प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१५ p. ३२
  • “आहा! कत्ति राम्रो चित्र!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आहा! कत्ति राम्रो चित्र!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • नेतृत्व लिने निरीक्षकहरू—प्रहरीधरहरा अध्ययन सञ्चालक
    हाम्रो राज्य सेवकाई—१९९८
  • मण्डली पुस्तक अध्ययनले शैक्षिक क्रियाकलापहरू प्रवर्धन गर्छ
    हाम्रो राज्य सेवकाई—१९९४
  • आफ्नो आशा सबैको सामु जाहेर गर्न नछाड्‌नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१५ p. ३२

“आहा! कत्ति राम्रो चित्र!”

प्रहरीधरहरा पत्रिकाको नयाँ अङ्‌क खोलेपछि तपाईंले आफैसित वा अरूसित यो उद्‌गार कति पटक व्यक्‍त गर्नुभएको छ? यी सुन्दर चित्र तथा तस्वीरहरू तयार पार्न निकै समय र मेहनत खर्च हुन्छ। यी चित्र तथा तस्वीरहरू उद्देश्‍यसहित राखिएका हुन्छन्‌। यसले हाम्रो मन छुन्छ र हामीलाई सोच्न लगाउँछ। यी चित्र तथा तस्वीरहरू प्रहरीधरहरा अध्ययनको तयारी गर्न र टिप्पणी दिन अझ मदतकारी हुन सक्छन्‌।

उदाहरणको लागि, प्रत्येक अध्ययन लेखको शीर्षकसँगैको चित्र त्यस लेखको लागि किन उपयुक्‍त छ भनेर विचार गर्न केही समय लगाउनुहोस्‌। यस चित्रले दिन खोजेको सन्देश के हो? यो चित्र लेखको विषय वा मुख्य शास्त्रपदसित कसरी सम्बन्धित छ? छलफल गरिंदै गरेको विषयसित अनि तपाईंको जीवनसित अन्य चित्रहरू कसरी सम्बन्धित छन्‌, त्यसबारे पनि विचार गर्नुहोस्‌।

प्रहरीधरहरा अध्ययन सञ्चालकले श्रोतालाई प्रत्येक चित्र छलफल गरिंदै गरेको विषयसित कसरी सम्बन्धित छ वा ती चित्रहरूले तिनीहरूको व्यक्‍तिगत जीवनमा कस्तो प्रभाव पार्छ भनेर बताउने मौका दिनेछन्‌। कहिलेकाहीं चित्र कुन अनुच्छेदसित सम्बन्धित छ भन्‍ने जानकारी चित्रमुनिको टिप्पणीमा दिइएको हुन्छ। अन्यथा कुन अनुच्छेदमा कुन चित्रबारे छलफल गर्नु राम्रो हुन्छ भन्‍ने निर्णय सञ्चालक आफैले गर्न सक्छन्‌। यसरी पाठकहरूले बाइबलको शिक्षा मनमा उतार्न सकून्‌ भनेर तयार पारिएको चित्रबाट सबैले लाभ उठाउन सक्नेछन्‌।

लेखका चित्रहरूबारे एक जना भाइले यसो भने, “रमाइलो तरिकामा लेखिएको लेखमा चित्रहरूले सुनमा सुगन्ध थप्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने