बुँदा ५
ठीकसित पढ्ने
१ तिमोथि ४:१३
सारांश: जस्तो लेखिएको छ, ठूलो स्वरमा त्यस्तै पढ्नुहोस्।
कसरी गर्न सकिन्छ?
राम्ररी तयारी गर्नुहोस्। तपाईँले पढ्न लाग्नुभएको कुरा किन लेखियो भनेर विचार गर्नुहोस्। शब्द-शब्द मात्र होइन, वाक्यांश पढ्ने अभ्यास गर्नुहोस्। कुनै पनि शब्द नथप्न, नछुटाउन अनि फेरबदल नगर्न होसियार हुनुहोस्। सबै विराम-चिन्हमा ध्यान दिनुहोस्।
प्रत्येक शब्दको सही उच्चारण गर्नुहोस्। कुनै शब्द कसरी उच्चारण गर्ने भनेर तपाईँलाई थाह छैन भने त्यस प्रकाशनको अडियो रेकर्डिङ सुन्नुहोस् वा राम्ररी पढ्न सक्ने कसैलाई सोध्नुहोस्।
प्रस्टसित बोल्नुहोस्। शिर ठाडो गरेर अनि मुख खोलेर प्रस्टसित बोल्नुहोस्। प्रत्येक अक्षर राम्ररी उच्चारण गर्ने कोसिस गर्नुहोस्।