प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ४-५
  • मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १. सृष्टिकर्ताले घाम लगाइदिनुहुन्छ
  • २. सृष्टिकर्ताले पानी बर्साउनुहुन्छ
  • ३. सृष्टिकर्ताले खानेकुरा र लुगाफाटाको प्रबन्ध गर्नुहुन्छ
  • परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको सृष्टिकर्ता—उहाँ कस्तो हुनुहुन्छ, सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सबै कुरा बनाउनुहुने व्यक्‍ति
    महान्‌ शिक्षकबाट सिकौं
  • हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ४-५
उदाइरहेको सूर्य पहाडमाथि देखिन्छ।

मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ

१. सृष्टिकर्ताले घाम लगाइदिनुहुन्छ

घाम नलागेको भए के पृथ्वीमा जीवन सम्भव हुन्थ्यो र? घामले उर्जा दिने भएकोले बोटबिरुवामा पात, फूल, फल, काष्ठफल र बिउ लाग्ने गर्छ। साथै त्यसले बोटबिरुवालाई जरामार्फत माटोबाट पानी सोसेर हाँगाहरू र पातहरूमा पुऱ्‍याउन मदत गर्छ। घामले गर्दा नै बोटबिरुवाबाट पानी वाफको रूपमा हावामा फैलन्छ।

माथिबाट खिचिएको पहाडी भेगको कलकलाउँदो चिया बगानको दृश्‍य।

२. सृष्टिकर्ताले पानी बर्साउनुहुन्छ

वर्षा ईश्‍वरले दिनुभएको एउटा अमूल्य उपहार हो, जसले गर्दा पृथ्वीले खानेकुरा उब्जाउँछ। ईश्‍वरले हाम्रो लागि आकाशबाट पानी बर्साउनुहुन्छ र ऋतुअनुसार प्रशस्त बाली दिनुहुन्छ। हामी खानेकुरा खाएर तृप्त हुन्छौँ र हृदय आनन्दले भरिन्छ।

एउटा चरा हाँगामा बसेर झर्न लागेको फल खान खोज्दै छ।

३. सृष्टिकर्ताले खानेकुरा र लुगाफाटाको प्रबन्ध गर्नुहुन्छ

धेरैजसो बुबाहरू आफ्नो परिवारको लागि पुग्दो खानेकुरा र लुगाफाटा जुटाउनेबारे चिन्ता गर्छन्‌। यसबारे धर्मशास्त्र यसो भन्छ: “आकाशका चराचुरुङ्‌गीलाई नियालेर हेर किनभने तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त भण्डारमै जम्मा गर्छन्‌ तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?”—मत्ति ६:२५, २६.

“मैदानका लिली फूलहरू कसरी बढ्‌छन्‌, त्यो हेरेर पाठ सिक। . . . तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित [राजा] सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌। यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने . . . के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न?”—मत्ति ६:२८-३०.

ईश्‍वरले हामीलाई खानेकुरा र लुगाफाटाको प्रबन्ध गरिदिन सक्नुहुन्छ भने उहाँले हाम्रा अन्य आवश्‍यकताहरू पनि पूरा गर्न निश्‍चय नै मदत गर्न सक्नुहुन्छ। हामी ईश्‍वरको स्तरलाई पहिलो स्थानमा राख्छौँ भने उहाँले खेतीपातीको लागि हामीले गरेको प्रयासमा आशिष्‌ दिनुहुन्छ वा काम खोज्न मदत गर्नुहुन्छ र त्यसबाट कमाएको पैसाले हामी खानेकुरा किन्‍न सक्छौँ।—मत्ति ६:३२, ३३.

घाम, वर्षा, चराचुरुङ्‌गी र फूललाई नियालेर हेर्दा हामीले ईश्‍वरलाई माया गर्नुपर्ने पक्कै पनि राम्रा कारणहरू भेट्टाउँछौँ। यसपछिको लेखमा सृष्टिकर्ताले कसरी मानवजातिसित कुरा गर्नुहुन्छ भनेर छलफल गर्नेछौँ।

हाम्रो सृष्टिकर्ताले “घाम लगाइदिनुहुन्छ अनि . . . पानी बर्साउनुहुन्छ।”—मत्ति ५:४५.

हाम्रो सृष्टिकर्ता हामीलाई धेरै माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ। मायालु बुबाले जस्तै उहाँ हाम्रो हेरचाह गर्नुहुन्छ। पवित्र धर्मशास्त्रमा ईश्‍वर उदार प्रबन्धक हुनुहुन्छ भनी बताइएको छ र उहाँलाई ‘तपाईँले माग्नुभन्दा अघि नै तपाईँलाई के चाहिन्छ भनेर थाह छ।’—मत्ति ६:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने