प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv p. २३७-p. २३९ par. ३
  • बहिष्कृत व्यक्‍तिसित कसरी व्यवहार गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बहिष्कृत व्यक्‍तिसित कसरी व्यवहार गर्ने?
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मिल्दोजुल्दो सामग्री
  • कुनै नातेदार बहिष्कृत हुँदा मसीही वफादारीता देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • प्रियजनले यहोवालाई त्याग्दा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv p. २३७-p. २३९ par. ३

अतिरिक्‍त लेख

बहिष्कृत व्यक्‍तिसित कसरी व्यवहार गर्ने?

हाम्रा कुनै नातेदार वा नजिकका साथीले पाप गरेर पश्‍चात्ताप नगरेकोले तिनलाई मण्डलीबाट निकालिंदा हुने पीडालाई हामी शब्दमा बयान गर्नै सक्दैनौं। यस कुराले हाम्रो मन जति दुख्छ, सायद अरू कुराले दुख्दैन होला। यस मामिलामा हामी बाइबलको निर्देशनलाई कुन हदसम्म मान्छौं त्यसले नै हामी परमेश्‍वरलाई कति प्रेम गर्छौं अनि उहाँको प्रबन्धप्रति कत्तिको वफादार छौं भनेर देखाउन सक्छ। a यस विषयमा उठ्‌ने केही प्रश्‍न विचार गर्नुहोस्‌।

मण्डलीबाट बहिष्कार गरिएकाहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ? बाइबल भन्छ: “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नु . . . जो भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध राख्छ वा जो लोभी वा मूर्तिपूजक वा निन्दक वा पियक्कड वा लुटाहा हो। त्यस्तो मानिससित त खाँदै नखाओ।” (१ कोरिन्थी ५:११) ‘ख्रीष्टको शिक्षामा नरहनेहरूबारे’ यस्तो लेखिएको छ: “उसलाई आफ्नो घरभित्र कहिल्यै पस्न नदेओ र उसलाई अभिवादन पनि नगर। किनकि जसले उसलाई अभिवादन गर्छ, उसका दुष्कर्महरूमा सहभागी हुन्छ।” (२ यूहन्‍ना ९-११) मण्डलीबाट बहिष्कार गरिएकाहरूसित हामी परमेश्‍वरको सेवासित सम्बन्धित कुनै पनि कुरा गर्दैनौं न त तिनीहरूसित सरसङ्‌गत नै गर्छौं। प्रहरीधरहरा (अङ्‌ग्रेजी), सेप्टेम्बर १५, १९८१, पृष्ठ २५ मा यस्तो लेखिएको थियो: “कसैलाई अभिवादन मात्र गर्नु पनि कुराकानी वा मित्रता अघि बढाउने पहिलो कदम हुन सक्छ। के हामी बहिष्कृत व्यक्‍तिसित यस किसिमको पहिलो कदम चाल्न चाहन्छौं?”

तिनीसितको पूरै सम्बन्ध तोड्‌नु के साँच्चै नै आवश्‍यक छ? छ। यसका थुप्रै कारण छन्‌। पहिलो कारण: यसो गरेर हामी परमेश्‍वरप्रति अनि उहाँको वचनप्रति वफादार छौं भनेर देखाउँछौं। सजिलो पर्दा मात्र होइन तर एकदमै गाह्रो परिस्थितिमा पनि हामी परमेश्‍वरको आज्ञा पालन गर्छौं। हामी परमेश्‍वरलाई प्रेम गर्छौं त्यसैले हामी उहाँका सबै आज्ञा पालन गर्छौं। हामीलाई थाह छ, उहाँ न्यायी अनि प्रेम गर्ने परमेश्‍वर हुनुहुन्छ, उहाँका नियमहरू हाम्रै भलाइका लागि हुन्‌। (यशैया ४८:१७; १ यूहन्‍ना ५:३) दोस्रो कारण: पश्‍चात्ताप नगर्ने पापीसित नाता तोड्‌दा हाम्रो र मण्डलीमा भएका सबैको सुरक्षा हुन्छ। परमेश्‍वरसितको हाम्रो सम्बन्ध खतरामा पर्दैन, हाम्रो चालचलनमा उक्‍त पापीको खराब प्रभाव पर्दैन अनि मण्डलीको बदनाम पनि हुन पाउँदैन। (१ कोरिन्थी ५:६, ७) तेस्रो कारण: बाइबल सिद्धान्तप्रतिको हाम्रो दृढ अडानले बहिष्कृत व्यक्‍तिलाई पनि लाभ पुग्न सक्छ। न्यायिक समितिको निर्णयलाई समर्थन गरेर हामी एल्डरहरूबाट पाइने मदत नस्वीकार्ने अनि मन परिवर्तन नगर्ने पापीलाई उसको गल्ती महसुस गराउन सक्छौं। मण्डलीका प्यारा भाइ-बहिनीसितको सङ्‌गत छुटेपछि सायद तिनको ‘होस खुल्नेछ।’ आफूले कत्ति ठूलो पाप गरेको छु भनेर तिनले बुझ्न सक्नेछन्‌ अनि यहोवामा फर्किनको लागि कदम चाल्न सक्नेछन्‌।—लूका १५:१७.

नातेदार बहिष्कार भएका छन्‌ भने के गर्ने? यस्तो अवस्थामा परिवारको सदस्यबीचको नजिकको सम्बन्धले गर्दा हाम्रो वफादारीको कडा परीक्षा हुन सक्छ। मण्डलीबाट बहिष्कार भएका नातेदारसित हामीले कस्तो व्यवहार गर्नुपर्छ? हामी हरेक परिस्थितिबारे बताउन त सक्दैनौं तर साधारणतया उठ्‌ने दुई परिस्थितिमा ध्यान देऔं।

कुनै-कुनै परिस्थितिमा बहिष्कृत व्यक्‍ति परिवारका अरू सदस्यहरूसित एउटै घरमा बसिरहेका हुन सक्छन्‌। मण्डलीबाट बहिष्कार गरियो भन्दैमा परिवारसितको उसको नाता टुट्‌दैन। त्यसैले तिनको दैनिक पारिवारिक कामकाज अनि उठबस पहिलेको जस्तै हुन सक्छ। तर तिनले गलत मार्ग पछ्याएको कारण सच्चाइमा भएका परिवारका सदस्यहरूसित आध्यात्मिक सम्बन्ध भने टुटाइसकेका छन्‌। तिनी स्वयम्‌ले यो नाता तोडेका हुन्‌। यदि हामी यहोवालाई माया गर्दै उहाँप्रति वफादार भएको देखाउन चाहन्छौं भने बहिष्कृत सदस्यलाई परमेश्‍वरको उपासनासित सम्बन्धित कुनै पनि गतिविधिमा हामीसित भाग लिन दिने छैनौं। जस्तै: परिवार मिलेर अध्ययन गर्दा बहिष्कृत व्यक्‍ति त्यहाँ उपस्थित हुन्छन्‌ भने पनि तिनले त्यस अध्ययनमा भाग लिन पाउँदैनन्‌। तर यदि नाबालिग व्यक्‍ति बहिष्कृत भएको हो भने अझै पनि तिनलाई सिकाउनु अनि अनुशासन दिनु तिनका बुबाआमाको जिम्मेवारी हो। त्यसैले मायालु बुबाआमाले बहिष्कृत नाबालिग छोराछोरीसित बाइबल अध्ययन गर्न सक्छन्‌। b—हितोपदेश ६:२०-२२; २९:१७.

अर्को परिस्थिति यस्तो हुन सक्छ: बहिष्कार भएका व्यक्‍ति हाम्रा नातेदार हुन्‌ अनि तिनी हामीसित एउटै घरमा बस्दैनन्‌ होला। यस्तो अवस्थामा परिवारको कुनै जरुरी कामको कारण हामीले तिनलाई कहिलेकाहीं भेट्‌नुपर्ने हुन सक्छ। यस्तो भेटघाट सक्दो कम हुनुपर्छ। परमेश्‍वरप्रति वफादार परिवारका सदस्यहरूले एउटै घरमा नबस्ने बहिष्कृत नातेदारसित उठबस गर्ने बहाना खोज्दैनन्‌। बरु यहोवा अनि उहाँको सङ्‌गठनप्रतिको वफादारीले गर्दा धर्मशास्त्रमा दिइएको बहिष्कार गर्ने प्रबन्धको समर्थन गर्न तिनीहरू उत्प्रेरित हुन्छन्‌। यहोवाप्रति तिनीहरू वफादार रहँदा गल्ती गर्ने नातेदारलाई ठूलो मदत पुग्छ किनभने जुन अनुशासन ती नातेदारले पाउँछन्‌ त्यसबाट तिनले लाभ उठाउन सक्छन्‌। c—हिब्रू १२:११.

a बाइबलको यो सिद्धान्त मण्डली परित्याग गर्नेहरूका लागि पनि लागू हुन्छ।

b बुबाआमासित एउटै घरमा बस्ने नाबालिगलाई बहिष्कार गरिएको छ भने के गर्ने भन्‍नेबारे थप जानकारीको लागि प्रहरीधरहरा, अक्टोबर १, २००१, पृष्ठ १६-१७ अनि प्रहरीधरहरा (अङ्‌ग्रेजी), नोभेम्बर १५, १९८८, पृष्ठ २० हेर्नुहोस्‌।

c यदि कुनै नातेदारलाई बहिष्कार गरिएको छ भने तिनीसित कस्तो व्यवहार गर्ने भन्‍नेबारे प्रहरीधरहरा (अङ्‌ग्रेजी), अप्रिल १५, १९८८, पृष्ठ २६-३१ र हाम्रो राज्य सेवकाई, अगस्त २००२, पृष्ठ ३-४ मा छलफल गरिएको धर्मशास्त्रीय सल्लाह हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने