प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ३/१ पृ. ३
  • स्वर्गबारे सत्य कुरा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गबारे सत्य कुरा के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्ग कस्तो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • सबै असल मानिस स्वर्ग जान्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ३/१ पृ. ३

स्वर्गबारे सत्य कुरा के हो?

स्वर्ग जाने! यो आशा कत्ति रहरलाग्दो सुनिन्छ। मुसलमान, हिन्दू, बौद्धमार्गी, चर्चका सदस्यहरू र धर्ममै चासो नराख्नेहरूले समेत मृत्युपछि जीवनको आशाबारे विभिन्‍न धारणा राख्छन्‌। स्वर्गलाई अक्सर मानिसहरू दुःखकष्टबाट मुक्‍ति पाउने र “मरिसकेका प्रिय जनहरूसित” पुनर्मिलन हुने सुन्दर र आनन्दमय ठाउँको रूपमा कल्पना गर्छन्‌। तर सबैको चाह स्वर्ग जाने भए पनि त्यहाँ जानको लागि मर्न भने कोही चाहँदैनन्‌। किन?

मरिसकेपछि स्वर्ग जानेगरि हामीलाई बनाइएको थियो भने जसरी बच्चा ठूलो हुन चाहन्छ वा जवान व्यक्‍ति विवाह गर्न उत्सुक हुन्छ, त्यसरी नै अझ धेरै मानिस स्वर्ग जान उत्सुक हुने थिएनन्‌ र? तर अधिकांश मानिसहरू मर्नै चाहँदैनन्‌।

तैपनि धर्मगुरुहरू यस्तो दाबी गर्छन्‌, पृथ्वी भनेको बिसाउने एउटा चौतारा मात्र हो, आखिर हामी जाने त स्वर्ग नै हो। उदाहरणका लागि, वासिङ्‌टन डी.सी.-का आर्कविशप एमिरिटस, थिओडर एड्‌गार कार्डिनल म्याक्यारिकले भने: “हामी यो जीवनको लागि बनाइएका होइनौं, स्वर्गको लागि बनाइएका हौं।” त्यसैगरि, अमेरिकाका इभान्जेलिकलहरूको संघका (यु.एस. नेसनल असोसियसन अफ इभान्जेलिकल) पूर्व अध्यक्षले भने: “जीवनको उद्देश्‍य परमेश्‍वरको महिमा गर्ने र स्वर्ग जाने हो . . . किनभने स्वर्ग नै हाम्रो घर हो।”

मृत्युपछि स्वर्गको जीवनमा विश्‍वास गर्नेहरूले साधारणतया सतही जानकारीमा आधारित विश्‍वास राख्छन्‌। धार्मिक विचारधाराहरूबारे अनुसन्धान गर्ने कम्पनीका अध्यक्ष जर्ज बार्नेले थुप्रै मानिसले “जीवन र मृत्युपछिको जीवनबारे राख्ने धारणा चलचित्र, संगीत र उपन्यास जस्ता विभिन्‍न स्रोतमा आधारित” भएको पाए। फ्लोरिडाका एक इपिस्कोपालियन पादरीले यसो भने: “स्वर्गमा परमेश्‍वर बस्नुहुन्छ भन्‍नेबाहेक हामीलाई स्वर्गबारे अरू केही थाह छैन।”

तर स्वर्ग बाइबलको एउटा महत्त्वपूर्ण विषय हो। परमेश्‍वरको वचनअनुसार स्वर्ग कस्तो छ? के मानिसलाई स्वर्गमा बस्न बनाइएको थियो? यदि मानिसहरू स्वर्ग जान्छन्‌ भने त्यहाँ के गर्नेछन्‌? ( w10 -E 02/01)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

धेरै जना स्वर्ग जान चाहन्छन्‌ तर त्यहाँ जानको लागि कोही मर्न भने चाहँदैनन्‌, किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने