प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या २ पृ. १०-११
  • भविष्यमा पूरा हुने प्रतिज्ञाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यमा पूरा हुने प्रतिज्ञाहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “त्यो सफल हुनेछ”
  • परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • आशा
    ब्यूँझनुहोस्‌!—२०१८
  • जब सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नेछन्‌
    ब्यूँझनुहोस्‌!—१९९९
  • समस्या संसारभरिकै, समाधान संसारभरि नै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या २ पृ. १०-११
एक जना पुरुष पहाडहरू हेर्दै

भविष्यमा पूरा हुने प्रतिज्ञाहरू

येशूले भविष्यवाणी गर्नुभएझैँ परमेश्‍वरको राज्यको सुसमाचार पृथ्वीभरि प्रचार गरिँदै छ। (मत्ती २४:१४) दानियलको पुस्तकले यो राज्य परमेश्‍वरको सरकार हो भन्छ। यस पुस्तकको अध्याय २ मा प्राचीन बेबिलोनदेखि अहिले हाम्रो समयसम्म कस्ता-कस्ता विश्‍वशक्‍तिहरू क्रमैसँग देखा पर्नेछन्‌, त्यसबारे भविष्यवाणी गरिएको छ। पछि के हुनेछ भन्‍नेबारे पद ४४ यसो भन्छ:

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिँ सदासर्वदै रहिरहनेछ।”

यो र बाइबलका अरू भविष्यवाणीले परमेश्‍वरको राज्यले पृथ्वीका सबै राज्यलाई हटाउनेछ अनि पृथ्वीमा शान्ति र सुव्यवस्था ल्याउनेछ भनी देखाउँछ। परमेश्‍वरको राज्यले शासन गर्न थालेपछि मानिसको जीवन कस्तो होला? भविष्यमा चाँडै पूरा हुने केही मन छुने प्रतिज्ञाहरू विचार गरौँ।

  • हात मिलाउँदै

    युद्ध हुनेछैन

    भजन ४६:९: “पृथ्वीको अन्तसम्मै [परमेश्‍वरले] युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”

    अहिले हातहतियार बनाउन थुप्रै पैसा र जनशक्‍ति खर्च हुन्छ। यी पैसा र जनशक्‍ति मानिसहरूलाई मार्न नभई तिनीहरूको भलो हुने काममा प्रयोग गर्दा संसारको अवस्था कस्तो होला, कल्पना गर्नुहोस्‌ त! परमेश्‍वरको राज्यमा यो कुरा वास्तविक हुनेछ।

  • चढ्‌दै

    रोगबिमार लाग्नेछैन

    यशैया ३३:२४: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परेँ।’”

    मुटु रोग, क्यान्सर, औलो र अन्य रोगबिमार नभएको संसार कस्तो होला, कल्पना गर्नुहोस्‌! अस्पताल र औषधी आवश्‍यक पर्नेछैन। पृथ्वीका सबै बासिन्दाले स्वस्थ जीवन बिताउनेछन्‌।

  • खानेकुरा

    खानेकुराको अभाव हुनेछैन

    भजन ७२:१६: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”

    पृथ्वीले सबैको लागि प्रशस्त अन्‍न उब्जाउनेछ अनि सबैसँग प्रशस्त खानेकुरा हुनेछ। कोही पनि भोकमरी र कुपोषणको सिकार हुनेछैनन्‌।

  • एक पुरुष, एक महिला र एक बालक

    शोक, पीडा र मृत्यु फेरि कहिल्यै हुनेछैन

    प्रकाश २१:४: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

    यसको मतलब सुन्दर बगैँचारूपी पृथ्वीमा मानिसहरू त्रुटिरहित हुनेछन्‌ र सधैँभरि बाँच्नेछन्‌। यस्तै हुनेछ भनेर हाम्रो मायालु सृष्टिकर्ता यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।

“त्यो सफल हुनेछ”

के यी सबै प्रतिज्ञा काल्पनिक मात्र हुन्‌? अधिकांश मानिस बाइबलमा प्रतिज्ञा गरिएको जस्तो जीवन पाउनु रहरलाग्दो कुरा हो भन्छन्‌। तर विभिन्‍न कारणले गर्दा सधैँभरि बाँच्ने आशाबारे बुझ्न तिनीहरूलाई गाह्रो लाग्छ। यस्तो लाग्नु ठीकै हो किनभने कसैले यस्तो जीवन पाएको हामीले देखेका छैनौँ।

सबै मानिस पाप र मृत्युको दास भएका छन्‌। अनि वर्षौँदेखि दुःख, पीडा र गाह्रा परिस्थिति झेल्दै आउनुपरेकोले धेरैलाई ‘जीवन यस्तै हो’ जस्तो लाग्छ। तर यो कुरा यहोवा परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍यसँग फिटिक्कै मिल्दैन।

आफूले गरेका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर परमेश्‍वरले हामीलाई विश्‍वस्त पार्नुभएको छ। उहाँले आफ्नो वचन पूरा गर्ने सन्दर्भमा जोड दिँदै यस्तो बताउनुभयो: “त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

यहोवा “कहिल्यै झूट नबोल्नुहुने” परमेश्‍वर हुनुहुन्छ भनेर बाइबल बताउँछ। (तीतस १:२) हो, परमेश्‍वरले हाम्रो भविष्यको लागि थुप्रै मन छुने प्रतिज्ञा गर्नुभएको छ। त्यसैले हामीले यी प्रश्‍नहरू विचार गर्नु महत्त्वपूर्ण छ: के परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा सधैँभरि बाँच्न सम्भव छ? परमेश्‍वरका प्रतिज्ञाहरूबाट लाभ उठाउन हामीले के गर्नुपर्छ? यसपछिका लेखहरूले तपाईँलाई यी प्रश्‍नहरूको जवाफ दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने