प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १०५
  • मुक्‍ति पाउनु भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मुक्‍ति पाउनु भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • तपाईंको “मुक्‍तिको आशा” उज्ज्वल राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उद्धार—यसको वास्तविक अर्थ के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ‘एक पटक मुक्‍ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के यहोवाका साक्षीहरू आफू मात्र बच्नेछन्‌ भनी विश्‍वास गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १०५
डुब्दै गरेको मानिसले अर्को व्यक्‍तिको हात समात्ने प्रयास गर्दै

मुक्‍ति पाउनु भनेको के हो?

बाइबलको जवाफ

बाइबल लेखकहरूले कुनै खतरा वा विनाशबाट बच्ने कुरालाई बुझाउन “बाँच्ने आशा” र “उद्धार”-जस्ता शब्दहरू प्रयोग गरेका छन्‌। (प्रस्थान १४:१३, १४; प्रेषित २७:२०) यी शब्दहरूले पापबाट मुक्‍ति पाउने कुरालाई बुझाउँछ। (मत्ती १:२१) पापको कारणले हामी मर्नु परेको हो। त्यसैले पापबाट मुक्‍ति पायौं भने अनन्त जीवनको आशा पाउन सक्छौं।—यूहन्‍ना ३:१६, १७.a

मुक्‍ति पाउने बाटो कुन हो?

मुक्‍ति पाउन येशूमा विश्‍वास गर्नै पर्छ अनि विश्‍वास गरेको देखाउन उहाँका आज्ञाहरू पालन गर्नुपर्छ।—प्रेषित ४:१०, १२; रोमी १०:९, १०; हिब्रू ५:९.

बाइबलअनुसार कामविनाको विश्‍वास मरेको हुन्छ। (याकूब २:२४, २६) तर यसको मतलब हामी आज्ञाकारी हुँदैमा मुक्‍ति पाउन सक्दैनौं। किन? किनभने मुक्‍ति “परमेश्‍वरको वरदान” हो र यो उहाँको “असीम अनुग्रह”-बाट मात्र पाउन सक्छौं।—एफिसी २:८, ९.

एक पटक मुक्‍ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन भन्‍न सकिन्छ?

सकिंदैन। मानौं, पानीमा डुब्न लागेको व्यक्‍तिलाई कसैले बचायो। तर ऊ फेरि कहिल्यै डुब्दैन अथवा पानीमा हाम फाल्दैन भन्‍न सकिन्छ र? त्यसैगरि पापीले एक पटक मुक्‍ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन भन्‍न सकिंदैन। किनभने परमेश्‍वरको स्तर उल्लङ्‌घन गऱ्‍यो भने उसले पाएको मुक्‍ति गुम्न सक्छ। त्यसैले बाइबलले मुक्‍ति पाइसकेका सबै ख्रीष्टियनलाई “विश्‍वासको निम्ति अझ परिश्रम” गर्न आग्रह गरेको छ। (यहूदा ३) साथै यस्तो सल्लाह पनि दिइएको छ, “आफ्नो उद्धारको निम्ति पनि त्यसरी नै डर र कम्पसहित प्रयत्न गरिरहो।”—फिलिप्पी २:१२.

मुक्‍तिदाता को हुनुहुन्छ—परमेश्‍वर कि येशू?

मुक्‍तिको मुख्य स्रोत परमेश्‍वर हुनुहुन्छ अनि उहाँ नै “उद्धारक” अर्थात्‌ मुक्‍तिदाता हुनुहुन्छ भनेर बाइबल बताउँछ। (१ शमूएल १०:१९; यशैया ४३:११; तीतस २:१०; यहूदा २५) प्राचीन समयमा परमेश्‍वरले थुप्रै मानिसमार्फत इस्राएलीहरूलाई उद्धार गर्नुभयो। बाइबलमा तिनीहरूलाई “उद्धारकहरू” भनिएको छ। (नहेम्याह ९:२७; न्यायकर्त्ता ३:९, १५; २ राजा १३:५)b साथै परमेश्‍वरले येशूको फिरौतीको बलिदानमार्फत पापबाट मुक्‍ति दिनुहुनेछ। यही कारणले बाइबलमा येशू ख्रीष्टलाई “उद्धारक” अर्थात्‌ मुक्‍तिदाता भनिएको हो।—प्रेषित ५:३१; तीतस १:४.c

के सबैले मुक्‍ति पाउनेछन्‌?

अहँ, कसै-कसैले पाउनेछैनन्‌। (२ थिस्सलोनिकी १:९) येशूलाई एक जना मानिसले यस्तो प्रश्‍न सोधे, “हे प्रभु, के थोरैले मात्र उद्धार पाउँछन्‌?” जवाफमा उहाँले यसो भन्‍नुभयो, “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर। किनकि म तिमीहरूलाई भन्छु, धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन्‌ तर सफल हुनेछैनन्‌।”—लूका १३:२३, २४

सम्पूर्ण मानिसजातिले मुक्‍ति पाउने सन्दर्भमा गलत धारणा

गलत धारणा: पहिलो कोरिन्थी १५:२२ मा “ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ” भनेर बताइएको छ। त्यसैले सबैले मुक्‍ति पाउनेछन्‌।

तथ्य: यस शास्त्रपदमा उल्लेख गरिएको कुरा पुनर्जीवनको सन्दर्भमा भनिएको हो। (१ कोरिन्थी १५:१२, १३, २०, २१, ३५) त्यसैले “ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ” भन्‍ने कुराले पुनर्जीवित हुनेहरूले ख्रीष्टद्वारा जीवन पाउनेछन्‌ भनिएको हो।—यूहन्‍ना ११:२५.

गलत धारणा: तीतस २:११ (NRV) मा परमेश्‍वरले ‘सबै मानिसहरूलाई मुक्‍ति’ दिनुहुन्छ भनेर बताइएको छ। त्यसैले सम्पूर्ण मानवजातिले उद्धार पाउन सक्छ।

तथ्य: ग्रीकबाट अनुवाद गरिएको “सबै” शब्दले “हरेक जाति वा थरीथरी” भन्‍ने अर्थ दिन्छ।d त्यसैले सबै शब्दले सम्पूर्ण मानवलाई नभई सम्पूर्ण जातिलाई बुझाएको हो। यसमा परमेश्‍वरले उद्धार दिनुहुने “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसहरू पर्छन्‌।—प्रकाश ७:९, १०.

गलत धारणा: दोस्रो पत्रुस ३:९ मा “कोही पनि नाश नहोस्‌” भनेर बताइएको कुराबाट सबैले मुक्‍ति पाउनेछन्‌ भन्‍ने स्पष्ट छ।

तथ्य: मानिसहरू बाँचून्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। तर मुक्‍ति पाउने बाटोमा हिंड्‌न कसैलाई जबरजस्ती गर्नुहुन्‍न। उहाँले “न्याय”-को दिनमा “भक्‍तिहीन” मानिसहरूलाई विनाश गर्नुहुनेछ।—२ पत्रुस ३:७.

a हुन त मानिसले अहिल्यै नै पाप र मृत्युबाट मुक्‍ति पाइसकेको छैन। तैपनि तिनीहरूले “उद्धार” पाइसकेका छन्‌ भनेर बाइबल बताउँछ।—एफिसी २:५; रोमी १३:११.

b यी शास्त्रपदहरूमा “उद्धारक” भन्‍ने शब्दलाई अरू बाइबल अनुवादमा “विजयी,” “मुक्‍तिदाता,” “नायक,” “नेता” अथवा “कोही” भनेर अनुवाद गरिएको पाइन्छ। मौलिक हिब्रू बाइबलमा परमेश्‍वर उद्धारक हुनुहुन्छ भनेर बुझाउन जुन शब्द प्रयोग गरिएको छ, मानिसहरूको लागि पनि त्यही शब्द प्रयोग गरिएको पाइन्छ।—भजन ७:१०.

c येशू नाम हिब्रू शब्द यहोशुआ-बाट लिइएको हो। यसको अर्थ हो, “परमेश्‍वर उद्धारक हुनुहुन्छ।”

d भाइन्स कम्प्लीट एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस्‌ हेर्नुहोस्‌। मत्ती ५:१ मा यही ग्रीक शब्द येशूले भन्‍नुभएको कुरामा प्रयोग गरिएको पाइन्छ। त्यसमा मानिसहरूले “नानाथरी” खराब कुरा गरेर चेलाहरूको विरोध गर्नेछन्‌ भनिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने