प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष्‌ दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।+

  • उत्पत्ति १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+

  • उत्पत्ति १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्‌ख्य हुनेछन्‌।”+

  • उत्पत्ति ४६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि राती परमेश्‍वरले इस्राएललाई दर्शन* दिनुभयो र “याकुब, याकुब!” भनेर बोलाउनुभयो। तब तिनले “हजुर!” भनेर जवाफ दिए। ३ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म साँचो परमेश्‍वर, तिम्रो बुबाको परमेश्‍वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+

  • प्रस्थान १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्‌दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्‍तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+

  • गन्ती २:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ आफ्नो बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका इस्राएलीहरू यी नै हुन्‌। इस्राएलीहरूको फौजमा नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने