प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अप्रिल p. ३०-p. ३१ par. ५
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • येसुका अन्तिम शब्दहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • येशूले किन आफ्नो जीवन दिनुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको स्वर सुन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अप्रिल p. ३०-p. ३१ par. ५
येसुलाई दुई जना अपराधीको बीचमा यातनाको खम्बामा झुन्ड्याइएको छ र आकाशमा अन्धकार छाएको छ।

पाठकहरूको प्रश्‍न

आफ्नो मृत्युअघि येसुले भजन २२:१ मा लिपिबद्ध शब्दहरू किन उद्धरण गर्नुभयो?

आफ्नो मृत्युअघि येसुले भन्‍नुभएका अन्तिम शब्दहरूमध्ये केही मत्ति २७:४६ मा यसरी रेकर्ड गरिएको छ: “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?” यी शब्दहरू भन्‍नुभएर येसुले भजन २२:१ मा लिपिबद्ध भजनरचयिता दाउदको भविष्यवाणी पूरा गर्नुभयो। (मर्कु. १५:३४) येसुले आफू निराश भएकोले वा केही समयको लागि यहोवामाथिको विश्‍वास कमजोर भएकोले यी शब्दहरू उद्धरण गर्नुभएको थियो भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। येसुले आफू मर्नुपर्ने कारण राम्रोसँग बुझ्नुभएको थियो र त्यसो गर्न उहाँ इच्छुक हुनुहुन्थ्यो। (मत्ति १६:२१; २०:२८) आफ्नो मृत्यु हुने समयमा यहोवाले उहाँलाई “रक्षा” गर्नुहुनेछैन भन्‍ने कुरा पनि येसुलाई थाह थियो। (अय्यु. १:१०) जस्तोसुकै कष्टकर मृत्यु भोग्नुपरे तापनि आफ्नो वफादारी प्रमाणित गर्ने मौका यहोवाले येसुलाई दिनुभयो।—मर्कु. १४:३५, ३६.

त्यसोभए येसुले यी शब्दहरू किन उद्धरण गर्नुभयो? यसको पक्का कारण हामीलाई थाह नभए पनि यसका सम्भाव्य कारणहरू विचार गरौँ।a

यी शब्दहरू उद्धरण गरेर आफ्नो मृत्युमा यहोवाले हस्तक्षेप गर्नुहुनेछैन भन्‍ने कुरालाई येसुले जोड दिँदै हुनुहुन्थ्यो कि? येसुले यहोवाको मदतविना फिरौतीको मोल तिर्नुपर्ने थियो। उहाँ “सबैको निम्ति मृत्यु चाख्न” मर्नुपर्ने थियो।—हिब्रू २:९.

उक्‍त भजनका केही शब्दहरू उद्धरण गरेर येसुले पूरै भजनतर्फ ध्यान खिच्दै हुनुहुन्थ्यो कि? त्यतिबेलाका यहुदीहरू धेरैजसो भजनहरू कण्ठ गर्ने गर्थे। त्यसैले तिनीहरूले भजनको कुनै एउटा पङ्‌क्‍ति सुन्‍नेबित्तिकै पूरै भजन याद गर्न सक्थे। यदि येसुले यही कुरा मनमा राखेर यी शब्दहरू उद्धरण गर्नुभएको थियो भने उहाँका यहुदी चेलाहरूले यस भजनमा उल्लेख गरिएको उहाँको मृत्युसित सम्बन्धित थुप्रै भविष्यवाणी सम्झेको हुनुपर्छ। (भज. २२:७, ८, १५, १६, १८, २४) साथै यहोवाको शासन पृथ्वीभरि फैलिनेछ भन्‍ने कुरा यस भजनको अन्तमा बताइएको छ।—भज. २२:२७-३१.

दाउदका यी शब्दहरू उद्धरण गरेर येसुले आफू निर्दोष भएको कुरालाई जोड दिँदै हुनुहुन्थ्यो कि? येसुको मृत्युअघि यहुदी न्यायपरिषद्‌ले ईश्‍वरनिन्दाको आरोपमा उहाँविरुद्ध गैर-कानुनी मुद्दा चलायो र उहाँलाई दोषी ठहर गऱ्‍यो। (मत्ति २६:६५, ६६) न्यायपरिषद्‌ले हतारमा रातको समयमा प्रक्रिया अघि बढायो, जुन त्यतिबेलाको कानुनविपरीत थियो। (मत्ति २६:५९; मर्कु. १४:५६-५९) आलङ्‌कारिक प्रश्‍नको रूपमा यी शब्दहरू उद्धरण गरेर येसुले आफूले मृत्युदण्ड पाउन लायकको कुनै काम गरेको छैन भन्‍ने कुरातर्फ ध्यान खिचिरहनुभएको हुन सक्छ।

यहोवाले यस भजनका लेखक दाउदलाई दु:ख भोग्न दिनुभए पनि तिनले उहाँको अनुमोदन गुमाएका थिएनन्‌ भन्‍ने कुरा येसुले सम्झाउँदै हुनुहुन्थ्यो कि? दाउदको प्रश्‍नले परमेश्‍वरमाथिको तिनको विश्‍वास कमजोर भएको देखाउँदैन। प्रश्‍न सोधिसकेपछि यहोवाको बचाउने शक्‍तिमाथि आफ्नो भरोसा रहेको कुरा तिनले व्यक्‍त गरे अनि यहोवाले तिनलाई आशिष्‌ दिइरहनुभयो। (भज. २२:२३, २४, २७) त्यसैगरि “दाउदका छोरा” येसुले पनि यातनाको खम्बामा पीडा भोग्नुभयो। तर यसको अर्थ उहाँले यहोवाको अनुमोदन गुमाउनुभयो भन्‍ने होइन।—मत्ति २१:९.

आफ्नो सत्यनिष्ठा प्रमाणित गर्न सकोस्‌ भनेर यहोवाले उहाँलाई कुनै पनि तरिकामा रक्षा गर्नुहुनेछैन भन्‍ने कुरा थाह भएकोले येसुले गहिरो दुःख व्यक्‍त गर्दै हुनुहुन्थ्यो कि? येसुले पीडादायी मृत्यु भोग्नु यहोवाको सुरुको उद्देश्‍य थिएन। आदम र हव्वाले विद्रोह गरेपछि मात्रै त्यसको आवश्‍यकता पऱ्‍यो। येसुले कुनै गल्ती गर्नुभएको थिएन। तर सैतानले खडा गरेका विवादहरूको जवाफ दिन र मानिसजातिले गुमाएका कुराहरूको लागि फिरौतीको मोल तिर्न उहाँले दुःख भोग्नु र मर्नु आवश्‍यक थियो। (मर्कु. ८:३१; १ पत्रु. २:२१-२४) यहोवाले केही समयको लागि येसुबाट आफ्नो सुरक्षा हटाउनुभएको खण्डमा मात्रै यो सम्भव हुने थियो।

यहोवाले आफूलाई यस्तो तरिकामा मर्न दिनुको कारणतर्फ येसुले आफ्ना चेलाहरूको ध्यान खिच्दै हुनुहुन्थ्यो कि?b यातनाको खम्बामा अपराधीको रूपमा मृत्यु भोग्नु धेरैको लागि ठक्करको कारण हुनेछ भन्‍ने कुरा येसुलाई थाह थियो। (१ कोरि. १:२३) उहाँका चेलाहरूले उहाँको मृत्युको वास्तविक कारणतर्फ ध्यान दिन सकेको खण्डमा तिनीहरूले यसको महत्त्व राम्ररी बुझ्न सक्थे। (गला. ३:१३, १४) यसरी तिनीहरूले उहाँलाई अपराधीको रूपमा होइन तर उद्धारकको रूपमा हेर्न सक्थे।

येसुले यी शब्दहरू उद्धरण गर्नुको कारण जेसुकै भए पनि आफूले यहोवाको इच्छा गर्दै छु भन्‍ने कुरा उहाँलाई थाह थियो। यो भजन उद्धरण गरेको केही बेरपछि येसुले यसो भन्‍नुभयो: “सबै पूरा भयो!” (युह. १९:३०; लुका २२:३७) यहोवाले केही समयको लागि येसुबाट सुरक्षा हटाउनुभएकोले उहाँलाई पृथ्वीमा जुन कामको लागि पठाइएको हो, त्यो काम पूरा गर्न सक्नुभयो। साथै “मोसाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा” उहाँको बारेमा लेखिएका सबै कुरा उहाँले पूरा गर्न सक्नुभयो।—लुका २४:४४.

a यस अङ्‌कको “येसुका अन्तिम शब्दहरूबाट सिक्नुहोस्‌” लेखको अनुच्छेद ९ र १० पनि हेर्नुहोस्‌।

b पृथ्वीमा आफ्नो सेवाको दौडान अरूको विचार बुझ्न येसुले बेलाबेलामा केही भन्‍नुहुन्थ्यो वा प्रश्‍नहरू सोध्नुहुन्थ्यो। तर त्यो उहाँको आफ्नै विचार वा भावना थिएन।—मर्कु. ७:२४-२७; युह. ६:१-५; प्रहरीधरहरा, अक्टोबर १, २०१०, पृ. १२-१३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने