरोसा गर्न सिके। दोतान सहरलाई घेरा हाल्ने सेनाहरूलाई वरिपरिबाट घेर्न यहोवाले आफ्ना स्वर्गदूतहरू पठाउनुभएको छ भनेर एलीशाले देखे। शत्रुहरूलाई अन्धो बनाइदिएर यहोवाले चमत्कारपूर्ण ढङ्‌गमा एलीशा र तिनको चाकरलाई बचाउनुभयो। (२ राजा ६:१७-२३) अरू बेलाजस्तै त्यो आपत्‌को घडीमा पनि एलीशाले विश्‍वास देखाए र यहोवालाई पूर्णरूपले भरोसा गरे।

एलीशाले जस्तै हामी पनि यहोवालाई भरोसा गरौं। (हितो. ३:५, ६) त्यसो गऱ्‍यौं भने उहाँले ‘हामीमाथि अनुग्रह गर्नुहुनेछ र हामीलाई आशीर्वाद दिनुहुनेछ।’ (भज. ६७:१) हुन त हामीलाई साँच्चैको अग्निमय घोडा र रथहरूले घेरेको छैन तर आउँदै गरेको “महासङ्‌कष्ट”-मा भने यहोवाले हाम्रो विश्‍वव्यापी परिवारलाई जोगाउनुहुनेछ। (मत्ती २४:२१; प्रका. ७:९, १४) त्यतिन्जेल “परमेश्‍वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ” भन्‍ने कुरा कहिल्यै नबिर्सौं।—भज. ६२:८.

a एलिया स्वर्गमा उठाएर लगिए भन्‍नुको मतलब तिनी यहोवा र उहाँका आत्मिक छोराहरू बस्ने ठाउँमा लगिए भन्‍न खोजिएको होइन। प्रहरीधरहरा, सेप्टेम्बर १५, १९९७ को पृष्ठ १५ हेर्नुहोस्‌।

b प्रहरीधरहरा, अगस्त १, २००५, पृष्ठ १० हेर्नुहोस्‌।

हामीले हालसालै जितेका केही मुद्दाहरू

  • २४३—यहोवाका साक्षीहरूले संसारभरिका उच्च अदालतहरूमा जितेका मुद्दाहरू

  • फ्रान्स—८२ लाख अमेरिकी डलर फिर्ता

    विगत १५ वर्षदेखि चलिरहेको मुद्दाको फैसला भएपछि सन्‌ २०१२, डिसेम्बर ११ का दिन फ्रान्स सरकारले यहोवाका साक्षीहरूलाई फिर्ता गरेको जम्मा रकम। यो करिब ७,१३,३१,८०,००० रुपैयाँ हुन आउँछ

  • ग्रीस—राज्यसभा

    ग्रीसको राज्यसभाले यहोवाका साक्षीहरू चिरपरिचित ख्रीष्टियनहरू हुन्‌ र तिनीहरूसँग उपासना गर्ने भवन बनाउने अधिकार छ भनेर नोभेम्बर २, २०१२ मा मानिलियो

  • २०—सन्‌ २००० अप्रिलदेखि मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा यहोवाका साक्षीहरूले जितेका मुद्दाहरू

  • दक्षिण कोरिया—संयुक्‍त राष्ट्रसंघीय मानवअधिकार समितिको निर्णय

    अक्टोबर २५, २०१२: आफ्नो अन्तस्करणले नमानेको कारण सैन्य सेवामा लाग्न इन्कार गरेका ३८८ जना यहोवाका साक्षीहरूको अधिकार हनन भएकोले ती साक्षीहरूको क्षतिपूर्ति गरिदिन दक्षिण कोरियालाई आदेश दिइयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने