प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ३ पृ. ८-९
  • घरायसी कामको महत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घरायसी कामको महत्त्व
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • जिम्मेवार हुन सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१९
  • छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्‌
    परिवारका लागि
  • छोराछोरीसितको बिछोड सहन सिक्ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • नम्र हुन सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ३ पृ. ८-९
बुबाले भित्तामा रङ्‌ग लगाइरहेको बेला खेलौनाहरू जम्मा गरिरहेको सानो छोरा

परिवारका लागि | छोराछोरी हुर्काउने

घरायसी कामको महत्त्व

चुनौती

केही परिवारमा छोराछोरीले घरायसी काममा सघाएको आशा गरिन्छ र छोराछोरी पनि त्यसो गर्न खुसी हुन्छन्‌। तर अरू कतिपय परिवारमा भने छोराछोरीबाट त्यस्तो मदतको आशा गरिंदैन र छोराछोरी पनि काम गर्न अग्रसर हुँदैनन्‌।

विशेषगरि पश्‍चिमी मुलुकका छोराछोरी परिवारलाई केही दिनेभन्दा परिवारबाट केही पाउने आशा राख्छन्‌ भनेर अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। स्टिभन नाम गरेका एक बुबा यसो भन्छन्‌, “आजभोलि छोराछोरीले भिडियो गेम खेल्न, इन्टरनेट चलाउन र टिभी हेर्न जति समय बिताए पनि तिनीहरूलाई कुनै रोकटोक लगाइँदैन, तिनीहरूबाट निकै कम आशा गरिन्छ।”

तपाईंको विचार कस्तो छ? घरको काममा सघाउ पुऱ्‍याउन मात्र नभई छोराछोरीको आफ्नै हितको लागि पनि उनीहरूलाई घरायसी काम अह्राउनु के साँच्चै महत्त्वपूर्ण छ?

तपाईंले के बुझ्नुपर्छ?

केही आमाबुबा आफ्नो छोराछोरी हप्ताभरि होमवर्क र स्कुलपछिको अतिरिक्‍त क्रियाकलापमा व्यस्त हुने भएकोले उनीहरूलाई काम अह्राउँदैनन्‌। तर छोराछोरीलाई काम अह्राउँदा कस्ता फाइदा हुन्छन्‌ विचार गरौं।

यसले छोराछोरीलाई परिपक्व हुन मदत गर्छ। घरको कामकाजमा मदत गर्ने छोराछोरी स्कुलमा पनि सफल हुने सम्भावना बढी हुन्छ। घरको विभिन्‍न काममा मदत गर्दा यसले छोराछोरीमा आत्मविश्‍वास, अनुशासन र दृढता विकास गराउँछ। कुनै कुरा सिक्न यी गुणहरू हुनैपर्छ।

यसले छोराछोरीमा सेवा गर्ने मनोभाव बढाउँछ। घरको कामकाजमा मदत गर्ने गरेका छोराछोरी ठूलो भएपछि सामाजिक काममा पनि भाग लिने गरेको केहीले याद गरेका छन्‌। घरको कामकाजले उनीहरूलाई आफ्नो भन्दा अरूको आवश्‍यकतालाई ध्यान दिन मदत गर्छ। अर्कोतर्फ, अगाडि चर्चा गरिएका स्टिभन यसो भन्छन्‌: “छोराछोरीलाई कुनै काम दिएन भने उनीहरू अरूबाट सेवा पाउनुपर्छ भन्‍ने सोचाइ राख्छन्‌ अनि हुर्किसकेपछि पनि जिम्मेवारी पूरा गर्न र मेहनत गर्न सिक्दैनन्‌।”

यसले पारिवारिक एकता बढाउँछ। घरको विभिन्‍न कामकाजमा मदत गर्दा छोराछोरीले आफू परिवारको एक बहुमूल्य सदस्य मात्र नभई परिवारप्रति जिम्मेवार भएको महसुस गर्छन्‌। आमाबुबाले घरको कामलाई भन्दा छोराछोरीको स्कुलपछिका अतिरिक्‍त क्रियाकलापलाई महत्त्व दिए भने छोराछोरीले कहिल्यै यस्तो पाठ सिक्न सक्दैनन्‌। आफैलाई सोध्नुहोस्‌, ‘यदि मेरा छोराछोरी त्यस्ता क्रियाकलापमा बढी समय बिताउँछन्‌ तर परिवारसँग भने नजिक छैनन्‌ भने के नै फाइदा भयो र?’

तपाईं के गर्न सक्नुहुन्छ?

सानैदेखि सुरु गर्नुहोस्‌। केहीले छोराछोरी तीन वर्षको हुँदादेखि आमाबुबाले काम सिकाउनुपर्छ भन्छन्‌। अरू भने छोराछोरीलाई दुई वर्ष वा त्योभन्दा पनि सानो उमेरदेखि नै काम सिकाउन सल्लाह दिन्छन्‌। हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा भनेको साना केटाकेटीलाई आफ्नो आमाबुबासँगै काम गर्न र तिनीहरूको नक्कल गर्न मन पर्छ।—बाइबल सिद्धान्त: हितोपदेश २२:६.

उमेर सुहाउँदो काम दिनुहोस्‌। उदाहरणको लागि, तीन वर्षका छोराछोरीले खेलौना टिपेर राख्ने, आफूले पोखेको सानोतिनो कुराहरू सफा गर्नेजस्ता काम गर्न सक्छन्‌। अलि हुर्किएका छोराछोरीले चाहिं कुचो लगाउन, आफ्नो लुगा धुन अनि खाना पकाउन सक्छन्‌। छोराछोरीको क्षमता राम्ररी विचार गर्नुहोस्‌। छोराछोरीले उत्सुकतासाथ घरको काम गरेको देख्दा तपाईं छक्क पर्नुहुनेछ।

घरको कामलाई प्राथमिकता दिनुहोस्‌। छोराछोरीको होमवर्क धेरै हुँदा यसो गर्न गाह्रो हुन सक्छ। पढाइ राम्रो होस्‌ भनेर छोराछोरीलाई घरको काम नलगाउनु “प्राथमिकता राम्रोसँग छुट्याउन नसक्नुको सङ्‌केत हो” भनेर एउटा किताबa बताउँछ। पहिला पनि चर्चा गरिएझैं घरको काम सघाउँदा यसले छोराछोरीलाई अझ राम्रो विद्यार्थी बन्‍न मदत गर्छ। अनि यस्ता कुराहरूले उनीहरूलाई भविष्यमा आफ्नो परिवार सम्हाल्न तयार बनाउँछ।—बाइबल सिद्धान्त: फिलिप्पी १:१०.

परिणामलाई भन्दा उद्देश्‍यलाई ध्यान दिनुहोस्‌। तपाईंले दिनुभएको काम गर्न छोराछोरीलाई तपाईंले सोचेको भन्दा लामो समय लाग्न सक्छ। काम त्यत्ति गुणस्तरीय नहुन सक्छ। त्यसोभए तापनि छोराछोरीलाई सुम्पिएको काम आफैले गरिदिने नगर्नुहोस्‌। तपाईंको उद्देश्‍य छोराछोरीले ठूलो व्यक्‍तिले जस्तै राम्रोसँग काम गरोस्‌ भन्‍ने होइन, उनीहरूलाई जिम्मेवार व्यक्‍ति हुन र कामबाट आनन्द उठाउन सिकाउनु हो।—बाइबल सिद्धान्त: उपदेशक ३:२२.

उचित इनाम दिनुहोस्‌। छोराछोरीलाई घरको काम गरेबापत पैसा दिंदा उनीहरूले जिम्मेवार हुन सिक्छन्‌ भनेर कोही-कोही बताउँछन्‌। अरू भने त्यसले छोराछोरीलाई परिवारलाई केही दिनेभन्दा परिवारबाट केही पाउने कुरामा मात्र ध्यान दिने बनाउँछ भनेर टिप्पणी गर्छन्‌। यदि छोराछोरीसँग पैसा छ भने उनीहरूले काम गर्न इन्कार गर्न सक्छन्‌ भनेर पनि चेतावनी दिन्छन्‌। यसो हुनु भनेको छोराछोरीलाई काम लगाउनुको उद्देश्‍य पूरा नहुनु हो। हाम्रो लागि पाठ? छोराछोरीलाई पैसा दिंद घरको काम गरेबापत दिएको तलब जस्तो गरी नदिनुहोस्‌।

मूल शास्त्रपद

  • “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.

  • ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर।’—फिलिप्पी १:१०.

  • “मानिसले आफ्नो काममा आनन्द उपभोग गर्नुभन्दा अरू असल केही छैन।”—उपदेशक ३:२२.

स्टिभन र स्टेफनी

“घरको काममा सघाउँदा परिवारको लागि केही योगदान दिन सकेको अनुभूति हुन्छ। स-परिवार मिलेर घरभित्र वा बाहिरको काम गर्दा दिनको अन्तमा हामी एक-अर्कासँग घनिष्ठ भएको महसुस गर्छौं। सबैले आफूले सक्ने काम गरेकोमा आनन्द लाग्छ।”—स्टिभन।

“छोरीहरूलाई सानै उमेरदेखि घरको काम दिन्थें। यसले तिनीहरूलाई हुर्किसकेपछि पनि मदत गरेको छ। परिवार एउटा टिम हो र यसमा सबैले मिलेर काम गर्नुपर्छ भनेर सिकाउने कोसिस गर्छौं। हामी आमाबुबाले घरको कामप्रति सकारात्मक दृष्टिकोण राख्यौं भने छोरीहरूले पनि त्यसै गर्न मदत पाउँछन्‌।”—स्टेफनी।

a The Price of Privilege

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने