-
उत्पत्ति २४:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तिनले भने: “म अब्राहामको नोकर हुँ।+
-
-
उत्पत्ति २४:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ त्यसैले मेरा मालिकले मलाई यस्तो शपथ खान लगाउनुभयो: ‘तिमीले मेरो छोराको लागि म बसिरहेको यस ठाउँको कनानी केटी नखोज्नू।+
-
-
प्रस्थान ३४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन् र तिमीहरूले ती खानेछौ।+ १६ अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन् र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्।+
-
-
१ राजा ११:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे। २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्वरले इस्राएलीहरूलाई यसो भन्नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन् र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे। ३ सुलेमानका ७०० जना पत्नी थिए, जो राजकुमारीहरू थिए। तिनका ३०० जना उपपत्नी पनि थिए। तिनका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए।*
-