प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • बाबेलको धरहरा (१-४)

      • यहोवाले भाषा खलबल पारिदिनुहुन्छ (५-९)

      • सेमदेखि अब्रामसम्म (१०-३२)

        • तेरहको परिवार (२७)

        • अब्राम उर छोड्‌छन्‌ (३१)

उत्पत्ति ११:१

फुटनोट

  • *

    वा “शब्दभण्डार।”

उत्पत्ति ११:२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:९, १०; दा १:२

उत्पत्ति ११:३

फुटनोट

  • *

    कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।

उत्पत्ति ११:४

मार्जिनल रेफरेन्स

  • +उत्प ९:१

उत्पत्ति ११:५

फुटनोट

  • *

    शा., “हेर्नलाई यहोवा तल ओर्लनुभयो।”

उत्पत्ति ११:६

मार्जिनल रेफरेन्स

  • +उत्प ११:१

उत्पत्ति ११:७

मार्जिनल रेफरेन्स

  • +उत्प १:२६

उत्पत्ति ११:८

मार्जिनल रेफरेन्स

  • +व्य ३२:८

उत्पत्ति ११:९

फुटनोट

  • *

    यसको अर्थ हो, “गोलमाल।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१

उत्पत्ति ११:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ६:१०; लुका ३:२३, ३६
  • +उत्प १०:२२; १इ १:१७

उत्पत्ति ११:११

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२१

उत्पत्ति ११:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२४; १इ १:१८; लुका ३:२३, ३५

उत्पत्ति ११:१४

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२१; १इ १:१८

उत्पत्ति ११:१६

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२५; १इ १:१९

उत्पत्ति ११:१८

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३५

उत्पत्ति ११:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३२; लुका ३:२३, ३४

उत्पत्ति ११:२६

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; १५:१, ६; १७:५; या २:२३
  • +यहो २४:२

उत्पत्ति ११:२७

मार्जिनल रेफरेन्स

  • +उत्प १२:४; १९:१; २प २:७

उत्पत्ति ११:२८

मार्जिनल रेफरेन्स

  • +प्रे ७:४
  • +उत्प १५:७; नहे ९:७

उत्पत्ति ११:२९

मार्जिनल रेफरेन्स

  • +उत्प १२:११; १७:१५; २०:१२, १३; १प ३:६
  • +उत्प २२:२०; २४:१५

उत्पत्ति ११:३०

मार्जिनल रेफरेन्स

  • +उत्प १६:१, २; रोमी ४:१९; हिब्रू ११:११

उत्पत्ति ११:३१

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२७, २८
  • +उत्प १०:१९
  • +उत्प १२:४; २७:४२, ४३; प्रे ७:२, ४

अरू

उत्प. ११:२उत्प १०:९, १०; दा १:२
उत्प. ११:४उत्प ९:१
उत्प. ११:६उत्प ११:१
उत्प. ११:७उत्प १:२६
उत्प. ११:८व्य ३२:८
उत्प. ११:९यर्मि ५०:१
उत्प. ११:१०उत्प ६:१०; लुका ३:२३, ३६
उत्प. ११:१०उत्प १०:२२; १इ १:१७
उत्प. ११:११उत्प १०:२१
उत्प. ११:१२उत्प १०:२४; १इ १:१८; लुका ३:२३, ३५
उत्प. ११:१४उत्प १०:२१; १इ १:१८
उत्प. ११:१६उत्प १०:२५; १इ १:१९
उत्प. ११:१८लुका ३:२३, ३५
उत्प. ११:२४उत्प ११:३२; लुका ३:२३, ३४
उत्प. ११:२६उत्प १२:७; १५:१, ६; १७:५; या २:२३
उत्प. ११:२६यहो २४:२
उत्प. ११:२७उत्प १२:४; १९:१; २प २:७
उत्प. ११:२८प्रे ७:४
उत्प. ११:२८उत्प १५:७; नहे ९:७
उत्प. ११:२९उत्प १२:११; १७:१५; २०:१२, १३; १प ३:६
उत्प. ११:२९उत्प २२:२०; २४:१५
उत्प. ११:३०उत्प १६:१, २; रोमी ४:१९; हिब्रू ११:११
उत्प. ११:३१उत्प ११:२७, २८
उत्प. ११:३१उत्प १०:१९
उत्प. ११:३१उत्प १२:४; २७:४२, ४३; प्रे ७:२, ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ११:१-३२

उत्पत्ति

११ त्यतिबेला पृथ्वीका सबै मानिसको भाषा एउटै थियो र तिनीहरूको बोली* पनि एकै खालको थियो। २ मानिसहरू पूर्वतिर यात्रा गर्दै जाँदा सिनार+ भन्‍ने ठाउँमा तिनीहरूले एउटा मैदान फेला पारे। अनि तिनीहरू त्यहीँ बसोबास गर्न थाले। ३ त्यसपछि तिनीहरूले आपसमा यसो भने: “आओ, हामी इँटा बनाऔँ र पोलौँ।” अनि तिनीहरूले ढुङ्‌गाको सट्टा इँटा र मसलाको रूपमा बिटुमिन* प्रयोग गरे। ४ तिनीहरूले भने: “आओ, हामी एउटा सहर बनाऔँ। स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऔँ। त्यसो गऱ्‍यौँ भने हामीले ठूलो नाम कमाउनेछौँ र हामी पृथ्वीमा यताउता छरिएर बस्नुपर्ने पनि छैन।”+

५ तब मानिसहरूले सहर अनि धरहरा बनाउन थालेको यहोवा परमेश्‍वरले नियालेर हेर्नुभयो।* ६ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “हेर, यी मानिसहरूको भाषा एउटै भएकोले+ तिनीहरू एकजुट भएका छन्‌। तिनीहरू आफूले चाहेजस्तो जे पनि गर्न सक्छन्‌। ७ आओ, हामी+ तल गएर मानिसहरूको भाषा खलबल पारिदिऔँ अनि तिनीहरूले एकअर्काको भाषा नबुझून्‌।” ८ त्यसपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई त्यहाँबाट पृथ्वीभरि तितरबितर पारिदिनुभयो+ र तिनीहरूले सहर बनाउने काम अधुरै छोडे। ९ त्यसैले त्यस सहरको नाम बाबेल*+ राखियो किनभने यहोवा परमेश्‍वरले त्यहीँ नै मानिसहरूको भाषा गोलमाल पारिदिनुभएको थियो र त्यहाँबाटै यहोवा परमेश्‍वरले तिनीहरूलाई पृथ्वीभरि तितरबितर पारिदिनुभएको थियो।

१० सेमको+ वंशावली यही हो:

जलप्रलय भएको दुई वर्षपछि सेम १०० वर्षको हुँदा तिनका छोरा अर्पक्षद+ जन्मिए। ११ अर्पक्षद जन्मेपछि सेम अझै ५०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।+

१२ अर्पक्षद ३५ वर्षको हुँदा तिनका छोरा सेलह+ जन्मिए। १३ सेलह जन्मेपछि अर्पक्षद अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

१४ सेलह ३० वर्षको हुँदा तिनका छोरा एबेर+ जन्मिए। १५ एबेर जन्मेपछि सेलह अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

१६ एबेर ३४ वर्षको हुँदा तिनका छोरा पेलेग+ जन्मिए। १७ पेलेग जन्मेपछि एबेर अझै ४३० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

१८ पेलेग ३० वर्षको हुँदा तिनका छोरा रउ+ जन्मिए। १९ रउ जन्मेपछि पेलेग अझै २०९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

२० रउ ३२ वर्षको हुँदा तिनका छोरा सरुग जन्मिए। २१ सरुग जन्मेपछि रउ अझै २०७ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

२२ सरुग ३० वर्षको हुँदा तिनका छोरा नाहोर जन्मिए। २३ नाहोर जन्मेपछि सरुग अझै २०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

२४ नाहोर २९ वर्षको हुँदा तिनका छोरा तेरह+ जन्मिए। २५ तेरह जन्मेपछि नाहोर अझै ११९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।

२६ तेरह ७० वर्षको भएपछि तिनका छोराहरू अब्राम,+ नाहोर+ र हारान जन्मिए।

२७ तेरहको वंशावली यही हो:

तेरहका छोराहरू अब्राम, नाहोर र हारान थिए। अनि लुत+ हारानका छोरा थिए। २८ आफ्नो बुबा तेरह जीवितै छँदा हारान मरे। तिनी आफ्नो जन्मभूमि कल्दियालीहरूको+ सहर उरमा+ मरे। २९ अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्‌। हारानकी अर्की छोरी पनि थिइन्‌। तिनको नाम यिस्काह थियो। ३० साराई बाँझी थिइन्‌।+ तिनको कुनै सन्तान थिएन।

३१ तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले। ३२ तेरह जम्मा २०५ वर्ष बाँचे र तिनी हारानमा मरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने