कुराकानी थाल्ने उदाहरण
राज्य समाचार न. ३८
“यो महत्त्वपूर्ण सन्देश संसारभरि नै वितरण गरिंदैछ र म पनि यस अभियानमा भाग लिंदैछु। तपाईंलाई पनि एउटा दिन चाहन्छु।”
नोट: इलाका पूरै ढाक्न आफ्नो प्रस्तुति छोटो बनाउनुहोस्। तर कोही-कोही घरधनी साँच्चै जिज्ञासु हुन सक्छन् र कुरा गर्न चाहन्छन्। यस्तो अवस्थामा शीर्षकमा सोधिएको प्रश्नबारे तिनको राय बुझ्नुहोस्, भित्रको पानामा भएको बाइबलको जवाफ पढेर सुनाउनुहोस् र समयले दिन्छ भने पर्चाको केही अंश छलफल गर्नुहोस्। कुरा टुङ्ग्याउनुअघि पछाडिपट्टि भएको “यसबारे सोच्नुहोस्”-अन्तर्गत दिइएको प्रश्न देखाउनुहोस् र फेरि भेटेर छलफल गर्न समय मिलाउनुहोस्।
प्रहरीधरहरा अक्टोबर–डिसेम्बर
“बाइबलमा बताइएको नूह भन्ने मानिस र जलप्रलयको घटना चिरपरिचित छ। जलप्रलय साँच्चै आएको थियो जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] चाखलाग्दो कुरा के छ भने, येशूले पनि यस घटनाबारे बताउनुभयो। [मत्ती २४:३७ पढ्नुहोस्] जलप्रलय साँच्चै आएको थियो भनेर विश्वास गर्न सकिने कारणहरू र यसबाट हामीले सिक्न सक्ने महत्त्वपूर्ण पाठहरूबारे यस पत्रिकामा बताइएको छ।”
ब्यूँझनुहोस्! अक्टोबर–डिसेम्बर
“अचाक्ली रक्सी पिउनाले अनेक समस्याहरू आउन सक्छन्। तपाईंको विचारमा रक्सी पिउनुलाई परमेश्वर कस्तो ठान्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] [हितोपदेश २३:२० पढ्नुहोस्] यस पत्रिकामा बाइबलको सन्तुलित दृष्टिकोणबारे बताइएको छ।”