प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३९:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ केही समयपछिको कुरा हो, पोतिफरकी पत्नीले युसुफमाथि आँखा गाड्‌न थालिन्‌। तिनले युसुफलाई यसो भनेर फकाउन थालिन्‌: “आऊ, मसित सुत।” ८ तर युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे र यस्तो जवाफ दिन्थे: “हेर्नुहोस्‌, मेरा मालिकले निकै भरोसा गरेर मलाई सबै कुरा सुम्पनुभएको छ। म यस घरमा भएकोले उहाँलाई कुनै कुराको चिन्ता छैन। ९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?”+

  • व्यवस्था ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “‘तिमीहरूले व्यभिचार* नगर्नू।+

  • हितोपदेश ६:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो;

      त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+

  • मत्ति ५:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले व्यभिचार* नगर्नू।’+ २८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+

  • रोमी १३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ किनकि “तिमीहरूले व्यभिचार* नगर्नू,+ तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले लोभ नगर्नू”+ भन्‍ने नियमलगायत अरू सम्पूर्ण आज्ञाको सार यस आज्ञामा पाइन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+

  • १ कोरिन्थी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने