कुराकानी थाल्ने उदाहरण
अक्टोबर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“तपाईंको विचारमा भगवान्ले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] यस विषयमा म तपाईंलाई केही रोचक कुरा देखाऊँ?” अक्टोबर-डिसेम्बर अङ्कको प्रहरीधरहरा-को पृष्ठ १८ मा भएको लेखको शीर्षक पढ्नुहोस्। यदि घरधनीले चासो देखाएमा पहिलो उपशीर्षकमुनिका अनुच्छेदहरू अनि उद्धरण गरिएका शास्त्रपदहरूमध्ये एउटा सँगै पढ्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अक्टोबर-डिसेम्बर
“तपाईंले सायद येशू ख्रीष्टबारे सुन्नुभएको होला। तपाईंले उहाँको भूमिकाबारे कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् ] येशूको भूमिकाबारे पवित्र शास्त्रले के भन्छ, म तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा यूहन्ना १७:३ पढ्नुहोस् ] यस पत्रिकामा येशूबारे साँचो कुरा बताइएको छ। जस्तै:- उहाँ कहाँबाट आउनुभयो, उहाँले कसरी जीवन बिताउनुभयो अनि किन आफ्नो जीवन दिनुभयो।”